Jump to content

Page:Buddhi binod.pdf/7: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 23: Line 23:
असत्य संसार असत्य देह यो
असत्य संसार असत्य देह यो
असत्यको भोग असत्य नै भयो ।  
असत्यको भोग असत्य नै भयो ।  
म सत्य आत्मा फिर जन्मने किन
म सत्य आत्मा फिर जन्मने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२३॥
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२३॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:48, 19 April 2025

This page has been validated

झलक्क देखी निज-कर्म-पद्धति
उजार भै ईश्वरको गरी नति ।
उहाँ गरेको कुन हो निवेदन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१९॥

थियो जती गर्भविषे विरक्तता
गयो सबै त्यो जनमेपछी कता ?
हुँदैन केही पनि सम्झना किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२०॥

परत्र यस्तो छ यसो गर्‍यो भने
यसो-यसो हुन्छ भनेर देखने ।
नआउने कोहि पनी यहाँ किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२१॥

शरीर हो कारण पुण्य पापको
ढल्यो यहीं त्यो त बनी बिकामको ।
परत्रमा यो सब भोगने कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२२॥

असत्य संसार असत्य देह यो
असत्यको भोग असत्य नै भयो ।
म सत्य आत्मा फिर जन्मने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२३॥