Page:Mhendu.pdf/23: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|[३५]}} | {{pcn|[३५]}} | ||
"सत्य सुन्दरमा | |||
::ओर्ली बोलायो । | ::ओर्ली बोलायो । | ||
जीवन | जीवन जादूकी | ||
:: | ::झिलमिल खोला यो । | ||
यसका किनारमा | यसका किनारमा | ||
::क्या फूल मिलायो ! | ::क्या फूल मिलायो ! | ||
{{pcn|[३६]}} | {{pcn|[३६]}} | ||
"सूर्य परमेश्वर | |||
::माया चन्द्रमा । | ::माया चन्द्रमा । | ||
प्रेमको अँगालो | प्रेमको अँगालो | ||
Line 23: | Line 23: | ||
{{pcn|[३७]}} | {{pcn|[३७]}} | ||
"ईश्वर बोलाउन | |||
::जल ली आँखामा । | ::जल ली आँखामा । | ||
रङ्ग रूप बने | रङ्ग रूप बने | ||
Line 31: | Line 31: | ||
{{pcn|[३८]}} | {{pcn|[३८]}} | ||
"सिर्जन तत्त्वमा | |||
::हाम्रो भेद भयो ! | ::हाम्रो भेद भयो ! | ||
दिलदिल बोलाउँदै | दिलदिल बोलाउँदै | ||
Line 41: | Line 41: | ||
{{pcn|[३९]}} | {{pcn|[३९]}} | ||
"ईश्वर मोहनी | |||
::पत्ती भन्नेले ! | ::पत्ती भन्नेले ! | ||
आफ्नै ठग्दछ | आफ्नै ठग्दछ | ||
Line 48: | Line 48: | ||
{{pcn|[४०]}} | {{pcn|[४०]}} | ||
"बिजोग संजोग छन् | "बिजोग संजोग छन् | ||
::जाँच | ::जाँच झैँ रङ्गबिरङ्ग । | ||
सच्याइपाउँदछ | सच्याइपाउँदछ | ||
::आफ्नो दिलको रङ्ग | ::आफ्नो दिलको रङ्ग | ||
Line 58: | Line 58: | ||
::तिमी पठाए ॥ | ::तिमी पठाए ॥ | ||
हाम्रो मिलनमा | हाम्रो मिलनमा | ||
::स्वर्ग बनाए | ::स्वर्ग बनाए ।" | ||
{{pcn|[४२]}} | {{pcn|[४२]}} | ||
सुन्छिन् | सुन्छिन् म्हेन्दु ती | ||
::मीठो | ::मीठो जूनमा । | ||
टोल्हाई आँखामा | टोल्हाई आँखामा | ||
::जादू | ::जादू वनमा । | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:54, 3 May 2025
सम्सम खोल्दछु
पहाड दरबारमा ।
[३५]
"सत्य सुन्दरमा
ओर्ली बोलायो ।
जीवन जादूकी
झिलमिल खोला यो ।
यसका किनारमा
क्या फूल मिलायो !
[३६]
"सूर्य परमेश्वर
माया चन्द्रमा ।
प्रेमको अँगालो
दिन्छन् उज्यालो
जीव छ च्याखुरा
सुन्दर आँखामा ।
प्रेमका गहना
फुल्छन् शाखामा ॥
[३७]
"ईश्वर बोलाउन
जल ली आँखामा ।
रङ्ग रूप बने
अक्षर भाखामा ॥
दिनका पत्र छन्
कालका शाखामा ।
[३८]
"सिर्जन तत्त्वमा
हाम्रो भेद भयो !
दिलदिल बोलाउँदै
'मिलन' खोज्छ यो ।
ढुक्कुर कुर्लन्छन्
दिलले दिल डाकी ॥
प्रेमको हावामा
मिल्ने मन राखी ॥
[३९]
"ईश्वर मोहनी
पत्ती भन्नेले !
आफ्नै ठग्दछ
आफै सुन्नेले ॥
[४०]
"बिजोग संजोग छन्
जाँच झैँ रङ्गबिरङ्ग ।
सच्याइपाउँदछ
आफ्नो दिलको रङ्ग
[४१]
"तिम्लाई बोलाउन
हेर म आएँ !
मलाई बोलाउन
तिमी पठाए ॥
हाम्रो मिलनमा
स्वर्ग बनाए ।"
[४२]
सुन्छिन् म्हेन्दु ती
मीठो जूनमा ।
टोल्हाई आँखामा
जादू वनमा ।