Jump to content

Page:Ek chihan.pdf/39: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु  
"पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु  
मोहीमाथिको तल्सिङको सानो निगाहा होइन । आजको जुगमा यस्तो तल्सिङ  
मोहीमाथिको तल्सिङको सानो निगाहा होइन । आजको जुगमा यस्तो तल्सिङ  
पाउन गाह्रो छ ।" कृतज्ञताको भावमा लतमायाले भनिन् ।
पाउन गार्‍हो छ ।" कृतज्ञताको भावमा लतमायाले भनिन् ।


"तमसुक बेइमानीको बल तोड्ने साधन मात्र हो, त्यसैले तमसुक  
"तमसुक बेइमानीको बल तोड्ने साधन मात्र हो, त्यसैले तमसुक  
च्यातिइसक्यो भनेर हामीले बेइमान हुनु हुँदैन । हामीले खास तिर्नु  
च्यातिइ सक्यो भनेर हामीले बेइमान हुनु हुँदैन । हामीले खास तिर्नु छ र तिर्ने  
छ र तिर्ने कबुल पनि गरिसकेका छौं ।" शिवनारानले भने
कबुल पनि गरि सकेका छौँ ।" शिव नारानले भने


"त्यसो भए उनले माफी दिए तापनि हामीले तिर्न जाने त ? यो कुरा  
"त्यसो भए उनले माफी दिए तापनि हामीले तिर्न जाने त ? यो कुरा  
चित्त बुझेन दाइ !" पुननारानले भात खाँदै भने
चित्त बुझेन दाइ !" पुन नारानले भात खाँदै भने


"यस्तो एकाएकको उदारता अवश्य खतरनाक छ, मलाई शङ्का  
"यस्तो एकाएकको उदारता अवश्य खतरनाक छ, मलाई शङ्का  
लाग्छ, भाइ ! त्यही बालीका निम्ति अस्तिअस्तिसम्म दैत्य भइरहेको मानिस  
लाग्छ, भाइ ! त्यही बालीका निम्ति अस्ति अस्तिसम्म दैत्य भइ रहेको मानिस  
आज एकाएक कसरी देवता हुन सक्ला ? मलाई त असम्भव लाग्छ ।"  
आज एकाएक कसरी देवता हुन सक्ला ? मलाई त असम्भव लाग्छ ।"  
गम्भीर मुद्रामा शिवनारानले भने ।
गम्भीर मुद्रामा शिव नारानले भने ।


"त्यसो भए देशी तानको मद्दत पनि नलिने त ?" लतमायाले अलि  
"त्यसो भए देशी तानको मद्दत पनि नलिने त ?" लतमायाले अलि  
Line 19: Line 19:


"मद्दत अवश्य राम्रो कुरा हो र लिनु नराम्रो पनि छैन, तर मद्दतगार  
"मद्दत अवश्य राम्रो कुरा हो र लिनु नराम्रो पनि छैन, तर मद्दतगार  
मानिस त्यस्तो गुनी नदेखिएको हुनाले मलाई त तितो लाग्छ ।" शिवनारानले
मानिस त्यस्तो गुनी नदेखिएको हुनाले मलाई त तितो लाग्छ ।" शिव नारानले
भने ।
भने ।


"डाक्टर गोदत्तप्रसाद पनि त अगि असल मानिस थिएनन् तर उनले  
"डाक्टर गोदत्त प्रसाद पनि त अगि असल मानिस थिएनन् तर उनले  
हामीलाई त्यस्तरी मद्दत दिए, हामीले उनको हरेक मद्दतलाई स्वीकार गर्यौं
हामीलाई त्यस्तरी मद्दत दिए, हामीले उनको हरेक मद्दतलाई स्वीकार गर्‍यौँ
पनि ।" हर्षनारानले भने ।
पनि ।" हर्ष नारानले भने ।


