Page:Mhendu.pdf/10: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated |
Latest revision as of 10:08, 28 April 2025
[१]
आमा ती 'मिन्दी' ले
भन्दछिन् एकलासमा-
"म्हेन्दु' सुन् विन्ति ले !"
[२]
तामाङ्की तरुणी,
आँखाकी हरिणी,
बैंसको गुलाफमा
छोरीलाई बिगार्न
शहरको गुण्डाले,
कपालको मुण्डाले,
ल्याउँछ है सिँगार्न !
[३]
किलिपको पुतली
फूल जडी नक्कली ।
सुन बत्तु झल्मली
चार पैसे अत्तर ली ।
मीमजुत्ता कुर्कुच्चे
फुली त्यो नकबुच्चे ।
पोते त्यो फूलगुच्छे
मन चोर्छ उत्तर ली ॥
[४]
छिँडीमा सुकुल छ
फुटेको मकल छ !
बाँदरको सकल छ ।
झ्याङप्वाले छत्तर छ !
टमकिन्छ
टिम टिम भै,
चोर आँखा
झिम झिम भै
रेशमको रुमालमा
गह्नाउने अत्तर छ ॥
[५]
चोली झैँ कोट लाई
हाँक्दो छ भोटलाई
फूलको बोटलाई
ताक्दछ तामाको
कल्लर छ घाँटीमा ।
झिल् झिल् टाँक झल्कने
फेर लाउँछ कम्मरमा
फकाउने रहरमा ।
गुण्डा त्यो शहरमा
केशझुप्पे क्या स्वाङ्को ?
[६]
"हाम्रो यो हेलम्बो
सेर्पाको झोलुङ्गो
झर्नाले झन्कन्छ,
बादलले घन्कन्छ,
पन्नाले झल्कन्छ
स्वर्ग झैँ क्या राम्रो !