Jump to content

Page:Ek chihan.pdf/96: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी थोरैमा चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा गरेको देख्ता मलाई काउकुती लागेर आउँछ ।" ठट्टाको भावमा हाकुमायाले भनिन्..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी थोरैमा चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा गरेको देख्ता मलाई काउकुती लागेर आउँछ ।" ठट्टाको भावमा हाकुमायाले भनिन् ।
"गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी घटी नै जम्मा
चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा  
गरेको देख्ता भने मलाई काउकुती लागेर आउँछ ।" ठट्टाको भावमा हाकुमायाले  
भनिन् ।


"म बुढो लागे अझै अर्को तरुनोसित ठट्टा गरे पनि ‘हा !भन्ने छैन के म ।" ठट्टाकै भावमा शिवनारानले भने ।
"म बुढो लागे अझै अर्को तरुनोसित ठट्टा गरे पनि 'हा !' भन्ने छैन  
के म ।" ठट्टाकै भावमा शिव नारानले भने ।


"छिः चुप लागेर सुत्नोस्, बाह्र बजिसक्यो होला, अर्कालाई नीद आइसक्यो ।" अलि नखराउँदै हाकुमायाले भनिन्
"छिः चुप लागेर सुत्नोस्, बार्‍ह पनि बजि सक्यो होला, अर्कालाई नीद  
आइ सक्यो ।" अलि नखराउँदै हाकुमायाले भनिन्


"नीद आएको देखेर त ‘नसुत, ठट्टा गर’ भनेको, नीद नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।" शिवनारानले मुस्कुराउँदै भने
"नीद आएको देखेर त 'नसुत, ठट्टा गर' भने कराइ रहेको, नीद  
नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।" शिव नारानले मुस्कुराउँदै  
भने


"छिः सुत्नोस् झट्टै, तपाईंलाई नीद नआए म त सुत्छु, मलाई त आइसक्यो ज्यादै ।" मुस्कुराउँदै हाकुमायाले भनिन् ।
"छिः सुत्नोस् झट्टै, तपाईंलाई नीद नआए म त सुत्छु, मलाई त आइ
सक्यो ज्यादै ।" मुस्कुराउँदै हाकुमायाले भनिन् ।


"एकछिन ख्यालठट्टा गरेर त रमाऊ ! खेत कुर्न आएकी रे, घर होइन सुतेर बिताउनलाई मेरी हाकु रानी !" ठट्टाको भावमा शिवनारानले भने । "ज्यापूकी छोरी ज्यापुनीलाई केको ‘रानी’ भन्नुपर्छ !"
"एक छिन ख्यालठट्टा गरेर त रमाऊ ! खेत कुर्न आएकी रे, घर
होइन सुतेर बिताउनलाई मेरी हाकु रानी !" ठट्टाको भावमा शिव नारानले
भने ।  


"त्यसो भए मलाई भन त ‘राजा’; मलाई त मन पर्छ
"ज्यापूकी छोरी ज्यापुनीलाई केको 'रानी' भन्नु पर्छ !"


"तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी ‘राजा’ हुन सक्नुहोला ? हुनै नसक्ने कुरा । बरु कुनै राजाकी स्वास्नी हुन जान सके म ‘रानी’ हुन सक्छु ।" ठट्टाको भावमा हाकुमायाले भनिन्
"त्यसो भए मलाई भन त 'राजा'; मलाई त मन पर्छ


यत्तिकैमा खेतमा बस्तुभाउ चरेको आवाज सुनेर शिवनारान हातमा लौरो लिएर कुद्दै गए रातको बेला हुनाले हाकुमाया पनि शिवनारानको पछिपछि दौडँदै गएकी थिइन् आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी गाई चर्न आएको देखेर शिवनारान धुमचक्र रिसाएका थिए । रिसको झोँकमा उनले गाईलाई साह्रै नै पिटे "
"तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी
'राजा' हुन सक्नु होला ? हुनै नसक्ने कुरा बरु कुनै राजाकी स्वास्नी हुन
जान सके म 'रानी' हुन सक्छु " ठट्टाको भावमा हाकुमायाले भनिन्


"भैगो, भोलि गाईलाई थानामा बुझाइदिनुहोला । लिलाम भैहाल्छ, यसका धनीलाई पनि सजाय भैहाल्छ । यो बिचरा पशुलाई के थाहा, उसको
यत्तिकैमा खेतमा वस्तुभाउ चरेको आवाज सुनेर शिव नारान हातमा
लौरो लिएर कुद्दै गए । रातको वेला हुनाले हाकुमाया पनि शिव नारानको पछि
पछि दौडँदै गएकी थिइन् । आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी
गाई चर्न आएको देखेर शिव नारान धुमचक्र रिसाएका थिए । रिसको झोँकमा
उनले गाईलाई सार्‍है नै पिटे ।"
 
"भइगो, भोलि गाईलाई थानामा बुझाइ दिनु होला । लिलाम भै हाल्छ,  
यसका धनीलाई पनि सजाय भइ हाल्छ । यो बिचरा पशुलाई के थाहा, उसको

Latest revision as of 15:59, 23 June 2025

This page has been proofread

"गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी घटी नै जम्मा चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा गरेको देख्ता भने मलाई काउकुती लागेर आउँछ ।" ठट्टाको भावमा हाकुमायाले भनिन् ।

"म बुढो लागे अझै अर्को तरुनोसित ठट्टा गरे पनि 'हा !' भन्ने छैन के म ।" ठट्टाकै भावमा शिव नारानले भने ।

"छिः चुप लागेर सुत्नोस्, बार्‍ह पनि बजि सक्यो होला, अर्कालाई नीद आइ सक्यो ।" अलि नखराउँदै हाकुमायाले भनिन्

"नीद आएको देखेर त 'नसुत, ठट्टा गर' भने कराइ रहेको, नीद नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।" शिव नारानले मुस्कुराउँदै भने ।

"छिः सुत्नोस् झट्टै, तपाईंलाई नीद नआए म त सुत्छु, मलाई त आइ सक्यो ज्यादै ।" मुस्कुराउँदै हाकुमायाले भनिन् ।

"एक छिन ख्यालठट्टा गरेर त रमाऊ ! खेत कुर्न आएकी रे, घर त होइन सुतेर बिताउनलाई मेरी हाकु रानी !" ठट्टाको भावमा शिव नारानले भने ।

"ज्यापूकी छोरी ज्यापुनीलाई केको 'रानी' भन्नु पर्छ !"

"त्यसो भए मलाई भन त 'राजा'; मलाई त मन पर्छ ।

"तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी 'राजा' हुन सक्नु होला ? हुनै नसक्ने कुरा । बरु कुनै राजाकी स्वास्नी हुन जान सके म 'रानी' हुन सक्छु ।" ठट्टाको भावमा हाकुमायाले भनिन् ।

यत्तिकैमा खेतमा वस्तुभाउ चरेको आवाज सुनेर शिव नारान हातमा लौरो लिएर कुद्दै गए । रातको वेला हुनाले हाकुमाया पनि शिव नारानको पछि पछि दौडँदै गएकी थिइन् । आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी गाई चर्न आएको देखेर शिव नारान धुमचक्र रिसाएका थिए । रिसको झोँकमा उनले गाईलाई सार्‍है नै पिटे ।"

"भइगो, भोलि गाईलाई थानामा बुझाइ दिनु होला । लिलाम भै हाल्छ, यसका धनीलाई पनि सजाय भइ हाल्छ । यो बिचरा पशुलाई के थाहा, उसको