Jump to content

Page:Ek chihan.pdf/99: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "त बिघ्नै डर भइरहेको छ । यस्तरी दिनका दिन पानी परिरहेको छ, अझ मुख्य पानी पर्ने याम आएकै छैन ।" "मैले पनि त्यही विचार गरिरहेको छु आमा ! जे गरेर पनि यसपालि घर नबनाईकन त हुँदैहुँदैन । मलाई प..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
त बिघ्नै डर भइरहेको छ । यस्तरी दिनका दिन पानी परिरहेको छ, अझ मुख्य पानी पर्ने याम आएकै छैन ।"
त बिघ्नै डर भइ रहेको छ । यस्तरी दिनका दिन पानी परि रहेको छ, अझ  
मुख्य पानी पर्ने याम आएकै छैन ।"


"मैले पनि त्यही विचार गरिरहेको छु आमा ! जे गरेर पनि यसपालि घर नबनाईकन त हुँदैहुँदैन । मलाई पनि बिघ्नै फिक्री लागिरहेको छ ।" पुननारानले भात खाँदै भने ।
"मैले पनि त्यही विचार गरि रहेको छु आमा ! जे गरेर पनि यस पालि
घर नबनाईकन त हुँदै हुँदैन । मलाई पनि बिघ्नै फिक्री लागि रहेको छ ।" पुन
नारानले भात खाँदै भने ।


"यसपालि पनि बनाउन सकिएन भने त जगैदेखि भत्कन बेर छैन ।" हर्षनारानले भने ।
"यस पालि पनि बनाउन सकिएन भने त जगैदेखि भत्कन बेर छैन ।" हर्ष
नारानले भने ।


"सरसापट गरेर भए पनि तिमीहरू सबै भाइ मिली यसपालिलाई बस । टालटुलै मात्र गरेर पनि घर एउटाको चिन्ता मेटाउने कोसिस गर बाबू हो !" अलि मायालाग्दो भावमा लतमायाले भनिन्- "अब त म पनि धेरै दिन बाँचुला जस्तो लाग्दैन, नानीथकुं हर्षनारान यी दुई जनाको व्यवहार सिद्ध्याउन पाए मरे पनि हुने भइसकें । खोइ, नानीथकुंलाई पनि कसैले भन्न आउँदैन । फोने गरेर पनि असल दुलाहा खोज्ने गर बाबू हो ! त्यसो गर्दैमा केही नराम्रो देख्तिनँ म । हर्षनारानलाई पनि कति जना केटी खोजिसकें, हामी गरिब भएर हो कि भेट्टाउनै सकिन्न । तिम्रा बाबु, दाजुहरूको सिद्धान्तअनुसार तिमीहरूले नै खोज्ने गर आफूलाई मन पर्ने, नानीहो ! त्यही म पनि बेस देख्छु । बरु जातपातको वास्ता नगरे पनि हुन्छ ।"
"सरसापट गरेर भए पनि तिमीहरू सबै भाइ मिली यस पालिलाई
बस । टालटुलै मात्र गरेर पनि घर एउटाको चिन्ता मेटाउने कोसिस गर बाबु
हो !" अलि मायालाग्दो भावमा लतमायाले भनिन्– "अब त म पनि धेरै दिन  
बाँचुला जस्तो लाग्दैन, नानीथकुँ हर्ष नारान यी दुई जनाको व्यवहार  
सिद्ध्याउन पाए मरे पनि हुने भइ सकेँ । खोइ, नानीथकुँलाई पनि कसैले भन्न  
आउँदैन । फोने गरेर पनि असल दुलाहा खोज्ने गर बाबु हो ! त्यसो गर्दैमा  
केही नराम्रो देख्तिनँ म । हर्ष नारानलाई पनि कति जना केटी खोजि सकेँ,  
हामी गरिब भएर हो कि भेट्टाउनै सकिन्न । तिम्रा बाबु, दाजुहरूको सिद्धान्त
अनुसार तिमीहरूले नै खोज्ने गर आफूलाई मन पर्ने, नानी हो ! त्यही म पनि  
बेस देख्छु । बरु जातपातको वास्ता नगरे पनि हुन्छ ।"


खिस्स हाँसेर हर्षनारानले भने- "नानीथकुं त्यसै गरोस्, म त अहिले बिहे गर्न चाहन्नँ । घरै बनिसकेको छैन, खुवाउने पाल्ने नै आफूलाई तागत आइसकेको छैन, केको बिहे गर्न हतपत ? अर्काकी छोरीलाई ल्याएर त्यसै भोकै राख्न त ठीक छैन ।"
खिस्स हाँसेर हर्ष नारानले भने– "नानीथकुँ त्यसै गरोस्, म त अहिले  
बिहे गर्न चाहन्नँ । घरै बनि सकेको छैन, खुवाउने पाल्ने नै आफूलाई तागत  
आइ सकेको छैन, केको बिहे गर्न हतपत ? अर्काकी छोरीलाई ल्याएर त्यसै  
भोकै राख्न त ठिक छैन ।"


