Jump to content

Page:Ek chihan.pdf/101: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न लिन आएको नानीथकुं !" कानैनिर गएर बिस्तारै डाक्टर गोदत्तप्रसादले भने । नानीथकुं एकछिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् । अ..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न लिन आएको नानीथकुं !" कानैनिर गएर बिस्तारै डाक्टर गोदत्तप्रसादले भने ।
"तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न  
लिन आएको नानीथकुँ !" कानैनिर गएर बिस्तारै डाक्टर गोदत्त प्रसादले भने ।


नानीथकुं एकछिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् । अनि एकैछिनपछि डाक्टर गोदत्तप्रसादले फेरि भने- "हिँड, नानीथकुं ! केही धन्दा मान्नु पर्दैन । निस्फिक्री होऊ ।"
नानीथकुँ एक छिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् ।  
अनि एकै छिनपछि डाक्टर गोदत्त प्रसादले फेरि भने– "हिँड, नानीथकुँ ! केही  
धन्दा मान्नु पर्दैन । निस्फिक्री होऊ ।"


"म आउन्नँ ।" सरल भावमा नानीथकुंले बिस्तारै भनिन् ।
"म आउन्नँ ।" सरल भावमा नानीथकुँले बिस्तारै भनिन् ।


"तिमीले डराउनु पर्दैन नानीथकुं । केही चिन्ता छैन । तिमी आए पुग्छ ।" विनीत भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"तिमीले डराउनु पर्दैन नानीथकुँ । केही चिन्ता छैन । तिमी आए  
पुग्छ ।" विनीत भावमा डाक्टर गोदत्त प्रसादले भने ।


"म आउँदिनँ, डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।"
"म आउँदिनँ, डाक्टर साहेब । अब मलाई प्रेम गर्न मन भएन ।"


"बहुलाही । सब ठीकठाक गरिसकें भन्छु त ।"
"बहुलाही । सब ठिकठाक गरि सकेँ भन्छु त ।"


"साँच्चै हो डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।"
"साँच्चै हो डाक्टर साहेब । अब मलाई प्रेम गर्न मन भएन ।"


"सबसित छुट्टिन परेर मात्र यस्तो भएको होला नानीथकुं एकछिनमा यो दिक्दारी मेटिनेछ ।"
"सबसित छुट्टिन परेर मात्र यस्तो भएको होला नानीथकुँ एक
छिनमा यो दिक्दारी मेटिनेछ ।"


"जिद्दी नगर्नोस् डाक्टरसाहेब । साँच्चै हो, म आउँदिनँ ।"
"जिद्दी नगर्नोस् डाक्टर साहेब । साँच्चै हो, म आउँदिनँ ।"


"आफ्ना शाखासम्बन्धीहरू छोड्न खोज्दा योभन्दा पनि अझ बढ्ता दिक्दारी र खिन्नता आउन सक्छ नानीथकुं । यसको तिमी पर्बाह नगर, एकैछिनमा दिक्दारी हटेर मन रमाउन र रसाउन थाल्छ ।" डाक्टर गोदत्तप्रसादले सम्झाएर भने ।
"आफ्ना शाखा सम्बन्धीहरू छोड्न खोज्दा योभन्दा पनि अझ बढ्ता  
दिक्दारी र खिन्नता आउन सक्छ नानीथकुँ । यसको तिमी पर्बाह नगर, एकै
छिनमा दिक्दारी हटेर मन रमाउन र रसाउन थाल्छ ।" डाक्टर गोदत्त
प्रसादले सम्झाएर भने ।


"म स्वास्नीमान्छेकी कलङ्ङ्किनी हुन चाहन्नँ, म जिन्दगी बेच्न चाहन्नँ । मलाई अब आफ्नो नारीत्वको महत्त्व थाहा भएर आयो । अब म नारीत्व गिराउन चाहन्नँ ।" नानीथकुंले भनिन् ।
"म स्वास्नी मान्छेकी कलङ्ङ्किनी हुन चाहन्नँ, म जिन्दगी बेच्न  
चाहन्नँ । मलाई अब आफ्नो नारीत्वको महत्त्व थाहा भएर आयो । अब म  
नारीत्व गिराउन चाहन्नँ ।" नानीथकुँले भनिन् ।