"उनको मद्दत पनि मलाई मिठो लागेको थिएन । तर एउटाबाट  
"उनको मद्दत पनि मलाई मिठो लागेको थिएन । तर एउटाबाट  
थिचिसकियो भनेर अर्कोबाट थिचाउन लाउनु बुद्धिमानी पनि त होइन ।  
थिचि सकियो भनेर अर्कोबाट थिचाउन लाउनु बुद्धिमानी पनि त होइन ।  
डाक्टरको त्यस्तो सहानुभूतिलाई बाले पनि त सहसा मिठो मान्नुभएको
डाक्टरको त्यस्तो सहानुभूतिलाई बाले पनि त सहसा मिठो मान्नु भएको
थिएन ।" शिवनारानले चुठेको मुख पुछ्तै भने ।
थिएन ।" शिव नारानले चुठेको मुख पुछ्तै भने ।


‘डाक्टरको मद्दत मिठो नमानेको’ भनेको सुन्दा नानीथकुंलाई तितो  
'डाक्टरको मद्दत मिठो नमानेको' भनेको सुन्दा नानीथकुँलाई तितो  
लाग्यो । उनले अलि मुख बिगारेकी थिइन् तर कसैलाई होस भएन ।
लाग्यो । उनले अलि मुख बिगारेकी थिइन् तर कसैलाई होस भएन ।
{{nop}}
{{nop}}

Latest revision as of 11:29, 22 June 2025

This page has been proofread

"पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु मोहीमाथिको तल्सिङको सानो निगाहा होइन । आजको जुगमा यस्तो तल्सिङ पाउन गार्‍हो छ ।" कृतज्ञताको भावमा लतमायाले भनिन् ।

"तमसुक बेइमानीको बल तोड्ने साधन मात्र हो, त्यसैले तमसुक च्यातिइ सक्यो भनेर हामीले बेइमान हुनु हुँदैन । हामीले खास तिर्नु छ र तिर्ने कबुल पनि गरि सकेका छौँ ।" शिव नारानले भने ।

"त्यसो भए उनले माफी दिए तापनि हामीले तिर्न जाने त ? यो कुरा चित्त बुझेन दाइ !" पुन नारानले भात खाँदै भने ।

"यस्तो एकाएकको उदारता अवश्य खतरनाक छ, मलाई शङ्का लाग्छ, भाइ ! त्यही बालीका निम्ति अस्ति अस्तिसम्म दैत्य भइ रहेको मानिस आज एकाएक कसरी देवता हुन सक्ला ? मलाई त असम्भव लाग्छ ।" गम्भीर मुद्रामा शिव नारानले भने ।

"त्यसो भए देशी तानको मद्दत पनि नलिने त ?" लतमायाले अलि चित्त नबुझ्दो भावमा बोलिन् ।

"मद्दत अवश्य राम्रो कुरा हो र लिनु नराम्रो पनि छैन, तर मद्दतगार मानिस त्यस्तो गुनी नदेखिएको हुनाले मलाई त तितो लाग्छ ।" शिव नारानले भने ।

"डाक्टर गोदत्त प्रसाद पनि त अगि असल मानिस थिएनन् तर उनले हामीलाई त्यस्तरी मद्दत दिए, हामीले उनको हरेक मद्दतलाई स्वीकार गर्‍यौँ पनि ।" हर्ष नारानले भने ।

"उनको मद्दत पनि मलाई मिठो लागेको थिएन । तर एउटाबाट थिचि सकियो भनेर अर्कोबाट थिचाउन लाउनु बुद्धिमानी पनि त होइन । डाक्टरको त्यस्तो सहानुभूतिलाई बाले पनि त सहसा मिठो मान्नु भएको थिएन ।" शिव नारानले चुठेको मुख पुछ्तै भने ।

'डाक्टरको मद्दत मिठो नमानेको' भनेको सुन्दा नानीथकुँलाई तितो लाग्यो । उनले अलि मुख बिगारेकी थिइन् तर कसैलाई होस भएन ।