Jump to content

Page:Ek chihan.pdf/60: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
त्यसै रोइरहनाले र भात नखाइरहनाले अनि सहिरहनाले र बसि
त्यसै रोइ रहनाले र भात नखाइ रहनाले अनि सहि रहनाले र बसि
रहनाले आफ्नो समस्या हल हुने नानीथकुंले देखिनन् । अनि उनी एक्कासि  
रहनाले आफ्नो समस्या हल हुने नानीथकुँले देखिनन् । अनि उनी एक्कासि  
जुरुक्क उठिन् र डाक्टर गोदत्तप्रसादकहाँ सरासर गइन् ।
जुरुक्क उठिन् र डाक्टर गोदत्त प्रसादकहाँ सरासर गइन् ।


डाक्टर गोदत्तप्रसादको आफूकहाँ आउने बिरामीहरूको निःशुल्क  
डाक्टर गोदत्त प्रसादको आफूकहाँ आउने बिरामीहरूको निःशुल्क  
परीक्षा गर्ने बेला थियो । नानीथकुं पुग्दा डाक्टर गोदत्तप्रसाद बिरामी हेर्ने  
परीक्षा गर्ने वेला थियो । नानीथकुँ पुग्दा डाक्टर गोदत्त प्रसाद बिरामी हेर्ने  
कोठामा बसी अखबार हेरिरहेका थिए । बिरामी एक जना पनि थिएनन् ।  
कोठामा बसी अखबार हेरि रहेका थिए । बिरामी एक जना पनि थिएनन् ।  
नानीथकुंलाई यसरी एकाएक पाएर डाक्टर गोदत्तप्रसाद हर्षले पुलकित भए ।  
नानीथकुँलाई यसरी एकाएक पाएर डाक्टर गोदत्त प्रसाद हर्षले पुलकित भए ।  
उनको आत्मा आनन्दले नाच्न थाल्यो । अनि स्वागतको भावमा डाक्टर गोदत्त
उनको आत्मा आनन्दले नाच्न थाल्यो । अनि स्वागतको भावमा डाक्टर गोदत्त
प्रसादले भने- "अहो नानीथकुं ! आज कत्रो निगाह !"
प्रसादले भने– "अहो नानीथकुँ ! आज कत्रो निगाह !"


नानीथकुंले केही पनि जबाफ दिइनन्, केवल मुस्कुराइरहिन् । अनि  
नानीथकुँले केही पनि जबाफ दिइनन्, केवल मुस्कुराइ रहिन् । अनि  
झटपट उनी फेरि बोले- "नानीथकुं ! तिम्रो कृपाका निम्ति हृदयदेखि धन्यवाद  
झटपट उनी फेरि बोले– "नानीथकुँ ! तिम्रो कृपाका निम्ति हृदयदेखि धन्यवाद  
है, म साह्रै कृतज्ञ भएँ । भन, म तिम्रो योग्य के सेवा गरूँ ?"
है, म सार्‍है कृतज्ञ भएँ । भन, म तिम्रो योग्य के सेवा गरूँ ?"


रोक्न चेष्टा गर्दा पनि नानीथकुंको आँखामा आँसुको छाया पर्न  
रोक्न चेष्टा गर्दा पनि नानीथकुँको आँखामा आँसुको छाया पर्न  
आइहाल्यो
आइ हाल्यो


नानीथकुंको यो दृश्य देखेर डाक्टर गोदत्तप्रसाद एकछिन जिल्ल  
नानीथकुँको यो दृश्य देखेर डाक्टर गोदत्त प्रसाद एक छिन जिल्ल  
परे ।
परे । उनले सोधे– "किन नानीथकुँ ! तिम्रो चेहरामा दुःख हाँसेको देख्तछु ?"
 
उनले सोधे- "किन नानीथकुं ! तिम्रो चेहरामा दुःख हाँसेको देख्तछु ?"


"अब मेरो अनुहारमा सुखले हाँस्न पाउने आशा त देख्तिनँ डाक्टर
"अब मेरो अनुहारमा सुखले हाँस्न पाउने आशा त देख्तिनँ डाक्टर
साहेब !" अलि सुस्केरा भरेको आवाजमा नानीथकुंले भनिन् ।
साहेब !" अलि सुस्केरा भरेको आवाजमा नानीथकुँले भनिन् ।


"जबसम्म म तिम्रो कृपा कटाक्ष पाइरहन्छु, तबसम्म जीवनमा  
"जबसम्म म तिम्रो कृपा कटाक्ष पाइ रहन्छु, तबसम्म जीवनमा  
कहिल्यै पनि तिम्रो अनुहारमा दुःख देखा पर्नसम्म पनि दिन्नँ भन्ने मलाई  
कहिल्यै पनि तिम्रो अनुहारमा दुःख देखा पर्नसम्म पनि दिन्नँ भन्ने मलाई  
घमन्ड छ नानीथकुं !" डाक्टर गोदत्तप्रसादले पूरा आश्वासन दिएर भने ।
घमन्ड छ नानीथकुँ !" डाक्टर गोदत्त प्रसादले पूरा आश्वासन दिएर भने ।


"यही आशाले मर्न मन भएर पनि बाँच्ने कोसिस गरिरहेकी छु,  
"यही आशाले मर्न मन भएर पनि बाँच्ने कोसिस गरि रहेकी छु,  
डाक्टरसाहेब !"
डाक्टर साहेब !"


