Jump to content

Page:Shakuntala.pdf/180: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
यति आँसु झरे मनोहर ।
::दृग मुक्तालव झैं बराबरी ॥
क्षणलाइ सिँगार सुन्दर ।
::दिनु जस्तो रुनु भो सुखै तर ॥
{{pcn|(४०)}}


जुन भाव म प्रेम भन्दछु ।
::उसको निम्ति छ स्वर्ग झल्मल ॥
न त आँसु समान तारका ।
::किन बन्थे कण झैं सफा जल ॥
{{pcn|(४१)}}
गति थोर विषादले भरी ।
::अनि जप्दै मनभित्र माधुरी ॥
रुनु सुन्दरता हुँदा यहाँ ।
::सुर ओर्ले तल प्रेमले भरी ॥
{{pcn|(४२)}}
कि त आह अनेक कामना -
::हरु झीना जनले नदेखिने ॥
म प्रभात बनाउँ सुन्दरी ।
::तब छुन्थ्यौ कि तिमी वरीपरी ॥
{{pcn|(४३)}}
मृदु विस्मृति नै विचार नै ।
::नगरी क्रूर कुटी बनाउँछ्यौ ॥
भ्रुकुटी दुइले म घायल ।
::क्षणलाई महिमा सुनाउँदै ॥
खबरै नमिलेर घुम्दछु ।
::वनमा कण्टकले बिझी रुँदै ॥
{{pcn|(४४)}}
जलतीरअगाडि बस्दछ्यौ ।
::दिनको स्वर्णप्रभातमा तिमी ॥
कति आशचरा उडाउँदी ।
::सुन झैं प्रेम दृगार्द्र कालमा ॥
{{pcn|(४५)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:48, 4 May 2025

This page has been proofread

यति आँसु झरे मनोहर ।
दृग मुक्तालव झैं बराबरी ॥
क्षणलाइ सिँगार सुन्दर ।
दिनु जस्तो रुनु भो सुखै तर ॥
(४०)

जुन भाव म प्रेम भन्दछु ।
उसको निम्ति छ स्वर्ग झल्मल ॥
न त आँसु समान तारका ।
किन बन्थे कण झैं सफा जल ॥
(४१)

गति थोर विषादले भरी ।
अनि जप्दै मनभित्र माधुरी ॥
रुनु सुन्दरता हुँदा यहाँ ।
सुर ओर्ले तल प्रेमले भरी ॥
(४२)

कि त आह अनेक कामना -
हरु झीना जनले नदेखिने ॥
म प्रभात बनाउँ सुन्दरी ।
तब छुन्थ्यौ कि तिमी वरीपरी ॥
(४३)

मृदु विस्मृति नै विचार नै ।
नगरी क्रूर कुटी बनाउँछ्यौ ॥
भ्रुकुटी दुइले म घायल ।
क्षणलाई महिमा सुनाउँदै ॥
खबरै नमिलेर घुम्दछु ।
वनमा कण्टकले बिझी रुँदै ॥
(४४)

जलतीरअगाडि बस्दछ्यौ ।
दिनको स्वर्णप्रभातमा तिमी ॥
कति आशचरा उडाउँदी ।
सुन झैं प्रेम दृगार्द्र कालमा ॥
(४५)