Jump to content

Page:Ek chihan.pdf/113: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "रामखेलावन राउत शिवनारानको खेतमा दुई-चार चोटि आउँदैमा शिवनारानले नानीथकुं र रामखेलावन राउत बीचमा मिठो भाव रहेको सङ्केत पाइसकेका थिए । अर्को कुरा, नानीथकुंको बिहे झटपट सिद्ध्याउन..."
 
 
(3 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
रामखेलावन राउत शिवनारानको खेतमा दुई-चार चोटि आउँदैमा शिवनारानले नानीथकुं र रामखेलावन राउत बीचमा मिठो भाव रहेको सङ्केत पाइसकेका थिए । अर्को कुरा, नानीथकुंको बिहे झटपट सिद्ध्याउनुपर्ने पनि थियो । सबभन्दा लायकको कुरा दुवै जना जोडा मिलेर आफूले र आफ्ना सिद्धान्तले चाहेजस्तै संयोग मिलिरहेको थियो त्यसैले शिवनारान मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरिरहन्थे ?
राम खेलावन राउतलाई क्षणिक दर्शनमै नानीथकुँ मन पर्न गए जस्तै
नानीथकुँलाई पनि पुलुक्क हेराइमै राम खेलावन राउत राम्रो लाग्न गएछन् ।
झन् उनीहरू बीचमा वैवाहिक सम्बन्ध राख्ने प्रसङ्ग आएको हुँदा उनीहरूलाई
सोर्‍हमा तान्दा एक्का आएको जस्तो भयो


प्रसङ्ग पेस हुनासाथै रामखेलावन राउतले मन्जुर गरे, नानीथकुंले पनि स्वीकृति दिइन् मधेसतिर भएको हुनाले नानीथकुंलाई एक चोटि अलि कस्तोकस्तो लागेको थियो, तर प्रेमको अगाडि दूरता कुन कुरा हो र ! नानीथकुं प्रसन्न नै थिइन्
राम खेलावन राउत शिव नारानको खेतमा दुई चार चोटि आउँदैमा
शिव नारानले नानीथकुँ र रामखेलावन राउत बीचमा मिठो भाव रहेको
सङ्केत पाइ सकेका थिए । अर्को कुरा, नानीथकुँको बिहे झटपट सिद्ध्याउनु
पर्ने पनि थियो सबभन्दा लायकको कुरा दुवै जना जोडा मिलेर आफूले
र आफ्ना सिद्धान्तले चाहे जस्तै संयोग मिलि रहेको थियो । त्यसैले शिव नारान
मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरि रहन्थे ?


चाँडै घर फर्कनुपरेको हुनाले विवाहको तिथि भरसक झ‌ट्टै तोक्ने प्रार्थना रामखेलावन राउतले गरे । शिवनारान आफैँ झ‌ट्टै बिहे सिद्ध्याउन चाहिरहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे रामखेलावन राउतको अनुकूल मिलाउनु परेको आफ्नो पनि व्यवहार चलाउनुपरेकाले अझ पर्सि नै बिहे गर्ने शिवनारानले राय दिए । रामखेलावन राउत मात्र किन पछि हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरिहाले
प्रसङ्ग पेस हुनासाथै राम खेलावन राउतले मन्जुर गरे, नानीथकुँले
पनि स्वीकृति दिइन् मधेसतिर भएको हुनाले नानीथकुँलाई एक चोटि त अलि
कस्तो कस्तो लागेको थियो, तर प्रेमको अगाडि दूरता कुन कुरा हो !
नानीथकुँ प्रसन्न नै थिइन्


चाँडै घर फर्कनु परेको हुनाले विवाहको तिथि भरसक झ‌ट्टै तोक्ने
प्रार्थना राम खेलावन राउतले गरे । शिव नारान आफैँ झ‌ट्टै बिहे सिद्ध्याउन
चाहि रहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । राम खेलावन राउतको
अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनु परेकाले अझ पर्सि
नै बिहे गर्ने शिव नारानले राय दिए । राम खेलावन राउत मात्र किन पछि
हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरि हाले ।