"घर त रुपियाँ भएपछि बन्ला तर बुढी हुँदै गएको मेरो अवस्थाले पर्खिरहन त सक्तैन । के त मैले तिम्रो बिहे नहेरीकनै मर्ने ?" लतमायाले अलि दुःखित भएर भनिन् ।
"घर त रुपियाँ भएपछि बन्ला तर बुढी हुँदै गएको मेरो अवस्थाले पर्खि
रहन त सक्तैन । के त मैले तिम्रो बिहे नहेरीकनै मर्ने ?" लतमायाले अलि  
दुःखित भएर भनिन् ।


"घर बनेको पनि देख्नुहोला, बिहे पनि हेर्न पाउनुहुनेछ । अहिल्यै हामीलाई त्यस्तरी टुहुरा बनाउने अलच्छिन नचिताउनुहोला आमा !" हर्षनारानले श्रद्धापूर्ण भावमा भने ।
"घर बनेको पनि देख्नु होला, बिहे पनि हेर्न पाउनु हुनेछ । अहिल्यै  
हामीलाई त्यस्तरी टुहुरा बनाउने अलच्छिन नचिताउनु होला आमा !" हर्ष
नारानले श्रद्धापूर्ण भावमा भने ।
{{nop}}

Latest revision as of 16:11, 23 June 2025

This page has been proofread

त बिघ्नै डर भइ रहेको छ । यस्तरी दिनका दिन पानी परि रहेको छ, अझ मुख्य पानी पर्ने याम आएकै छैन ।"

"मैले पनि त्यही विचार गरि रहेको छु आमा ! जे गरेर पनि यस पालि घर नबनाईकन त हुँदै हुँदैन । मलाई पनि बिघ्नै फिक्री लागि रहेको छ ।" पुन नारानले भात खाँदै भने ।

"यस पालि पनि बनाउन सकिएन भने त जगैदेखि भत्कन बेर छैन ।" हर्ष नारानले भने ।

"सरसापट गरेर भए पनि तिमीहरू सबै भाइ मिली यस पालिलाई बस । टालटुलै मात्र गरेर पनि घर एउटाको चिन्ता मेटाउने कोसिस गर बाबु हो !" अलि मायालाग्दो भावमा लतमायाले भनिन्– "अब त म पनि धेरै दिन बाँचुला जस्तो लाग्दैन, नानीथकुँ र हर्ष नारान यी दुई जनाको व्यवहार सिद्ध्याउन पाए मरे पनि हुने भइ सकेँ । खोइ, नानीथकुँलाई पनि कसैले भन्न आउँदैन । फोने गरेर पनि असल दुलाहा खोज्ने गर बाबु हो ! त्यसो गर्दैमा केही नराम्रो देख्तिनँ म । हर्ष नारानलाई पनि कति जना केटी खोजि सकेँ, हामी गरिब भएर हो कि भेट्टाउनै सकिन्न । तिम्रा बाबु, दाजुहरूको सिद्धान्त अनुसार तिमीहरूले नै खोज्ने गर आफूलाई मन पर्ने, नानी हो ! त्यही म पनि बेस देख्छु । बरु जातपातको वास्ता नगरे पनि हुन्छ ।"

खिस्स हाँसेर हर्ष नारानले भने– "नानीथकुँ त्यसै गरोस्, म त अहिले बिहे गर्न चाहन्नँ । घरै बनि सकेको छैन, खुवाउने पाल्ने नै आफूलाई तागत आइ सकेको छैन, केको बिहे गर्न हतपत ? अर्काकी छोरीलाई ल्याएर त्यसै भोकै राख्न त ठिक छैन ।"

"घर त रुपियाँ भएपछि बन्ला तर बुढी हुँदै गएको मेरो अवस्थाले पर्खि रहन त सक्तैन । के त मैले तिम्रो बिहे नहेरीकनै मर्ने ?" लतमायाले अलि दुःखित भएर भनिन् ।

"घर बनेको पनि देख्नु होला, बिहे पनि हेर्न पाउनु हुनेछ । अहिल्यै हामीलाई त्यस्तरी टुहुरा बनाउने अलच्छिन नचिताउनु होला आमा !" हर्ष नारानले श्रद्धापूर्ण भावमा भने ।