Jump to content

Page:Buddhi binod.pdf/16: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated

Latest revision as of 20:37, 19 April 2025

This page has been validated

मरेर जानेछु म एकलै भनी
यथार्थ जाहेर छँदाछँदै पनि ।
अनेक टन्टा बटुलीलिनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥६४॥

शरीर कच्चा छ उमेर अस्थिर
नपर्खने काल सधैं छ घर्-घर ।
हिरिक्क व्यर्थै सुखमा हुनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥६५॥

तरङ्गमा रङ्-मङिदा यसै म ता
अहो ! पुगेंछू अहिल्यै कता कता ।
कसो गरे मिल्दछ शान्ति-साधन
बता बुझेसम्म अलीकता मन ! ॥६६॥

मन:–
म निस्कनाले जननी ! तिमीकन
परेछ यो घोर अनर्थ चिन्तन ।
म भित्र आएँ अब के छ लस्फस
थपक्क बाबासित शान्त भै बस ॥६७॥

॥ समाप्त ॥