Jump to content

Page:Ek chihan.pdf/42: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Right|{{larger|'''चौध'''}}}}
{{Right|{{larger|'''चौध'''}}}}


भोलिपल्ट शिवनारान शौच स्नान सिद्ध्याई भात खान गए । भात  
भोलि पल्ट शिव नारान शौच स्नान सिद्ध्याई भात खान गए । भात  
खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुंलाई
खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुँलाई
भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नुहोला ।" शिवनारानले
भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नु होला ।" शिव नारानले
एक्कासि आदेश जाहेर गरेजस्तो गरी आमालाई भने । लतमाया एकछिन
एक्कासि आदेश जाहेर गरे जस्तो गरी आमालाई भने । लतमाया एक छिन
टोलाइन् र भनिन्- "किन ?"
टोलाइन् र भनिन्– "किन ?"


"दिनहुँ डाक्टर गोदत्तप्रसाद आएर नानीथकुंसित ख्यालठट्टा गरि
"दिनहुँ डाक्टर गोदत्त प्रसाद आएर नानीथकुँसित ख्यालठट्टा गरि
रहन्छन् भन्ने मैले सुनेँ ।" एकाएक शिवनारानले दिक्दारी भावमा भने ।
रहन्छन् भन्ने मैले सुनेँ ।" एकाएक शिव नारानले दिक्दारी भावमा भने ।


"यता केही दिनदेखि डाक्टर गोदत्तप्रसाद त दिनहुँ आउँछन्, यो कुरा  
"यता केही दिनदेखि डाक्टर गोदत्त प्रसाद त दिनहुँ आउँछन्, यो कुरा  
त अवश्य हो, तर ख्यालठट्टा गरिरहेको मैले देखेकी छैन ।" लतमायाले  
त अवश्य हो, तर ख्यालठट्टा गरि रहेको मैले देखेकी छैन ।" लतमायाले  
अलि रोमाञ्चक भावमा भनिन् ।
अलि रोमाञ्चक भावमा भनिन् ।


"तपाईं माथि भात पकाइरहनुहुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नु
"तपाईं माथि भात पकाइ रहनु हुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नु
होला ?" शिवनारानले भने ।
होला ?" शिव नारानले भने ।


लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि  
लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि  
त्यसै गर्नुहोस् ।" शिवनारानले भने ।
त्यसै गर्नु होस् ।" शिव नारानले भने ।


अहिले पनि लतमाया चुप नै लागिरहिन् । तर उनलाई नानीथकुंदेखि
अहिले पनि लतमाया चुप नै लागि रहिन् । तर उनलाई नानीथकुँदेखि
अलि घृणा र डाक्टर गोदत्तप्रसाददेखि रिस उठेर आयो । एकैछिनपछि
अलि घृणा र डाक्टर गोदत्त प्रसाददेखि रिस उठेर आयो । एकै छिनपछि
लतमायाले सोधिन्- "तिमीलाई यो कुरा कसले भनेको शिवनारान ?"
लतमायाले सोधिन्– "तिमीलाई यो कुरा कसले भनेको शिव नारान ?"


"जसले भने पनि भैगो, तर होसियारी त हामीले गर्नैपर्छ ।"
"जसले भने पनि भइगो, तर होसियारी त हामीले गर्नै पर्छ ।"
{{nop}}
{{nop}}

Latest revision as of 12:02, 22 June 2025

This page has been proofread

चौध

भोलि पल्ट शिव नारान शौच स्नान सिद्ध्याई भात खान गए । भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुँलाई भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नु होला ।" शिव नारानले एक्कासि आदेश जाहेर गरे जस्तो गरी आमालाई भने । लतमाया एक छिन टोलाइन् र भनिन्– "किन ?"

"दिनहुँ डाक्टर गोदत्त प्रसाद आएर नानीथकुँसित ख्यालठट्टा गरि रहन्छन् भन्ने मैले सुनेँ ।" एकाएक शिव नारानले दिक्दारी भावमा भने ।

"यता केही दिनदेखि डाक्टर गोदत्त प्रसाद त दिनहुँ आउँछन्, यो कुरा त अवश्य हो, तर ख्यालठट्टा गरि रहेको मैले देखेकी छैन ।" लतमायाले अलि रोमाञ्चक भावमा भनिन् ।

"तपाईं माथि भात पकाइ रहनु हुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नु होला ?" शिव नारानले भने ।

लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि त्यसै गर्नु होस् ।" शिव नारानले भने ।

अहिले पनि लतमाया चुप नै लागि रहिन् । तर उनलाई नानीथकुँदेखि अलि घृणा र डाक्टर गोदत्त प्रसाददेखि रिस उठेर आयो । एकै छिनपछि लतमायाले सोधिन्– "तिमीलाई यो कुरा कसले भनेको शिव नारान ?"

"जसले भने पनि भइगो, तर होसियारी त हामीले गर्नै पर्छ ।"