"नारीत्वको महत्त्व यो होइन कि नानीथकुं ! कोही पुरुषसित पनि सम्बन्धै राख्न हुन्न, म त भन्दछु, नारीको नारीत्व नै कोही पुरुषलाई ग्रहण गर्नु हो, भिक्षुणी आदि हुनु त नपुंसक हुनु हो । प्रेम गरिसकेर, यहाँसम्मको बरबन्दोबस्त गराइसकेर अहिले यस्तो कुरा गर्नु मेरा लागि त सरासर धोकै भयो ।" प्रभावपूर्ण भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"नारीत्वको महत्त्व यो होइन कि नानीथकुँ ! कोही पुरुषसित पनि  
सम्बन्धै राख्न हुन्न, म त भन्दछु, नारीको नारीत्व नै कोही पुरुषलाई ग्रहण  
गर्नु हो, भिक्षुणी आदि हुनु त नपुंसक हुनु हो । प्रेम गरि सकेर, यहाँसम्मको  
बरबन्दोबस्त गराइ सकेर अहिले यस्तो कुरा गर्नु मेरा लागि त सरासर धोकै  
भयो ।" प्रभावपूर्ण भावमा डाक्टर गोदत्त प्रसादले भने ।


नानीथकुंलाई डाक्टर गोदत्तप्रसादमाथि माया बसिसकेको छ, तर रञ्जनादेवीको भनाइ र आफ्ना दाजु शिवनारानको कुरामा नानीथकुंले सत्य
नानीथकुँलाई डाक्टर गोदत्त प्रसाद माथि माया बसि सकेको छ, तर  
रञ्जना देवीको भनाइ र आफ्ना दाजु शिव नारानको कुरामा नानीथकुँले सत्य

Latest revision as of 22:11, 23 June 2025

This page has been proofread

"तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न लिन आएको नानीथकुँ !" कानैनिर गएर बिस्तारै डाक्टर गोदत्त प्रसादले भने ।

नानीथकुँ एक छिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् । अनि एकै छिनपछि डाक्टर गोदत्त प्रसादले फेरि भने– "हिँड, नानीथकुँ ! केही धन्दा मान्नु पर्दैन । निस्फिक्री होऊ ।"

"म आउन्नँ ।" सरल भावमा नानीथकुँले बिस्तारै भनिन् ।

"तिमीले डराउनु पर्दैन नानीथकुँ । केही चिन्ता छैन । तिमी आए पुग्छ ।" विनीत भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"म आउँदिनँ, डाक्टर साहेब । अब मलाई प्रेम गर्न मन भएन ।"

"बहुलाही । सब ठिकठाक गरि सकेँ भन्छु त ।"

"साँच्चै हो डाक्टर साहेब । अब मलाई प्रेम गर्न मन भएन ।"

"सबसित छुट्टिन परेर मात्र यस्तो भएको होला नानीथकुँ । एक छिनमा यो दिक्दारी मेटिनेछ ।"

"जिद्दी नगर्नोस् डाक्टर साहेब । साँच्चै हो, म आउँदिनँ ।"

"आफ्ना शाखा सम्बन्धीहरू छोड्न खोज्दा योभन्दा पनि अझ बढ्ता दिक्दारी र खिन्नता आउन सक्छ नानीथकुँ । यसको तिमी पर्बाह नगर, एकै छिनमा दिक्दारी हटेर मन रमाउन र रसाउन थाल्छ ।" डाक्टर गोदत्त प्रसादले सम्झाएर भने ।

"म स्वास्नी मान्छेकी कलङ्ङ्किनी हुन चाहन्नँ, म जिन्दगी बेच्न चाहन्नँ । मलाई अब आफ्नो नारीत्वको महत्त्व थाहा भएर आयो । अब म नारीत्व गिराउन चाहन्नँ ।" नानीथकुँले भनिन् ।

"नारीत्वको महत्त्व यो होइन कि नानीथकुँ ! कोही पुरुषसित पनि सम्बन्धै राख्न हुन्न, म त भन्दछु, नारीको नारीत्व नै कोही पुरुषलाई ग्रहण गर्नु हो, भिक्षुणी आदि हुनु त नपुंसक हुनु हो । प्रेम गरि सकेर, यहाँसम्मको बरबन्दोबस्त गराइ सकेर अहिले यस्तो कुरा गर्नु मेरा लागि त सरासर धोकै भयो ।" प्रभावपूर्ण भावमा डाक्टर गोदत्त प्रसादले भने ।

नानीथकुँलाई डाक्टर गोदत्त प्रसाद माथि माया बसि सकेको छ, तर रञ्जना देवीको भनाइ र आफ्ना दाजु शिव नारानको कुरामा नानीथकुँले सत्य