Page:Ek chihan.pdf/120: Difference between revisions
Appearance
→Not proofread: Created page with "भोलिपल्ट शिवनारानहरूका लास बग्दै क्वेनामा जम्मा भइरहे । त्यहाँ अरू पनि धेरै मानिसका लास जम्मा भइरहेका छन् । मानिसका लासहरूका साथसाथै गाई, गोरु, भैंसी, बाख्रा आदिका लास पनि सँगसँगै..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
भोलिपल्ट | भोलिपल्ट शिव नारानहरूका लास बग्दै क्वेनामा जम्मा भइ रहे । | ||
त्यहाँ अरू पनि धेरै मानिसका लास जम्मा भइ रहेका छन् । मानिसका | |||
लासहरूका साथसाथै गाई, गोरु, भैँसी, बाख्रा आदिका लास पनि सँगसँगै | |||
छन् । हिजो बाढीले बगाएका र हराएका मानिसहरूका हकवालाहरू आई | |||
क्वेनामा लासको थुप्रो छानि रहेका छन् । चिनिएका जति लास अलग अलग | |||
राखी कति मानिसहरू छाती पिटी पिटीकन रोइ रहेका छन् । | |||
परन्तु | परन्तु शिव नारान, हाकुमाया र दुई बाल बालिका यी चार लासको | ||
हकवाला कोही निस्केन, यी चारै लासहरू बेवारिस छन् । | |||
भोलिपल्ट उनीहरूको घरको भग्नावशेषबाट | भोलिपल्ट उनीहरूको घरको भग्नावशेषबाट पुन नारान, हर्ष नारान, | ||
पुतली र लतमायाका लासहरू पनि निकालिए । उनीहरूको यस्तो हृदय | |||
विदारक मृत्यु देखेर सारा मानिसहरू शोक प्रकट गर्दै थिए । सबैको घर | |||
बनाउने सिकर्मी र बिचरा ज्यामीहरू घर मर्मत गर्न नपाई आज आफ्नै घरले | |||
थिचिएर एक चिहान भए ! |
Latest revision as of 23:18, 23 June 2025
This page has been proofread
भोलिपल्ट शिव नारानहरूका लास बग्दै क्वेनामा जम्मा भइ रहे । त्यहाँ अरू पनि धेरै मानिसका लास जम्मा भइ रहेका छन् । मानिसका लासहरूका साथसाथै गाई, गोरु, भैँसी, बाख्रा आदिका लास पनि सँगसँगै छन् । हिजो बाढीले बगाएका र हराएका मानिसहरूका हकवालाहरू आई क्वेनामा लासको थुप्रो छानि रहेका छन् । चिनिएका जति लास अलग अलग राखी कति मानिसहरू छाती पिटी पिटीकन रोइ रहेका छन् ।
परन्तु शिव नारान, हाकुमाया र दुई बाल बालिका यी चार लासको हकवाला कोही निस्केन, यी चारै लासहरू बेवारिस छन् ।
भोलिपल्ट उनीहरूको घरको भग्नावशेषबाट पुन नारान, हर्ष नारान, पुतली र लतमायाका लासहरू पनि निकालिए । उनीहरूको यस्तो हृदय विदारक मृत्यु देखेर सारा मानिसहरू शोक प्रकट गर्दै थिए । सबैको घर बनाउने सिकर्मी र बिचरा ज्यामीहरू घर मर्मत गर्न नपाई आज आफ्नै घरले थिचिएर एक चिहान भए !