Jump to content

Page:Ek chihan.pdf/44: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Right|{{larger|'''पन्ध्र'''}}}}
{{Right|{{larger|'''पन्ध्र'''}}}}


शिवनारानहरू खेतमा जानासाथै लतमाया सधैँ तान चलाउन पुगि
शिव नारानहरू खेतमा जानासाथै लतमाया सधैँ तान चलाउन पुगि
हाल्थिन्, तर आज उनको मन बिग्रेको हुनाले जाँगर पनि जाग्न सकेन । त्यसै  
हाल्थिन्, तर आज उनको मन बिग्रेको हुनाले जाँगर पनि जाग्न सकेन । त्यसै  
टोलाएटोलाए जस्तो हुँदै उनी आखिरमा तानकोठामा प्रवेश गरिन् । त्यहाँ  
टोलाए टोलाए जस्तो हुँदै उनी आखिरमा तान कोठामा प्रवेश गरिन् । त्यहाँ  
नानीथकुं अगाडिदेखि नै पुगेर तान चलाउन लागिसकेकी थिइन् । लतमायाले  
नानीथकुँ अगाडिदेखि नै पुगेर तान चलाउन लागि सकेकी थिइन् । लतमायाले  
पुन्चाकी स्वास्नीलाई हाँसेजस्तो गरी झ्यालमा हेर्न आएको देखिन् । उसलाई  
पुन्चाकी स्वास्नीलाई हाँसे जस्तो गरी झ्यालमा हेर्न आएको देखिन् । उसलाई  
देख्नासाथ लतमायालाई लाज भएर आयो । अनि उनी एकछिन टोलाएझैं
देख्नासाथ लतमायालाई लाज भएर आयो । अनि उनी एक छिन टोलाए झैँ
उभिई तानको आसनमा बसिन् ।
उभिई तानको आसनमा बसिन् ।


तर तानको आसनमा बसेर पनि लतमायाको हात तान चलाउनमा  
तर तानको आसनमा बसेर पनि लतमायाको हात तान चलाउनमा  
जान सकेन । तानको आसनमा बसेर पनि तान नचलाईकन त्यसै बसिरहेको
जान सकेन । तानको आसनमा बसेर पनि तान नचलाईकन त्यसै बसि रहेको
देखेर नानीथकुंले सोधिन्- "किन आमा ! आज तपाईं दिक्क जस्तो हुनुहुन्छ ?"
देखेर नानीथकुँले सोधिन्– "किन आमा ! आज तपाईं दिक्क जस्तो हुनु हुन्छ ?"


"खुसी हुने ठाउँ नै छैन मेरो ।" दिक्दारी भावमा नै लतमायाले भनिन् ।
"खुसी हुने ठाउँ नै छैन मेरो ।" दिक्दारी भावमा नै लतमायाले भनिन् ।


यत्तिकैमा भर्याङमा मानिसहरू उक्लेको आवाज सुनियो । लतमाया र  
यत्तिकैमा भर्‍याङमा मानिसहरू उक्लेको आवाज सुनियो । लतमाया र  
नानीथकुं दुवैले भर्याङतिर आएको आवाजप्रति उत्सुकतासाथ ध्यान दिएर  
नानीथकुँ दुवैले भर्‍याङतिर आएको आवाजप्रति उत्सुकता साथ ध्यान दिएर  
हेर्न थाले । दुई जना भरियालाई विदेशी तान बोकाएर रामबहादुर
हेर्न थाले । दुई जना भरियालाई विदेशी तान बोकाएर राम बहादुर
उक्लेका देखिए ।
उक्लेका देखिए ।


रामबहादुरले हिजो बसेको ठाउँमा बसी हाँस्तै भने- "हिजो मैले  
राम बहादुरले हिजो बसेको ठाउँमा बसी हाँस्तै भने– "हिजो मैले  
भनेको तान यही हो । हेर, कति मज्जाको छ ।"
भनेको तान यही हो । हेर, कति मज्जाको छ ।"


"अँ !" अलि अप्रसन्न भावमा लतमायाले भनिन् ।
"अँ !" अलि अप्रसन्न भावमा लतमायाले भनिन् ।
{{nop}}
{{nop}}

Latest revision as of 12:09, 22 June 2025

This page has been proofread

पन्ध्र

शिव नारानहरू खेतमा जानासाथै लतमाया सधैँ तान चलाउन पुगि हाल्थिन्, तर आज उनको मन बिग्रेको हुनाले जाँगर पनि जाग्न सकेन । त्यसै टोलाए टोलाए जस्तो हुँदै उनी आखिरमा तान कोठामा प्रवेश गरिन् । त्यहाँ नानीथकुँ अगाडिदेखि नै पुगेर तान चलाउन लागि सकेकी थिइन् । लतमायाले पुन्चाकी स्वास्नीलाई हाँसे जस्तो गरी झ्यालमा हेर्न आएको देखिन् । उसलाई देख्नासाथ लतमायालाई लाज भएर आयो । अनि उनी एक छिन टोलाए झैँ उभिई तानको आसनमा बसिन् ।

तर तानको आसनमा बसेर पनि लतमायाको हात तान चलाउनमा जान सकेन । तानको आसनमा बसेर पनि तान नचलाईकन त्यसै बसि रहेको देखेर नानीथकुँले सोधिन्– "किन आमा ! आज तपाईं दिक्क जस्तो हुनु हुन्छ ?"

"खुसी हुने ठाउँ नै छैन मेरो ।" दिक्दारी भावमा नै लतमायाले भनिन् ।

यत्तिकैमा भर्‍याङमा मानिसहरू उक्लेको आवाज सुनियो । लतमाया र नानीथकुँ दुवैले भर्‍याङतिर आएको आवाजप्रति उत्सुकता साथ ध्यान दिएर हेर्न थाले । दुई जना भरियालाई विदेशी तान बोकाएर राम बहादुर उक्लेका देखिए ।

राम बहादुरले हिजो बसेको ठाउँमा बसी हाँस्तै भने– "हिजो मैले भनेको तान यही हो । हेर, कति मज्जाको छ ।"

"अँ !" अलि अप्रसन्न भावमा लतमायाले भनिन् ।