Jump to content

Page:Mhendu.pdf/12: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
(5 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|[१५]}}
{{pcn|[१५]}}
गोरो मुख सेर्पा छ
गोरो मुख सेर्पा छ !
::काम गर्ने खुर्पा छ।
::काम गर्ने खुर्पा छ !
सुनबाला घैयाँ छ ।  
सुनबाला घैयाँ छ ।  
::यसै नै मैयाँ छ ।  
::यसै नै मैयाँ छ ।  


{{pcn|[१६]}}
{{pcn|[१६]}}
दूध फल्छ मकैमा
दूध फल्छ मकैमा  
::जुँगालाई ओठेमा।
::जूँगालाई ओठैमा ।
गाना कै सरबर छ  
गाना झैँ सरबर छ  
::घाँस हाम्रो डोकैमा  
::घाँस हाम्रो डोकैमा
सुनमा चाँदी फूल
सुनमा चाँदी फूल  
::मकैको बटा छ।
::मकैको बुट्टा छ ।
भेडाको उनमा ।
भेडाको ऊनमा
::न्यानो नीद लट्ट छ।
::न्यानो नींद लट्ठ छ !


{{pcn|[१७]}}
{{pcn|[१७]}}
बुलबुले बट्को
बुलबुले बटुको
::ओठमा ढल्किन्छ !
::ओठमा ढल्किन्छ !
पहाडको रक्सीमा  
पहाडको रक्सीमा  
::रम रम मन पल्किन्छ !
::रम रम मन पल्किन्छ !
हिमालको तल चुली
हिमालको तल चुली  
::आँखामा फल्कन्छ !
::आँखामा झल्कन्छ !


{{pcn|[१८]}}
{{pcn|[१८]}}
फूल नाच्छे बारीमा  
फूल नाच्छे बारीमा  
::हावाको कोक्कैमा !
::हावाको झोक्कैमा !
सुनगाभा जिउ तेरो
सुनगाभा जिउ तेरो  
::स्वर्ग छ ढोकैमा।
::स्वर्ग छ ढोकैमा ।
अमृत छ भोकैमा !  
अमृत छ भोकैमा !  


{{pcn|[१९]}}
{{pcn|[१९]}}
हाम्रो त्याँ जाल छैन
हाम्रो त्याँ जाल छैन
::किल्मिली माल छैन
::झिल्मिली माल छैन
बाङ्रोको चाल छैन
बाङ्गोको चाल छैन !


{{pcn|[२०]}}
{{pcn|[२०]}}
पहाडको हिउँगोरी
पहाडको हिउँगोरी
::लालगाले हे छोरी !
::लालगाले हे छोरी !
म्हेन्द॒ ! सुन्‌ तँ नजा
म्हेन्दु ! सुन्‌ तँ नजा
::गुण्डाको घरमा !
::गुण्डाको घरमा !
असर्फी नभजा !"
असर्फी नभजा !"
Line 46: Line 46:
{{pcn|[२१]}}
{{pcn|[२१]}}
सुन्दछिन्‌ म्हेन्दुले
सुन्दछिन्‌ म्हेन्दुले
::बादलको इन्द्ले
::बादलको इन्दुले
क्रङ्गी लमकोसे
कुरङ्गी लमकोसे
::प्रम कैं गोल विन्दुले
::प्रेम झैँ गोल विन्दुले
2 9८ ३
X  X  X


{{pcn|[२२]}}
{{pcn|[२२]}}
सिरुपाते खुकुरी
सिरुपाते खुकुरी
::तेर्सीमा भिरेको
::तेर्सोमा भिरेको
'मखमलको इस्टकोट
मखमलको इस्टकोट
लहर टाँक जडेको !
लहर टाँक जडेको !
उनको कम्बरमा
ऊनको कम्बरमा
::पटुका बेरेको
::पटुका बेरेको
दौराको लामो फेर
दौराको लामो फेर
::घुँडामा फरेको ।
::घुँडामा झरेको !
गलबन्दी भेडाको
गलबन्दी भेडाको
::फेटा कैँ गतेको
::फेटा झैँ गुतेको
आँखाको कन्चट हाड
आँखाको कन्चट हाड
::गालामा उठेको
::गालामा उठेको

Latest revision as of 10:17, 28 April 2025

This page has been validated

[१५]
गोरो मुख सेर्पा छ !
काम गर्ने खुर्पा छ !
सुनबाला घैयाँ छ ।
यसै नै मैयाँ छ ।

[१६]
दूध फल्छ मकैमा
जूँगालाई ओठैमा ।
गाना झैँ सरबर छ
घाँस हाम्रो डोकैमा ।
सुनमा चाँदी फूल
मकैको बुट्टा छ ।
भेडाको ऊनमा
न्यानो नींद लट्ठ छ !

[१७]
बुलबुले बटुको
ओठमा ढल्किन्छ !
पहाडको रक्सीमा
रम रम मन पल्किन्छ !
हिमालको तल चुली
आँखामा झल्कन्छ !

[१८]
फूल नाच्छे बारीमा
हावाको झोक्कैमा !
सुनगाभा जिउ तेरो
स्वर्ग छ ढोकैमा ।
अमृत छ भोकैमा !

[१९]
हाम्रो त्याँ जाल छैन
झिल्मिली माल छैन
बाङ्गोको चाल छैन !

[२०]
पहाडको हिउँगोरी
लालगाले हे छोरी !
म्हेन्दु ! सुन्‌ तँ नजा
गुण्डाको घरमा !
असर्फी नभजा !"

[२१]
सुन्दछिन्‌ म्हेन्दुले
बादलको इन्दुले
कुरङ्गी लमकोसे
प्रेम झैँ गोल विन्दुले
X X X

[२२]
सिरुपाते खुकुरी
तेर्सोमा भिरेको
मखमलको इस्टकोट
लहर टाँक जडेको !
ऊनको कम्बरमा
पटुका बेरेको
दौराको लामो फेर
घुँडामा झरेको !
गलबन्दी भेडाको
फेटा झैँ गुतेको ।
आँखाको कन्चट हाड
गालामा उठेको