"नानीथकुं ! केही कुरा छ भने झट्ट स्पष्ट भन, तिम्रो आजको सहसा  
"नानीथकुँ ! केही कुरा छ भने झट्ट स्पष्ट भन, तिम्रो आजको सहसा  
आगमनमा केही कुरा कारण भएर बसिरहेको छ जस्तो मलाई लाग्यो ।"  
आगमनमा केही कुरा कारण भएर बसि रहेको छ जस्तो मलाई लाग्यो ।"  
डाक्टर गोदत्तप्रसादले बडो मायालु भावनामा भने ।
डाक्टर गोदत्त प्रसादले बडो मायालु भावनामा भने ।


"अब मैले तपाईंलाई पाउन नसक्ने भएँ ।" रुँदै नानीथकुंले भनिन् ।
"अब मैले तपाईंलाई पाउन नसक्ने भएँ ।" रुँदै नानीथकुँले भनिन् ।


"कुरा के पर्यो नानीथकुं ! प्रस्ट बुझ्न पाऊँ ?"
"कुरा के पर्‍यो नानीथकुँ ! प्रस्ट बुझ्न पाऊँ ?"


"अब तपाईं मकहाँ आउन नपाउने हुनुभयो ।"
"अब तपाईं मकहाँ आउन नपाउने हुनु भयो ।"
{{nop}}
{{nop}}

Latest revision as of 14:52, 22 June 2025

This page has been proofread

त्यसै रोइ रहनाले र भात नखाइ रहनाले अनि सहि रहनाले र बसि रहनाले आफ्नो समस्या हल हुने नानीथकुँले देखिनन् । अनि उनी एक्कासि जुरुक्क उठिन् र डाक्टर गोदत्त प्रसादकहाँ सरासर गइन् ।

डाक्टर गोदत्त प्रसादको आफूकहाँ आउने बिरामीहरूको निःशुल्क परीक्षा गर्ने वेला थियो । नानीथकुँ पुग्दा डाक्टर गोदत्त प्रसाद बिरामी हेर्ने कोठामा बसी अखबार हेरि रहेका थिए । बिरामी एक जना पनि थिएनन् । नानीथकुँलाई यसरी एकाएक पाएर डाक्टर गोदत्त प्रसाद हर्षले पुलकित भए । उनको आत्मा आनन्दले नाच्न थाल्यो । अनि स्वागतको भावमा डाक्टर गोदत्त प्रसादले भने– "अहो नानीथकुँ ! आज कत्रो निगाह !"

नानीथकुँले केही पनि जबाफ दिइनन्, केवल मुस्कुराइ रहिन् । अनि झटपट उनी फेरि बोले– "नानीथकुँ ! तिम्रो कृपाका निम्ति हृदयदेखि धन्यवाद है, म सार्‍है कृतज्ञ भएँ । भन, म तिम्रो योग्य के सेवा गरूँ ?"

रोक्न चेष्टा गर्दा पनि नानीथकुँको आँखामा आँसुको छाया पर्न आइ हाल्यो ।

नानीथकुँको यो दृश्य देखेर डाक्टर गोदत्त प्रसाद एक छिन जिल्ल परे । उनले सोधे– "किन नानीथकुँ ! तिम्रो चेहरामा दुःख हाँसेको देख्तछु ?"

"अब मेरो अनुहारमा सुखले हाँस्न पाउने आशा त देख्तिनँ डाक्टर साहेब !" अलि सुस्केरा भरेको आवाजमा नानीथकुँले भनिन् ।

"जबसम्म म तिम्रो कृपा कटाक्ष पाइ रहन्छु, तबसम्म जीवनमा कहिल्यै पनि तिम्रो अनुहारमा दुःख देखा पर्नसम्म पनि दिन्नँ भन्ने मलाई घमन्ड छ नानीथकुँ !" डाक्टर गोदत्त प्रसादले पूरा आश्वासन दिएर भने ।

"यही आशाले मर्न मन भएर पनि बाँच्ने कोसिस गरि रहेकी छु, डाक्टर साहेब !"

"नानीथकुँ ! केही कुरा छ भने झट्ट स्पष्ट भन, तिम्रो आजको सहसा आगमनमा केही कुरा कारण भएर बसि रहेको छ जस्तो मलाई लाग्यो ।" डाक्टर गोदत्त प्रसादले बडो मायालु भावनामा भने ।

"अब मैले तपाईंलाई पाउन नसक्ने भएँ ।" रुँदै नानीथकुँले भनिन् ।

"कुरा के पर्‍यो नानीथकुँ ! प्रस्ट बुझ्न पाऊँ ?"

"अब तपाईं मकहाँ आउन नपाउने हुनु भयो ।"