Jump to content

Page:Ek chihan.pdf/35: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"अँ हो, रिसाएको ।"
"अँ हो, रिसाएको ।"


"मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फूल
"मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फुल
झैं मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर  
झैँ मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर  
दिलमा कस्तरी रिस अड्किरहन सकेको नि !" मुस्कुराइरहेको नानीथकुंको
दिलमा कस्तरी रिस अड्कि रहन सकेको नि !" मुस्कुराइ रहेको नानीथकुँको
अनुहार नियाल्दै डाक्टर गोदत्तप्रसादले भने ।
अनुहार नियाल्दै डाक्टर गोदत्त प्रसादले भने ।


"अँ हो !"
"अँ हो !"


"होइन भने ‘नानी’ मात्रै भनूँ है त, ‘थकुं’ नभनूँ ?"
"होइन भने 'नानी' मात्रै भनूँ है त, 'थकुं' नभनूँ ?"


"हुन्छ ।"
"हुन्छ ।"
Line 14: Line 14:
"साँच्चै हो त ? "
"साँच्चै हो त ? "


"हो ।" अलि लजाएको भावमा हाँसो चोर्दै- "मलाई पनि ‘नानी’ नै  
"हो ।" अलि लजाएको भावमा हाँसो चोर्दै– "मलाई पनि 'नानी' नै  
भन्ने मिठो लाग्छ ।"
भन्ने मिठो लाग्छ ।"


Line 21: Line 21:
"साँच्चै हो !"
"साँच्चै हो !"


"हेर नि, रिसाउन पाउन्नौ, म आफूलाई मिठो लागेको ‘नानी’ सिवाय  
"हेर नि, रिसाउन पाउन्नौ, म आफूलाई मिठो लागेको 'नानी' सिवाय  
भन्दिनँ नि कहिल्यै !"
भन्दिनँ नि कहिल्यै !"


विनम्र भावमा मुस्कुराउँदै नानीथकुंले भनिन्- "अर्काको अगाडि त  
विनम्र भावमा मुस्कुराउँदै नानीथकुँले भनिन्– "अर्काको अगाडि त  
होइन नि !"
होइन नि !"


"बाठी !" प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्तप्रसादले भने-
"बाठी !" प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्त प्रसादले भने–
"मलाई के भन्न मन लाग्छ नि तिमीलाई, ‘गोदत्त’ मात्र कि, सिङ्गै नाम ?"
"मलाई के भन्न मन लाग्छ नि तिमीलाई, 'गोदत्त' मात्र कि, सिङ्गै नाम ?"


"डाक्टरसाहेब !" खित्त हाँसेर नानीथकुंले भनिन् ।
"डाक्टर साहेब !" खित्त हाँसेर नानीथकुँले भनिन् ।


"कोही नहुँदाखेरि नि, अर्थात् तिम्रै नजरको मात्र नजरबन्दीमा पर्दा ?"
"कोही नहुँदाखेरि नि, अर्थात् तिम्रै नजरको मात्र नजरबन्दीमा पर्दा ?"


"डाक्टरसाहेब नै ।"
"डाक्टर साहेब नै ।"


"नाइँ, नाइँ !"
"नाइँ, नाइँ !"
Line 41: Line 41:


"त्यही त, म भन्छु तिमीलाई के भन्न मन लाग्छ ? जस्तो कि तिमीलाई  
"त्यही त, म भन्छु तिमीलाई के भन्न मन लाग्छ ? जस्तो कि तिमीलाई  
खालि ‘नानी’ मात्र भन्न मलाई मन लाग्छ ।"
खालि 'नानी' मात्र भन्न मलाई मन लाग्छ ।"


"हो त ?"
"हो त ?"

Latest revision as of 19:31, 21 June 2025

This page has been proofread

"अँ हो, रिसाएको ।"

"मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फुल झैँ मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर दिलमा कस्तरी रिस अड्कि रहन सकेको नि !" मुस्कुराइ रहेको नानीथकुँको अनुहार नियाल्दै डाक्टर गोदत्त प्रसादले भने ।

"अँ हो !"

"होइन भने 'नानी' मात्रै भनूँ है त, 'थकुं' नभनूँ ?"

"हुन्छ ।"

"साँच्चै हो त ? "

"हो ।" अलि लजाएको भावमा हाँसो चोर्दै– "मलाई पनि 'नानी' नै भन्ने मिठो लाग्छ ।"

"साँच्चै ? नढाँटीकन भन नि !"

"साँच्चै हो !"

"हेर नि, रिसाउन पाउन्नौ, म आफूलाई मिठो लागेको 'नानी' सिवाय भन्दिनँ नि कहिल्यै !"

विनम्र भावमा मुस्कुराउँदै नानीथकुँले भनिन्– "अर्काको अगाडि त होइन नि !"

"बाठी !" प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्त प्रसादले भने– "मलाई के भन्न मन लाग्छ नि तिमीलाई, 'गोदत्त' मात्र कि, सिङ्गै नाम ?"

"डाक्टर साहेब !" खित्त हाँसेर नानीथकुँले भनिन् ।

"कोही नहुँदाखेरि नि, अर्थात् तिम्रै नजरको मात्र नजरबन्दीमा पर्दा ?"

"डाक्टर साहेब नै ।"

"नाइँ, नाइँ !"

"के भन्ने त ? "

"त्यही त, म भन्छु तिमीलाई के भन्न मन लाग्छ ? जस्तो कि तिमीलाई खालि 'नानी' मात्र भन्न मलाई मन लाग्छ ।"

"हो त ?"

"हो भनेको ।"

"रिसाउन पाइन्न नि !"