Page:Ek chihan.pdf/51: Difference between revisions
→Not proofread: Created page with ""किन आमा ?" अलि आश्चर्य भएर नानीथकुंले भनिन् । "मलाई भात पकाउन गाह्रो भयो ।" "तान चलाउन झन् गाह्रो छ । आमालाई के भयो ?" मायालु भावमा नानीथकुंले भनिन् । "केही पनि भएको छैन । भात पकाउन अलि ग..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"किन आमा ?" अलि आश्चर्य भएर | "किन आमा ?" अलि आश्चर्य भएर नानीथकुँले भनिन् । | ||
"मलाई भात पकाउन | "मलाई भात पकाउन गार्हो भयो ।" | ||
"तान चलाउन झन् | "तान चलाउन झन् गार्हो छ । आमालाई के भयो ?" मायालु भावमा | ||
नानीथकुँले भनिन् । | |||
"केही पनि भएको छैन । भात पकाउन अलि | "केही पनि भएको छैन । भात पकाउन अलि गार्हो लाग्यो ।" | ||
यत्तिकैमा डाक्टर | यत्तिकैमा डाक्टर गोदत्त प्रसाद आइ पुगे । उनलाई अगि अगि झैँ | ||
लतमाया र नानीथकुँ आमाछोरी दुवैले स्वागत सत्कार गरे । | |||
"आज त सबेरै | "आज त सबेरै आउनु भयो ।" सत्कार गर्दागर्दै लतमायाले भनिन् । | ||
"आज बिदा छ ।" डाक्टरले भने । | "आज बिदा छ ।" डाक्टरले भने । | ||
Line 15: | Line 17: | ||
"ए !" | "ए !" | ||
"आज अरू विशेष काम पनि केही नभएको र बिरामी हेर्न पनि कोही नभएकाले यहाँ आएको हुँ ।" | "आज अरू विशेष काम पनि केही नभएको र बिरामी हेर्न पनि कोही | ||
नभएकाले यहाँ आएको हुँ ।" | |||
"यस्तै निगाह सधैँ | "यस्तै निगाह सधैँ राख्नु होला डाक्टर साहेब !" | ||
"हेर्दै गरेर हो कि हिजोआज मलाई तान | "हेर्दै गरेर हो कि हिजोआज मलाई तान चलि रहेको आवाज सुन्न र | ||
त्यसमा कपडा बुनेको हेर्न बिघ्नै रहर लागि रहेछ ।" | |||
"यो त ज्यादै असल कुरा हो | "यो त ज्यादै असल कुरा हो डाक्टर साहेब !" | ||
"हो हुन त, आफ्नो स्वदेशी मालमा प्रेम नभईकन कुनै जाति, देशको उन्नति हुन कसरी सम्भव होला ? त्यसैले त महात्मा गान्धीले सबभन्दा स्वदेशी वस्तुमा प्रेम गर्न जोड गरेका हुन् ।" | "हो हुन त, आफ्नो स्वदेशी मालमा प्रेम नभईकन कुनै जाति, देशको | ||
उन्नति हुन कसरी सम्भव होला ? त्यसैले त महात्मा गान्धीले सबभन्दा | |||
स्वदेशी वस्तुमा प्रेम गर्न जोड गरेका हुन् ।" | |||
" | "डाक्टर साहेबले ज्यादै ठिक भन्नु भयो ।" | ||
"म पनि | "अब म पनि यस्तै घरबुना कपडा लाउँने गर्छु । दौरा सुरुवाललाई हुने | ||
एक थान कपडा बुनि दिनोस् न मलाई पनि । चाहिएका सरजाम जुटाइ दिने | |||
छु ।" | |||
लतमाया खिस्स हाँसिन् । नानीथकुँ पनि मुसुक्क हाँसिन् । | |||
"किन, | "किन, तपाईंहरूले पत्त्याउनु भएन र ?" मुसुक्क हाँस्तै डाक्टर गोदत्त | ||
प्रसादले भने । | |||
" | "किन, नपत्याउनु नि, तपाईं जस्ता बडादमीले बोल्नु भएको कुरा पनि | ||
नपत्याउन सक्छौँ ?" | |||
"हुन्छ, हुन्छ, जरुर | "होइन, तपाईंहरू हाँस्नु भएकाले पो मैले भनेको हुँ ।" | ||
"हुन्छ, हुन्छ, जरुर बुनि दिउँला डाक्टर साहेब !" | |||
{{nop}} |
Latest revision as of 12:43, 22 June 2025
"किन आमा ?" अलि आश्चर्य भएर नानीथकुँले भनिन् ।
"मलाई भात पकाउन गार्हो भयो ।"
"तान चलाउन झन् गार्हो छ । आमालाई के भयो ?" मायालु भावमा नानीथकुँले भनिन् ।
"केही पनि भएको छैन । भात पकाउन अलि गार्हो लाग्यो ।"
यत्तिकैमा डाक्टर गोदत्त प्रसाद आइ पुगे । उनलाई अगि अगि झैँ लतमाया र नानीथकुँ आमाछोरी दुवैले स्वागत सत्कार गरे ।
"आज त सबेरै आउनु भयो ।" सत्कार गर्दागर्दै लतमायाले भनिन् ।
"आज बिदा छ ।" डाक्टरले भने ।
"ए !"
"आज अरू विशेष काम पनि केही नभएको र बिरामी हेर्न पनि कोही नभएकाले यहाँ आएको हुँ ।"
"यस्तै निगाह सधैँ राख्नु होला डाक्टर साहेब !"
"हेर्दै गरेर हो कि हिजोआज मलाई तान चलि रहेको आवाज सुन्न र त्यसमा कपडा बुनेको हेर्न बिघ्नै रहर लागि रहेछ ।"
"यो त ज्यादै असल कुरा हो डाक्टर साहेब !"
"हो हुन त, आफ्नो स्वदेशी मालमा प्रेम नभईकन कुनै जाति, देशको उन्नति हुन कसरी सम्भव होला ? त्यसैले त महात्मा गान्धीले सबभन्दा स्वदेशी वस्तुमा प्रेम गर्न जोड गरेका हुन् ।"
"डाक्टर साहेबले ज्यादै ठिक भन्नु भयो ।"
"अब म पनि यस्तै घरबुना कपडा लाउँने गर्छु । दौरा सुरुवाललाई हुने एक थान कपडा बुनि दिनोस् न मलाई पनि । चाहिएका सरजाम जुटाइ दिने छु ।"
लतमाया खिस्स हाँसिन् । नानीथकुँ पनि मुसुक्क हाँसिन् ।
"किन, तपाईंहरूले पत्त्याउनु भएन र ?" मुसुक्क हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।
"किन, नपत्याउनु नि, तपाईं जस्ता बडादमीले बोल्नु भएको कुरा पनि नपत्याउन सक्छौँ ?"
"होइन, तपाईंहरू हाँस्नु भएकाले पो मैले भनेको हुँ ।"
"हुन्छ, हुन्छ, जरुर बुनि दिउँला डाक्टर साहेब !"