Jump to content

Page:Mhendu.pdf/24: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}"
 
Prty (talk | contribs)
 
(3 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|[४३]}}
जून झर्‌ झर्‌ झर्
::बास्ना हर्‌ हर्‌ हर्‌ ।
पराग बर्‌ बर्‌ बर्‌
::सपनाको वन ।
जलका चाँप छन्‌
::छम्‌ छम्‌ छन्‌ छन्‌ छन्‌ ।
झर्ना झर्दछन्‌ ।
::झम्‌ झर्‌ झन्‌ झन्‌ झन्‌ ।
जून छ मग्‌ मग्‌ मग्‌ ।
::प्रेमको रम्‌ रम्‌ रम्‌ ।
खुल्छ दिल सम्सम्‌
::हेलम्बुको वन ।


{{pcn|[४४]}}
मधुर कल्पना
::कानेखुशीमा ।
कथ्छे कहानी
::सुन्दर देशमा ।
मूर्ति शिल्पिँदै
::प्रेमको भेषमा ॥
{{pcn|[४५]}}
सुन्छिन्‌ कथा ती
::प्रेमका शहरका ।
जादू जस्ता दूर
::बगदाद शहरका ॥
{{pcn|[४६]}}
पृथ्वी कत्री छन्‌
::कस्ता शहर छन्‌ ।
जादू कारखाना
::क्या क्या रहर छन्‌ ।
आकाश उडाउने
::कस्ता विमान छन्‌ ।
तारमा झल्किने
::बत्ती लहरमा ।
झिलमिल क्या खुल्छन्‌
::पसल शहरमा !
चंकी आँखा हुन्‌
::सुन्छिन्‌ रहरमा ।
{{pcn|[४७]}}
जादू जस्तो भो
::जगत्‌ फैलेर ।
ठूला शहरमा
::बत्ती बलेर !
{{pcn|[४८]}}
रानी जुनेली
::चाँदी उजेली ।
रोज्छिन्‌ हेलम्बु
::सेर्पा झोलङ्‌गु ।
पुगिन्‌ डाँडामा
::हाँस्दी जूनरानी ।
दोटा छुट्टिछन्‌
::आँखा भो पानी !
चखेवीको भो
::पालो उज्यालो ।
जब नजीकै
::पर्थ्यो उकालो !
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 17:57, 3 May 2025

This page has been validated

[४३]
जून झर्‌ झर्‌ झर्
बास्ना हर्‌ हर्‌ हर्‌ ।
पराग बर्‌ बर्‌ बर्‌
सपनाको वन ।
जलका चाँप छन्‌
छम्‌ छम्‌ छन्‌ छन्‌ छन्‌ ।
झर्ना झर्दछन्‌ ।
झम्‌ झर्‌ झन्‌ झन्‌ झन्‌ ।
जून छ मग्‌ मग्‌ मग्‌ ।
प्रेमको रम्‌ रम्‌ रम्‌ ।
खुल्छ दिल सम्सम्‌
हेलम्बुको वन ।

[४४]
मधुर कल्पना
कानेखुशीमा ।
कथ्छे कहानी
सुन्दर देशमा ।
मूर्ति शिल्पिँदै
प्रेमको भेषमा ॥

[४५]
सुन्छिन्‌ कथा ती
प्रेमका शहरका ।
जादू जस्ता दूर
बगदाद शहरका ॥

[४६]
पृथ्वी कत्री छन्‌
कस्ता शहर छन्‌ ।
जादू कारखाना
क्या क्या रहर छन्‌ ।
आकाश उडाउने
कस्ता विमान छन्‌ ।
तारमा झल्किने
बत्ती लहरमा ।
झिलमिल क्या खुल्छन्‌
पसल शहरमा !
चंकी आँखा हुन्‌
सुन्छिन्‌ रहरमा ।

[४७]
जादू जस्तो भो
जगत्‌ फैलेर ।
ठूला शहरमा
बत्ती बलेर !

[४८]
रानी जुनेली
चाँदी उजेली ।
रोज्छिन्‌ हेलम्बु
सेर्पा झोलङ्‌गु ।
पुगिन्‌ डाँडामा
हाँस्दी जूनरानी ।
दोटा छुट्टिछन्‌
आँखा भो पानी !
चखेवीको भो
पालो उज्यालो ।
जब नजीकै
पर्थ्यो उकालो !