Jump to content

Page:Mhendu.pdf/25: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''पञ्चम'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
Prty (talk | contribs)
 
(3 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{start center block}}
{{start center block}}
<poem>
<poem>
{{pcn|[१]}}
सेर्पा राङ्जा राम्रो
::अग्लो गोरो हाम्रो
लडाइँमा चाम्रो !


{{pcn|[२]}}
मिर्मिर जूँघाओठे !
::बाघलाई मार्ने खुकुरी
हान्छ एकै चोटे !
::हँसमुख तामाङ भोटे ॥
{{pcn|[३]}}
बीँडमा खोपी खुकुरी
::सिरुमापाते खुकुरी !
तेर्सो भिर्छ, पारेर
::दुश्मन शिरको टुकुरा ।
त्यो ता कैल्यै हटेन
::लडाइँमा पटक्कै
वीरको छाती फर्कायो
::उसको अगि लड्ने को ?
इन्द्रै पनि थर्कायो ।
{{pcn|[४]}}
कपाल माथि फर्कायो ।
::तामाङ टोपो कर्कायो
आँखा ठूला तर्कायो
::दुश्मन सारा थर्कायो !
{{pcn|[५]}}
गालामा यौटा चोट छ !
::लड्दा लब्सी बोटले
दिएको चिनो खोट छ ।
{{pcn|[६]}}
रक्सी खान्छ अघोरको
::लाग्ने हुन्छ घनघोरको
खुकुरी ली नाच्छ
::मुटु थर्काइ कमजोरको ॥
{{pcn|[७]}}
देख्यो त्यल्ले म्हेन्दुलाई
::च्याखुरा झैँ इन्दुलाई ।
राजहाँसले सिन्धुलाई ।
{{pcn|[८]}}
छाती खोली कबोल्छ
::"मेरी म्हेन्दु को बोल्छ ।
खुकुरीको धारले
::त्यसको गर्धन म मोल्छ ॥
{{pcn|[९]}}
गुंजेलामा गएर
::राङ्जालाई भन्दियो ।
गुम्बु माग्छ-म्हेन्दु यो
::लान खोज्छ भन्दियो ॥
{{pcn|[१०]}}
तादी नदी तीरमा
::फूलको हाँगा शिरमा
कहालीको भीरमा
::गुम्बु म्हेन्दुसँगमा छन्‌ !
{{pcn|[११]}}
भेट्टाएर राङ्जाले
::हाँक्यो गुम्बु मजाले !
म्हेन्दु ताक्ने भाङ्जाले ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 18:01, 3 May 2025

This page has been validated
पञ्चम

[१]
सेर्पा राङ्जा राम्रो
अग्लो गोरो हाम्रो
लडाइँमा चाम्रो !

[२]
मिर्मिर जूँघाओठे !
बाघलाई मार्ने खुकुरी
हान्छ एकै चोटे !
हँसमुख तामाङ भोटे ॥

[३]
बीँडमा खोपी खुकुरी
सिरुमापाते खुकुरी !
तेर्सो भिर्छ, पारेर
दुश्मन शिरको टुकुरा ।
त्यो ता कैल्यै हटेन
लडाइँमा पटक्कै
वीरको छाती फर्कायो
उसको अगि लड्ने को ?
इन्द्रै पनि थर्कायो ।

[४]
कपाल माथि फर्कायो ।
तामाङ टोपो कर्कायो
आँखा ठूला तर्कायो
दुश्मन सारा थर्कायो !

[५]
गालामा यौटा चोट छ !
लड्दा लब्सी बोटले
दिएको चिनो खोट छ ।

[६]
रक्सी खान्छ अघोरको
लाग्ने हुन्छ घनघोरको
खुकुरी ली नाच्छ
मुटु थर्काइ कमजोरको ॥

[७]
देख्यो त्यल्ले म्हेन्दुलाई
च्याखुरा झैँ इन्दुलाई ।
राजहाँसले सिन्धुलाई ।

[८]
छाती खोली कबोल्छ
"मेरी म्हेन्दु को बोल्छ ।
खुकुरीको धारले
त्यसको गर्धन म मोल्छ ॥

[९]
गुंजेलामा गएर
राङ्जालाई भन्दियो ।
गुम्बु माग्छ-म्हेन्दु यो
लान खोज्छ भन्दियो ॥

[१०]
तादी नदी तीरमा
फूलको हाँगा शिरमा
कहालीको भीरमा
गुम्बु म्हेन्दुसँगमा छन्‌ !

[११]
भेट्टाएर राङ्जाले
हाँक्यो गुम्बु मजाले !
म्हेन्दु ताक्ने भाङ्जाले ।