Jump to content

Page:Ek chihan.pdf/107: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मानिस, कुलवधू, घरकी लक्ष्मी भित्रिने हुन् । त्यसैले दैलोनिरै डोली अड्याई, ढोकैदेखि स्वागतसत्कार गर्नुपर्छ’ भन्ने राय स्वास्नीमानिसहरूबाट आयो । स्वास्नीमानिसहरूको रायमा शिवनार..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मानिस, कुलवधू, घरकी लक्ष्मी भित्रिने हुन् । त्यसैले दैलोनिरै डोली अड्याई, ढोकैदेखि स्वागतसत्कार गर्नुपर्छ’ भन्ने राय स्वास्नीमानिसहरूबाट आयो ।
मानिस भित्रिने, एउटी कुलवधू भित्रिने, लक्ष्मी भित्रिने हुन् । त्यसैले दैलोनिरै  
डोली अड्याई, ढोकैदेखि स्वागत सत्कार गर्नु पर्छ' भन्ने राय स्वास्नी
मानिसहरूबाट आयो ।


स्वास्नीमानिसहरूको रायमा शिवनारानले घोर विरोध गरे- "हाम्रो समाजमा दुलही भित्र्याउँदा होस् वा छोरीबेटी अन्माउँदा उनीहरूलाई विवाहको दुई-चार दिन निकै स्वागतसत्कार, मानमर्यादाको व्यवहार हुन्छ, अवश्य हो । तर, डोलीमा हाली ल्याएर ढोकामा रोकी अनेक स्वागतसत्कार गर्दैमा स्वास्नीमान्छेले हाम्रो समाजमा के मानमर्यादा र स्थान पाएका छन् ? त्यसैले बरु हामी डोलीमा हालेर सम्मान गर्ने ढोंग नगरौं, ढोकामा उभ्याई दुनियाँको अगाडि स्वागतसत्कार गरेको स्वाङ पनि नगरौं । त्यसको सट्टा उनलाई हामी लोग्नेमानिसहरूले आफूले चाहेको हक दिन र मर्यादा गर्न नभुलौँ, नबिर्सौं र त्यसका निम्ति दृढसङ्कल्पी बनौँ । यही मेरो विचार छ ।"
स्वास्नी मानिसहरूको यो रायमा शिव नारानले घोर विरोध गरे
उनले भने– "हाम्रो समाजमा दुलही भित्र्याउँदा छोरीबेटी दिएर पठाउँदासम्म
उनीहरूलाई विवाहको दुई चार दिन निकै स्वागत सत्कार, मान मर्यादाको
व्यवहार हुन्छ, अवश्य हो । तर डोलीमा हाली ल्याएर ढोकामा रोकी अनेक  
स्वागत सत्कार गर्दैमा स्वास्नी मान्छेहरूले हाम्रो समाजमा के मान मर्यादा र  
स्थान पाएका छन् ? त्यसैले बरु हामी डोलीमा हालेर सम्मान गर्ने ढोँग
नगरौँ, ढोकामा उभ्याई दुनियाँको अगाडि स्वागत सत्कार गरेको स्वाङ पनि  
नगरौँ । त्यसको सट्टा उनलाई हामी लोग्ने मानिसहरूले आफूले चाहेको  
हक दिन र मर्यादा गर्न नभुलौँ, नबिर्सौं र त्यसका निम्ति दृढ सङ्कल्पी बनौँ ।  
यही मेरो विचार छ ।"


शिवनारानको यो विचार पुननारानलाई ज्यादै मन पर्यो, हर्षनारानले त अझ बढ्ता स्वागत गरे । आखिरमा हर्षनारानको स्वेच्छाले डोलीमा हालेर नल्याईकन हिँडाएर नै ल्याउने निर्णय भयो ।
शिव नारानको यो विचार पुन नारानलाई ज्यादै मन पर्‍यो, हर्ष
नारानले त अझ बढ्ता स्वागत गरे । आखिरमा हर्ष नारानको स्वेच्छाले  
डोलीमा हालेर नल्याईकन हिँडाएर नै ल्याउने निर्णय भयो ।


{{c|}}


माहिला तामाङ भरियाको जीविका गरेर खाइरहेका, बुद्धिमान् मानिस नभए तापनि विशाल हृदयका उदार व्यक्ति हुन् । आफ्नी छोरी पुतली हर्षनारान
माहिला तामाङ भरियाको जीविका गरेर खाइ रहेका, बुद्धिमान् मानिस  
नभए तापनि विशाल हृदयका उदार व्यक्ति हुन् । आफ्नी छोरी पुतली हर्ष
नारान ज्यापुसँग रोजेर जान लागेकी देखेर उनी बिछ‌ट्टै खुसी छन् ।


ज्यापूसँग रोजेर जान लागेकी देखेर उनी बिछ‌ट्टै खुसी छन् ।
सात आठ सालतिर काठमाडौँमा भएको जन विद्रोह र आन्दोलन देखेर  
 
