Jump to content

Page:Ek chihan.pdf/16: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:


बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइ
बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइ
सकेपछि करिब एक घण्टापछि अष्टनारानलाई राम्रो निद लागेछ । डाक्टर  
सकेपछि करिब एक घण्टापछि अष्ट नारानलाई राम्रो निद लागेछ । डाक्टर  
गोदत्तप्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्ट
गोदत्त प्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्ट
नारानको परिवारमा आशा पलायो । आज यसरी सजिलैसित निद परिदिएकाले
नारानको परिवारमा आशा पलायो । आज यसरी सजिलैसित निद परि दिएकाले
उनीहरूका मनमा आशाको ज्योति उदित भएर आयो ।
उनीहरूका मनमा आशाको ज्योति उदित भएर आयो ।


अष्टनारानले बेलुकीको खाना पनि डाक्टर छँदै अगाडि नै खाइ
अष्ट नारानले बेलुकीको खाना पनि डाक्टर छँदै अगाडि नै खाइ
सकेका थिए । खाना बिलकुलै नखाने हुनाले डाक्टर आफैँ अगाडि बसी  
सकेका थिए । खाना बिलकुलै नखाने हुनाले डाक्टर आफैँ अगाडि बसी  
अलिकति बार्ली पकाउन लाएर खुवाएका थिए ।
अलिकति बार्ली पकाउन लाएर खुवाएका थिए ।


भोलिपल्ट बिहानको छ बजेतिर मात्र अष्टनारान बिउँझेछन्,  
भोलि पल्ट बिहानको छ बजेतिर मात्र अष्ट नारान बिउँझेछन्,  
बिउँझँदा उनले आफ्ना वरिपरि सबै छोराछोरी र जहान लतमाया पनि  
बिउँझँदा उनले आफ्ना वरिपरि आफ्ना छोराछोरी सबै र जहान लतमाया पनि  
छरिएर बसिरहेका देखे । त्यस बिहान रातिदेखि नै सिमसिमे पानी पनि परि
छरिएर बसि रहेका देखे । त्यस बिहान रातिदेखि नै सिमसिमे पानी पनि परि
रहेको थियो । पानी परिरहेका कारण अष्टनारानलाई ठन्डा भएर आनन्द  
रहेको थियो । पानी परि रहेका कारण अष्ट नारानलाई ठन्डा भएर आनन्द  
लागिरहेको थियो ।
लागि रहेको थियो ।


सर्वप्रथम उनले जेठा छोरा शिवनारानलाई सम्बोधन गरेर  
सर्वप्रथम उनले आफ्ना जेठा छोरा शिव नारानलाई सम्बोधन गरेर  
भने- "शिवनारान ! यतिका दिन भैसक्यो, खेतमा नगएर किन मलाई कुरि
भने– "शिव नारान ! यतिका दिन भइ सक्यो, खेतमा नगईकन किन मलाई कुरि
रहेको ? किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नु
रहेको ? किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नु
पर्छ । बाबू ! असार बिग्यो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ ।"
पर्छ । बाबु ! असार बिग्र्यो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ ।"


मरणासन्न बावुको प्राणदायी कुरा सुनेर शिवनारान जिल्ल परेर  
मरणासन्न बाबुको प्राणदायी कुरा सुनेर शिव नारान जिल्ल परेर  
बसिरहे । अनि फेरि अष्टनारान बोले- "किन चुप लागिरहेको शिव ? मैले  
बसि रहे । अनि फेरि अष्ट नारान बोले– "किन चुप लागि रहेको शिव ? मैले  
गरेको कुरा तिमीलाई ठीक लागेन ? किसानका निम्ति यो महामन्त्र हो बाबू !  
गरेको कुरा तिमीलाई ठिक लागेन ? किसानका निम्ति यो महामन्त्र हो बाबु !  
यसलाई तिमी दीक्षा पनि सम्झ ।"
यसलाई तिमी दीक्षा पनि सम्झ ।"


"धेरै नबोल्नुहोस् भनेको बा ! डाक्टरले पनि बोल्न हुन्न भनेका  
"धेरै नबोल्नु होस् भनेको बा ! डाक्टरले पनि बोल्न हुन्न भनेका  
छन् ।" शिवनारानले भने ।
छन् ।" शिव नारानले भने ।
{{nop}}
{{nop}}

Latest revision as of 15:16, 21 June 2025

This page has been proofread

बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइ सकेपछि करिब एक घण्टापछि अष्ट नारानलाई राम्रो निद लागेछ । डाक्टर गोदत्त प्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्ट नारानको परिवारमा आशा पलायो । आज यसरी सजिलैसित निद परि दिएकाले उनीहरूका मनमा आशाको ज्योति उदित भएर आयो ।

अष्ट नारानले बेलुकीको खाना पनि डाक्टर छँदै अगाडि नै खाइ सकेका थिए । खाना बिलकुलै नखाने हुनाले डाक्टर आफैँ अगाडि बसी अलिकति बार्ली पकाउन लाएर खुवाएका थिए ।

भोलि पल्ट बिहानको छ बजेतिर मात्र अष्ट नारान बिउँझेछन्, बिउँझँदा उनले आफ्ना वरिपरि आफ्ना छोराछोरी सबै र जहान लतमाया पनि छरिएर बसि रहेका देखे । त्यस बिहान रातिदेखि नै सिमसिमे पानी पनि परि रहेको थियो । पानी परि रहेका कारण अष्ट नारानलाई ठन्डा भएर आनन्द लागि रहेको थियो ।

सर्वप्रथम उनले आफ्ना जेठा छोरा शिव नारानलाई सम्बोधन गरेर भने– "शिव नारान ! यतिका दिन भइ सक्यो, खेतमा नगईकन किन मलाई कुरि रहेको ? किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नु पर्छ । बाबु ! असार बिग्र्यो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ ।"

मरणासन्न बाबुको प्राणदायी कुरा सुनेर शिव नारान जिल्ल परेर बसि रहे । अनि फेरि अष्ट नारान बोले– "किन चुप लागि रहेको शिव ? मैले गरेको कुरा तिमीलाई ठिक लागेन ? किसानका निम्ति यो महामन्त्र हो बाबु ! यसलाई तिमी दीक्षा पनि सम्झ ।"

"धेरै नबोल्नु होस् भनेको बा ! डाक्टरले पनि बोल्न हुन्न भनेका छन् ।" शिव नारानले भने ।