Page:Ek chihan.pdf/17: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै | "डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै | ||
सिद्धान्त अनुसार बोलि रहेको छु, किसानको छोराका लागि यही सिद्धान्त छ | |||
बाबु !" अष्ट नारानले अलि हाँस्न खोजेर भने । | |||
जबाफ दिएपछि र | जबाफ दिएपछि र बोलि रहेपछि अष्ट नारानको झन् बोलि रहने | ||
बानी थाहा पाएर | बानी थाहा पाएर शिव नारानले केही पनि नबोलीकन चुपचापसँग बस्ने | ||
विचार गरे । | विचार गरे । एक छिनपछि शिव नारान त्यहाँबाट उठेर गए । | ||
शिव नारान गइ सकेपछि अष्ट नारानले माहिला छोरा पुन नारानलाई | |||
भने– "तिमी पनि आफ्नो काममा जाऊ पुन नारान ! घर बनाउने काम अब | |||
धेरै दिन छैन, बर्सात सुरु भएपछि घर बनाउनेहरू कमै हुन्छन् । जाऊ, मलाई | धेरै दिन छैन, बर्सात सुरु भएपछि घर बनाउनेहरू कमै हुन्छन् । जाऊ, मलाई | ||
कुरि रहनु पर्दैन । आफ्नो काममा डटि रहू, यही तिम्रो परम कर्तव्य हो ।" | |||
" | "हात खुट्टा बलियो भएपछि काम भनेको सधैँ पाइन्छ बा ! तर | ||
छोराछोरीका निम्ति बाबु सधैँ | छोराछोरीका निम्ति बाबु सधैँ पाइ रहिन्न । बाको सेवा गर्न पाएपछि त्यस्ता | ||
काम | काम लाख आउँछन् ।" पुन नारानले भने । | ||
अलि हाँसेर | अलि हाँसेर अष्ट नारानले भने– "लाटा ! सधैँ नपाइने हुनाले नै मैले | ||
भनेको, त्यस्ता कुरालाई | भनेको, त्यस्ता कुरालाई कुरि रहेर सधैँ पाइने कुरा नगुमाऊ । के तिमीहरूले | ||
कुरि रहेर मलाई एक दिन मात्र पनि बढ्ता बचाउन सक्छौ ? कदापि | |||
सक्तैनौ । | सक्तैनौ । हामीहरूको यही नचाहिँदो बढ्ता मायामोहले नै उन्नति हुन | ||
नसकेको ।" | नसकेको हो ।" | ||
बाबुको यो प्रभावपूर्ण कुरा सुनेर | बाबुको यो प्रभावपूर्ण कुरा सुनेर पुन नारान पनि केही बोल्न | ||
सकेनन्, उनी चुप | सकेनन्, उनी चुप लागि रहे । अष्ट नारान पनि एक छिन चुप लागे । | ||
अष्ट नारान फेरि बोले– "भैगो लौ, मलाई नकुरि नहुने भए एक | |||
जना | जना भाइ कुर्न बसि रहू । जम्मैका जम्मै कामकाजै छोडेर कुरि रहनाको केही | ||
मतलब छैन । लौ जाऊ, | मतलब छैन । लौ जाऊ, हर्ष नारान पनि जाऊ, नानीथकुँ पनि जाऊ, मलाई | ||
कुर्नै परे जाँगर कमी | कुर्नै परे जाँगर कमी भइ सकेकी एउटी बुढिया बसि रहोस् । सबै किन बस्नु | ||
परेको छ ?" | परेको छ ?" | ||
यति | यति बोलि सकेपछि अष्ट नारानलाई थकाइ लागेर आए जस्तो पनि | ||
भयो । अनि लतमायातिर टुलुटुलु हेरी चुप लागे । अगाडि | भयो । अनि लतमायातिर टुलुटुलु हेरी चुप लागे । अगाडि बसि रहेपछि फेरि | ||
अष्ट नारानले बोल्न सुरु गर्लान् भन्ने ठानी बाबुको आज्ञा शिरोपर गरे झैँ गरी | |||
छोराछोरी सबै बाबु भएको ठाउँबाट गए । खालि लतमाया एक जना मात्र | छोराछोरी सबै बाबु भएको ठाउँबाट गए । खालि लतमाया एक जना मात्र | ||
त्यहाँ | त्यहाँ बसि रहिन् । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 15:21, 21 June 2025
"डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै सिद्धान्त अनुसार बोलि रहेको छु, किसानको छोराका लागि यही सिद्धान्त छ बाबु !" अष्ट नारानले अलि हाँस्न खोजेर भने ।
जबाफ दिएपछि र बोलि रहेपछि अष्ट नारानको झन् बोलि रहने बानी थाहा पाएर शिव नारानले केही पनि नबोलीकन चुपचापसँग बस्ने विचार गरे । एक छिनपछि शिव नारान त्यहाँबाट उठेर गए ।
शिव नारान गइ सकेपछि अष्ट नारानले माहिला छोरा पुन नारानलाई भने– "तिमी पनि आफ्नो काममा जाऊ पुन नारान ! घर बनाउने काम अब धेरै दिन छैन, बर्सात सुरु भएपछि घर बनाउनेहरू कमै हुन्छन् । जाऊ, मलाई कुरि रहनु पर्दैन । आफ्नो काममा डटि रहू, यही तिम्रो परम कर्तव्य हो ।"
"हात खुट्टा बलियो भएपछि काम भनेको सधैँ पाइन्छ बा ! तर छोराछोरीका निम्ति बाबु सधैँ पाइ रहिन्न । बाको सेवा गर्न पाएपछि त्यस्ता काम लाख आउँछन् ।" पुन नारानले भने ।
अलि हाँसेर अष्ट नारानले भने– "लाटा ! सधैँ नपाइने हुनाले नै मैले भनेको, त्यस्ता कुरालाई कुरि रहेर सधैँ पाइने कुरा नगुमाऊ । के तिमीहरूले कुरि रहेर मलाई एक दिन मात्र पनि बढ्ता बचाउन सक्छौ ? कदापि सक्तैनौ । हामीहरूको यही नचाहिँदो बढ्ता मायामोहले नै उन्नति हुन नसकेको हो ।"
बाबुको यो प्रभावपूर्ण कुरा सुनेर पुन नारान पनि केही बोल्न सकेनन्, उनी चुप लागि रहे । अष्ट नारान पनि एक छिन चुप लागे ।
अष्ट नारान फेरि बोले– "भैगो लौ, मलाई नकुरि नहुने भए एक जना भाइ कुर्न बसि रहू । जम्मैका जम्मै कामकाजै छोडेर कुरि रहनाको केही मतलब छैन । लौ जाऊ, हर्ष नारान पनि जाऊ, नानीथकुँ पनि जाऊ, मलाई कुर्नै परे जाँगर कमी भइ सकेकी एउटी बुढिया बसि रहोस् । सबै किन बस्नु परेको छ ?"
यति बोलि सकेपछि अष्ट नारानलाई थकाइ लागेर आए जस्तो पनि भयो । अनि लतमायातिर टुलुटुलु हेरी चुप लागे । अगाडि बसि रहेपछि फेरि अष्ट नारानले बोल्न सुरु गर्लान् भन्ने ठानी बाबुको आज्ञा शिरोपर गरे झैँ गरी छोराछोरी सबै बाबु भएको ठाउँबाट गए । खालि लतमाया एक जना मात्र त्यहाँ बसि रहिन् ।