Page:Ritubichar.pdf/39: Difference between revisions
Appearance
No edit summary |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|७९}} | {{pcn|७९}} | ||
विरही-जलको श्रेणी आँशुले परिपूरित । | |||
पला पलामा दाँजिन्छ वर्षाको | पला पलामा दाँजिन्छ वर्षाको रजनी-सित ॥ | ||
{{pcn|८०}} | {{pcn|८०}} | ||
पखालियो, बग्यो गैगो भलमा पुष्पको | पखालियो, बग्यो गैगो भलमा पुष्पको रस । | ||
भयो भ्रमरका निम्ति यो वर्षाकाल | भयो भ्रमरका निम्ति यो वर्षाकाल नीरस ॥ | ||
{{pcn|८१}} | {{pcn|८१}} | ||
विधिले फूलको सार | विधिले फूलको सार कदम्का फूलमा भरी । | ||
गोलाऽऽकार बनायो कि सबै बग्ला भनी डरी? | गोलाऽऽकार बनायो कि सबै बग्ला भनी डरी ? | ||
{{pcn|८२}} | {{pcn|८२}} | ||
गुणका भारले नम्र | गुणका भारले नम्र गुणी-तुल्य अली तल । | ||
झुके दारीमका हाँगा लागनाले ठुला | झुके दारीमका हाँगा लागनाले ठुला फल ॥ | ||
{{pcn|८३}} | {{pcn|८३}} | ||
वनमा विरही बोली बोल्दछन् | वनमा विरही बोली बोल्दछन् न्याहुली-चरी । | ||
चिरिन्छ परदेशीको दुःखी हृदय | चिरिन्छ परदेशीको दुःखी हृदय चर्चरी ॥ | ||
{{pcn|८४}} | {{pcn|८४}} | ||
मेघको शब्द सुन्नाले प्रेमले दङ्ग | मेघको शब्द सुन्नाले प्रेमले दङ्ग भैकन । | ||
थाले मयूरका भाले नाची नाची | थाले मयूरका भाले नाची नाची कराउन ॥ | ||
{{pcn|८५}} | {{pcn|८५}} | ||
विरही-जनको छाती बन्चराले सरी चिरी । | |||
बोल्दछन् मत्त भै तित्रा तित्तिरी, तित्तिरी | बोल्दछन् मत्त भै तित्रा 'तित्तिरी, तित्तिरी' गरी ॥ | ||
{{pcn|८६}} | {{pcn|८६}} | ||
मानी त्यो हंसको श्रेणी पुग्यो | मानी त्यो हंसको श्रेणी पुग्यो मानसरोवर । | ||
अपमान जहाँ हुन्छ वहाँ को वास गर्छ र? | अपमान जहाँ हुन्छ वहाँ को वास गर्छ र ? | ||
{{pcn|८७}} | {{pcn|८७}} | ||
तामे ढुक्कुरका भाले करायेर घुमी | तामे ढुक्कुरका भाले करायेर घुमी घुमी । | ||
नाचेका | नाचेका देखदा-खेरी मन हुन्छ रिमी-झिमी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 23:22, 24 May 2025
This page has been validated
७९
विरही-जलको श्रेणी आँशुले परिपूरित ।
पला पलामा दाँजिन्छ वर्षाको रजनी-सित ॥
८०
पखालियो, बग्यो गैगो भलमा पुष्पको रस ।
भयो भ्रमरका निम्ति यो वर्षाकाल नीरस ॥
८१
विधिले फूलको सार कदम्का फूलमा भरी ।
गोलाऽऽकार बनायो कि सबै बग्ला भनी डरी ?
८२
गुणका भारले नम्र गुणी-तुल्य अली तल ।
झुके दारीमका हाँगा लागनाले ठुला फल ॥
८३
वनमा विरही बोली बोल्दछन् न्याहुली-चरी ।
चिरिन्छ परदेशीको दुःखी हृदय चर्चरी ॥
८४
मेघको शब्द सुन्नाले प्रेमले दङ्ग भैकन ।
थाले मयूरका भाले नाची नाची कराउन ॥
८५
विरही-जनको छाती बन्चराले सरी चिरी ।
बोल्दछन् मत्त भै तित्रा 'तित्तिरी, तित्तिरी' गरी ॥
८६
मानी त्यो हंसको श्रेणी पुग्यो मानसरोवर ।
अपमान जहाँ हुन्छ वहाँ को वास गर्छ र ?
८७
तामे ढुक्कुरका भाले करायेर घुमी घुमी ।
नाचेका देखदा-खेरी मन हुन्छ रिमी-झिमी ॥