Jump to content

Page:Ek chihan.pdf/7: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Left|{{larger|'''तिन'''}}}}
{{Left|{{larger|'''तिन'''}}}}


अष्टनारानको व्यथा बढ्दै आयो । शिवनारान डाक्टर बोलाउन  
अष्ट नारानको व्यथा बढ्दै आयो । शिव नारान डाक्टर बोलाउन  
गएको आधा घण्टाभन्दा बढ्ता भइसक्यो, अझै पनि आएका छैनन् । लतमाया  
गएको आधा घण्टाभन्दा बढ्ता भइ सक्यो, अझै पनि आएका छैनन् । लतमाया  
अलि हडबडाइन् । उनले पुननारानलाई पनि डाक्टरकहाँ पठाउन चाहिन् ।
अलि हडबडाइन् । उनले पुन नारानलाई पनि डाक्टरकहाँ पठाउन चाहिन् ।


किसानका छोरा भए पनि पुननारान आफ्नो पुग्दो खेत नभएको हुनाले  
किसानका छोरा भए पनि पुन नारान आफ्नो पुग्दो खेत नभएको हुनाले  
सिकर्मीको काम गर्थे । पुननारानका ससुरा राम्रो सिकर्मी भएका हुनाले र पुन
सिकर्मीको काम गर्थे । पुन नारानका ससुरा राम्रो सिकर्मी भएका हुनाले र पुन
नारानको विशेष रोजगार पनि केही नभएको हुनाले उनका ससुराले उनलाई  
नारानको विशेष रोजगार पनि केही नभएको हुनाले उनका ससुराले उनलाई  
सिकर्मीको काम सिकाएका थिए ।
सिकर्मीको काम सिकाएका थिए ।


ससुरा छउन्जेल त पुननारानको काम कहिल्यै खाली हुँदैनथ्यो,  
ससुरा छउन्जेल त पुन नारानको काम कहिल्यै खाली हुँदैनथ्यो,  
किनभने उनका ससुरा सिकर्मी काममा नामी मानिन्थे । जहाँतहीँ बोलावट  
किनभने उनका ससुरा सिकर्मी काममा नामी मानिन्थे । जहाँतहीँ बोलावट  
आइरहन्थ्यो तर ससुरा बितेदेखि पुननारानको रोजगारी अलि लडखडाउन  
आइ रहन्थ्यो तर ससुरा बितेदेखि पुन नारानको रोजगारी अलि लडखडाउन  
थाल्यो । तैपनि हातमा सिप भएको हुनाले एकाध दिन हात बाँधेर बस्न परे  
थाल्यो । तैपनि हातमा सिप भएको हुनाले एकाध दिन हात बाँधेर बस्न परे  
पनि ज्यूँत्यूँ गुजारा चलिरहेकै थियो । तर यता दुई महिनादेखि बाबु बिरामी  
पनि ज्यूँत्यूँ गुजारा चलि रहेकै थियो । तर यता दुई महिनादेखि बाबु बिरामी  
भएर पुननारान आफैँले पनि काम खोज्ने प्रयास कम गरेका हुनाले झन्डै  
भएर पुन नारान आफैँले पनि काम खोज्ने प्रयास कम गरेका हुनाले झन्डै  
बेरोजगारजस्ता भए पनि उनले एक जना साहुकहाँबाट आठ दिनको ज्याला  
बेरोजगार जस्ता भए पनि उनले एक जना साहुकहाँबाट आठ दिनको ज्याला  
पेस्की ल्याइसकेका थिए । आर्थिक सङ्कटका लागि उनले बाबुको त्यो  
पेस्की ल्याइ सकेका थिए । आर्थिक सङ्कटका लागि उनले बाबुको त्यो  
अवस्था र बाबुबाट एकछिन पनि नअलग्गिएर काम गर्न जाने आँट गरी  
अवस्था र बाबुबाट एक छिन पनि नअलग्गिएर काम गर्न जाने आँट गरी  
पेस्की ल्याएका थिए । तर पेस्की ल्याएको भोलिपल्टदेखि बाबुको व्यथा बढेर  
पेस्की ल्याएका थिए । तर पेस्की ल्याएको भोलि पल्टदेखि बाबुको व्यथा बढेर  
आइदियो । पेस्की ल्याएको पनि आठ दिन भइसक्यो ।
आइ दियो । पेस्की ल्याएको पनि आठ दिन भइसक्यो ।
{{nop}}
{{nop}}

Latest revision as of 14:25, 21 June 2025

This page has been proofread
तिन

अष्ट नारानको व्यथा बढ्दै आयो । शिव नारान डाक्टर बोलाउन गएको आधा घण्टाभन्दा बढ्ता भइ सक्यो, अझै पनि आएका छैनन् । लतमाया अलि हडबडाइन् । उनले पुन नारानलाई पनि डाक्टरकहाँ पठाउन चाहिन् ।

किसानका छोरा भए पनि पुन नारान आफ्नो पुग्दो खेत नभएको हुनाले सिकर्मीको काम गर्थे । पुन नारानका ससुरा राम्रो सिकर्मी भएका हुनाले र पुन नारानको विशेष रोजगार पनि केही नभएको हुनाले उनका ससुराले उनलाई सिकर्मीको काम सिकाएका थिए ।

ससुरा छउन्जेल त पुन नारानको काम कहिल्यै खाली हुँदैनथ्यो, किनभने उनका ससुरा सिकर्मी काममा नामी मानिन्थे । जहाँतहीँ बोलावट आइ रहन्थ्यो तर ससुरा बितेदेखि पुन नारानको रोजगारी अलि लडखडाउन थाल्यो । तैपनि हातमा सिप भएको हुनाले एकाध दिन हात बाँधेर बस्न परे पनि ज्यूँत्यूँ गुजारा चलि रहेकै थियो । तर यता दुई महिनादेखि बाबु बिरामी भएर पुन नारान आफैँले पनि काम खोज्ने प्रयास कम गरेका हुनाले झन्डै बेरोजगार जस्ता भए पनि उनले एक जना साहुकहाँबाट आठ दिनको ज्याला पेस्की ल्याइ सकेका थिए । आर्थिक सङ्कटका लागि उनले बाबुको त्यो अवस्था र बाबुबाट एक छिन पनि नअलग्गिएर काम गर्न जाने आँट गरी पेस्की ल्याएका थिए । तर पेस्की ल्याएको भोलि पल्टदेखि बाबुको व्यथा बढेर आइ दियो । पेस्की ल्याएको पनि आठ दिन भइसक्यो ।