अस्ति मात्र ‘पर्सि’ भनेर तीन दिन बाँकी भएको तिथि अहिले ‘आज’ भएर अगाडि आइरहेको छ । आज नानीथकुंको विवाहको दिन, सबै खुसी भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुं त झन् यति खुसी छन् कि भन्न लाज मानेर मात्रै उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई लागिरहेको छ । आफ्नो जातीय नयाँ पोसाक पहिरँदा नानीथकुंको सौन्दर्य झन् चम्केको देखियो ।
{{c|⬥}}
 
अस्ति मात्र 'पर्सि' भनेर तीन दिन बाँकी भएको तिथि अहिले 'आज'
भएर अगाडि आइ रहेको छ । आज नानीथकुँको विवाहको दिन, सबै खुसी  
भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुँ त झन् यति  
खुसी छन् कि भन्न लाज मानेर मात्रै ! उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई  
लागि रहेको छ । आफ्नो जातीय नयाँ पोसाक पहिरँदा नानीथकुँको सौन्दर्य  
झन् चम्केको देखियो ।
{{nop}}

Latest revision as of 22:57, 23 June 2025

This page has been proofread

राम खेलावन राउतलाई क्षणिक दर्शनमै नानीथकुँ मन पर्न गए जस्तै नानीथकुँलाई पनि पुलुक्क हेराइमै राम खेलावन राउत राम्रो लाग्न गएछन् । झन् उनीहरू बीचमा वैवाहिक सम्बन्ध राख्ने प्रसङ्ग आएको हुँदा त उनीहरूलाई सोर्‍हमा तान्दा एक्का आएको जस्तो भयो ।

राम खेलावन राउत शिव नारानको खेतमा दुई चार चोटि आउँदैमा शिव नारानले नानीथकुँ र रामखेलावन राउत बीचमा मिठो भाव रहेको सङ्केत पाइ सकेका थिए । अर्को कुरा, नानीथकुँको बिहे झटपट सिद्ध्याउनु पर्ने पनि थियो । सबभन्दा लायकको कुरा त दुवै जना जोडा मिलेर आफूले र आफ्ना सिद्धान्तले चाहे जस्तै संयोग मिलि रहेको थियो । त्यसैले शिव नारान मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरि रहन्थे ?

प्रसङ्ग पेस हुनासाथै राम खेलावन राउतले मन्जुर गरे, नानीथकुँले पनि स्वीकृति दिइन् । मधेसतिर भएको हुनाले नानीथकुँलाई एक चोटि त अलि कस्तो कस्तो लागेको थियो, तर प्रेमको अगाडि दूरता कुन कुरा हो र ! नानीथकुँ प्रसन्न नै थिइन् ।

चाँडै घर फर्कनु परेको हुनाले विवाहको तिथि भरसक झ‌ट्टै तोक्ने प्रार्थना राम खेलावन राउतले गरे । शिव नारान आफैँ झ‌ट्टै बिहे सिद्ध्याउन चाहि रहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । राम खेलावन राउतको अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनु परेकाले अझ पर्सि नै बिहे गर्ने शिव नारानले राय दिए । राम खेलावन राउत मात्र किन पछि हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरि हाले ।

अस्ति मात्र 'पर्सि' भनेर तीन दिन बाँकी भएको तिथि अहिले 'आज' भएर अगाडि आइ रहेको छ । आज नानीथकुँको विवाहको दिन, सबै खुसी भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुँ त झन् यति खुसी छन् कि भन्न लाज मानेर मात्रै ! उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई लागि रहेको छ । आफ्नो जातीय नयाँ पोसाक पहिरँदा नानीथकुँको सौन्दर्य झन् चम्केको देखियो ।