Page:Ek chihan.pdf/98: Difference between revisions
→Not proofread: Created page with "छब्बिस आज भर्खर जेठको १५ गते, तर यसपालि बर्सात् खुब भइरहेकाले जेठ १५ गतेभित्रै पनि धेरैको असार सिद्धिसकेको छ । यसपालि असार राम्रो हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिवनारानको..." |
|||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
छब्बिस | {{right|{{larger|'''छब्बिस'''}}}} | ||
रोपाइँ सकेदेखि | आज भर्खर जेठको १५ गते, तर यस पालि बर्सात् खुब भइ रहेकाले | ||
जेठ १५ गते भित्रै पनि धेरैको असार सिद्धि सकेको छ । यस पालि असार राम्रो | |||
हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिव नारानको खेतमा त झन् एक | |||
हप्ता अगाडिदेखि नै रोपाइँ सिद्धि सकेकाले, उनको परिवार त झन् विजेता झैँ | |||
प्रफुल्ल भएर फुलि रहेको छ । तर रोपाइँको समाप्तिले सुख प्राप्त भए पनि | |||
उनीहरूलाई कुनै कुराले दुःख पनि भइ रहेको छ । वर्षा अत्यन्त प्रिय भएर | |||
पनि त्यसदेखि उनीहरूलाई डर भइ रहेको छ । यसको कारण हो उनीहरूको | |||
घर थोत्रो छ; भत्कि हाल्ला, खसि हाल्लाको अवस्थामा पुगि सकेको छ । | |||
अलिकति पानी पर्यो कि त दुई तलासम्म चुहुने भइ सकेको छ । अलि बढ्ता | |||
बतास आयो कि क्यार्रकुर्र आवाज आउन थालि सकेको छ । यस कारण पानी | |||
परेको, बतास आएको दिन शिव नारानको परिवारका प्रत्येक सदस्य डरले | |||
त्राहिमाम् हुन्थे । | |||
रोपाइँ सकेदेखि शिव नारान खेतमा खान्थे, सुत्थे । शिव नारान | |||
माचाछी<ref>जोईपोइ बच्चाच्चीको एकसरो परिवार मात्र (नेवारी शब्द) ।</ref> बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे, सुत्थे । आज घरमा | |||
भात खाइ रहँदा पनि वर्षा भइ रहेकाले पानी चुहि रहेको थियो, सबै सँगै भात | |||
खाइ रहेका थिए । भात खाँदै लतमायाले पुन नारानतिर हेरेर भनिन्– "खाइ | |||
नखाइ गरेर पनि यस पालि त घर एउटा बनाउने कोसिस गर बाबु ! मलाई |
Latest revision as of 16:07, 23 June 2025
छब्बिस
आज भर्खर जेठको १५ गते, तर यस पालि बर्सात् खुब भइ रहेकाले जेठ १५ गते भित्रै पनि धेरैको असार सिद्धि सकेको छ । यस पालि असार राम्रो हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिव नारानको खेतमा त झन् एक हप्ता अगाडिदेखि नै रोपाइँ सिद्धि सकेकाले, उनको परिवार त झन् विजेता झैँ प्रफुल्ल भएर फुलि रहेको छ । तर रोपाइँको समाप्तिले सुख प्राप्त भए पनि उनीहरूलाई कुनै कुराले दुःख पनि भइ रहेको छ । वर्षा अत्यन्त प्रिय भएर पनि त्यसदेखि उनीहरूलाई डर भइ रहेको छ । यसको कारण हो उनीहरूको घर थोत्रो छ; भत्कि हाल्ला, खसि हाल्लाको अवस्थामा पुगि सकेको छ । अलिकति पानी पर्यो कि त दुई तलासम्म चुहुने भइ सकेको छ । अलि बढ्ता बतास आयो कि क्यार्रकुर्र आवाज आउन थालि सकेको छ । यस कारण पानी परेको, बतास आएको दिन शिव नारानको परिवारका प्रत्येक सदस्य डरले त्राहिमाम् हुन्थे ।
रोपाइँ सकेदेखि शिव नारान खेतमा खान्थे, सुत्थे । शिव नारान माचाछी[1] बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे, सुत्थे । आज घरमा भात खाइ रहँदा पनि वर्षा भइ रहेकाले पानी चुहि रहेको थियो, सबै सँगै भात खाइ रहेका थिए । भात खाँदै लतमायाले पुन नारानतिर हेरेर भनिन्– "खाइ नखाइ गरेर पनि यस पालि त घर एउटा बनाउने कोसिस गर बाबु ! मलाई
- ↑ जोईपोइ बच्चाच्चीको एकसरो परिवार मात्र (नेवारी शब्द) ।