माहिला तामाङले नेवार र पर्वते दुई जातिमा सम्बन्ध जोड्ने भावना र प्रेरणा  
सात-आठ सालतिर काठमाडौँमा भएको जनविद्रोह र आन्दोलन देखेर माहिला तामाङले नेवार र पर्वतेबीच सम्बन्ध जोड्ने भावना र प्रेरणा पाएका हुन् उस बेला टुंडिखेलमा विशाल जुलुसले ‘नेवार पर्वते एक हौं, नागरिक अधिकार पाउनैपर्छ, प्रजातन्त्र हुनैपर्छ’ भन्ने जोडदार नारा लाएको थियो । जुलुसले लगाएका अनेक नारामध्ये अरूको त माने र महत्त्व माहिला तामाङले बुझेका थिएनन्, तर ‘नेवार पर्वते एक हौं’ ले उनको हृदय एकदम घचघच्यायो, उम्मिएको आकाशमा एकाएक घाम चर्किएजस्तो भयो उनलाई
पाएका हुन्; उस वेला टुँडिखेलमा एउटा विशाल जुलुसले 'नेवार पर्वते एक हौँ,  
नागरिक अधिकार पाउनै पर्छ, प्रजातन्त्र हुनै पर्छ' भन्ने जोडदार नारा  
लगाएको थियो । जुलुसले लगाएका अनेक नारामध्ये अरू कुनै नाराको
माने र महत्त्व माहिला तामाङले बुझेका थिएनन्, तर 'नेवार पर्वते एक हौँ'
भन्ने नाराले उनको हृदय एकदम घचघच्याइ दियो, एकदम बाक्लो बदलीमा
एकाएक घाम झुल्के जस्तो उनलाई भयो ।
{{nop}}

Latest revision as of 22:33, 23 June 2025

This page has been proofread

मानिस भित्रिने, एउटी कुलवधू भित्रिने, लक्ष्मी भित्रिने हुन् । त्यसैले दैलोनिरै डोली अड्याई, ढोकैदेखि स्वागत सत्कार गर्नु पर्छ' भन्ने राय स्वास्नी मानिसहरूबाट आयो ।

स्वास्नी मानिसहरूको यो रायमा शिव नारानले घोर विरोध गरे उनले भने– "हाम्रो समाजमा दुलही भित्र्याउँदा र छोरीबेटी दिएर पठाउँदासम्म त उनीहरूलाई विवाहको दुई चार दिन निकै स्वागत सत्कार, मान मर्यादाको व्यवहार हुन्छ, अवश्य हो । तर डोलीमा हाली ल्याएर ढोकामा रोकी अनेक स्वागत सत्कार गर्दैमा स्वास्नी मान्छेहरूले हाम्रो समाजमा के मान मर्यादा र स्थान पाएका छन् ? त्यसैले बरु हामी डोलीमा हालेर सम्मान गर्ने ढोँग नगरौँ, ढोकामा उभ्याई दुनियाँको अगाडि स्वागत सत्कार गरेको स्वाङ पनि नगरौँ । त्यसको सट्टा उनलाई हामी लोग्ने मानिसहरूले आफूले चाहेको हक दिन र मर्यादा गर्न नभुलौँ, नबिर्सौं र त्यसका निम्ति दृढ सङ्कल्पी बनौँ । यही मेरो विचार छ ।"

शिव नारानको यो विचार पुन नारानलाई ज्यादै मन पर्‍यो, हर्ष नारानले त अझ बढ्ता स्वागत गरे । आखिरमा हर्ष नारानको स्वेच्छाले डोलीमा हालेर नल्याईकन हिँडाएर नै ल्याउने निर्णय भयो ।

माहिला तामाङ भरियाको जीविका गरेर खाइ रहेका, बुद्धिमान् मानिस नभए तापनि विशाल हृदयका उदार व्यक्ति हुन् । आफ्नी छोरी पुतली हर्ष नारान ज्यापुसँग रोजेर जान लागेकी देखेर उनी बिछ‌ट्टै खुसी छन् ।

सात आठ सालतिर काठमाडौँमा भएको जन विद्रोह र आन्दोलन देखेर माहिला तामाङले नेवार र पर्वते दुई जातिमा सम्बन्ध जोड्ने भावना र प्रेरणा पाएका हुन्; उस वेला टुँडिखेलमा एउटा विशाल जुलुसले 'नेवार पर्वते एक हौँ, नागरिक अधिकार पाउनै पर्छ, प्रजातन्त्र हुनै पर्छ' भन्ने जोडदार नारा लगाएको थियो । जुलुसले लगाएका अनेक नारामध्ये अरू त कुनै नाराको माने र महत्त्व माहिला तामाङले बुझेका थिएनन्, तर 'नेवार पर्वते एक हौँ' भन्ने नाराले उनको हृदय एकदम घचघच्याइ दियो, एकदम बाक्लो बदलीमा एकाएक घाम झुल्के जस्तो उनलाई भयो ।