Jump to content

Page:Ek chihan.pdf/52: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "एक्कासि लतमायाले नानीथकुंलाई भनिन्- "जाऊ नानीथकुं ! भात पकाउन, आज शिवनारानहरू अलि चाँडै आउँछन् ।" लतमायाको यो वाक्यले नानीथकुं र डाक्टर गोदत्तप्रसाद दुवैलाई ‘एक तीरले दुई सिकार’ भ..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
एक्कासि लतमायाले नानीथकुंलाई भनिन्- "जाऊ नानीथकुं ! भात पकाउन, आज शिवनारानहरू अलि चाँडै आउँछन् ।"
एक्कासि लतमायाले नानीथकुँलाई भनिन्– "जाऊ नानीथकुँ ! भात  
पकाउन, आज शिव नारानहरू अलि चाँडै आउँछन् ।"


लतमायाको यो वाक्यले नानीथकुं र डाक्टर गोदत्तप्रसाद दुवैलाई ‘एक तीरले दुई सिकार’ भएजस्तो भयो । दुवैलाई साह्रै नमज्जा लाग्यो । दुवैलाई ‘लौ मार्यो !’ भइहाल्यो
लतमायाको यो वाक्यले नानीथकुँ र डाक्टर गोदत्त प्रसाद दुवैलाई  
'एक तीरले दुई सिकार' भए जस्तो भयो । दुवैलाई सार्‍है नमज्जा लाग्यो ।  
दुवैलाई 'लौ मार्‍यो !' भइ हाल्यो यी सब हुँदाहुँदै पनि नानीथकुँले स्वाभाविक
भावमा भनिन्– "किन, आमा भात पकाउन नजाने ?"


यी सब हुँदाहुँदै पनि नानीथकुंले स्वाभाविक भावमा भनिन्- "किन, आमा भात पकाउन नजाने ?"
"भात पकाउने काम मलाई अलि गार्‍हो लाग्यो । म तान बुनि रहुँला,
यसैमा मलाई अलि सजिलो लाग्यो ।" लतमायाले पनि स्वाभाविक तबरले भनिन्


"भात पकाउन मलाई अलि गाह्रो लाग्यो । म तान बुनिरहन्छु, यही मलाई सजिलो लाग्यो ।" लतमायाले पनि स्वाभाविक तवरले भनिन् ।
"तान चलाउनुभन्दा त भात पकाउन सजिलो होला कि ?"  
नानीथकुँले भनिन् ।


"तान चलाउनुभन्दा भात पकाउन सजिलो होला कि ?" नानीथकुंले भनिन् ।
मौका सम्झेर डाक्टर गोदत्त प्रसादले पनि भनि हाले– "हुन त हो, तान  
चलाउनुभन्दा भात पकाउन नै सजिलो होला "


मौका सम्झेर डाक्टर गोदत्तप्रसादले पनि भनिहाले- "हुन त हो, तान चलाउनुभन्दा भात पकाउन नै सजिलो होला ।"
"डाक्टर साहेबले भन्नु भएको कुरा मनासिब छ, तर भात पकाउँदा
ज्यादै कपाल दुख्ने भएर आउँदो रहेछ ।" लतमायाले भनिन् ।


"डाक्टरसाहेबले भन्नुभएको कुरा मनासिब छ, तर भात पकाउँदा ज्यादै कपाल दुख्ने भएर आउँदो रहेछ ।" लतमायाले भनिन्
"परिश्रम र थकाइ त तान चलाउँदा जरुर लाग्छ आमै !" डाक्टर
गोदत्त प्रसादले भने


"परिश्रम र थकाइ त तान चलाउँदा जरुर लाग्छ आमै !" डाक्टर गोदत्तप्रसादले भने
"डाक्टर साहेबले हुँदैन भन्नु भएपछि जिद्दी नगर्नु होस् आमा ! जानोस्
तपाईं नै भात पकाउनु होस् । तानको काम म गरि रहुँला ।" नानीथकुँले भनिन्


"डाक्टरसाहेबले ‘हुँदैन’ भनेपछि जिद्दी नगर्नुहोस् आमा ! जानोस् तपाईं नै भात पकाउनुहोस् तानको काम म गरिरहुँला ।" नानीथकुंले भनिन् ।
"होइन, तिमी नै भात पकाउने काम गर, कपाल दुखेर मैले सहनै
सकिनँ तान चलाउँदा मलाई सुबिस्तै छ ।" लतमायाले भनिन् ।


"होइन, तिमी नै भात पकाउने काम गर, कपाल दुखेर मैले सहनै सकिनँ तान चलाउँदा मलाई सुबिस्तै छ ।" लतमायाले भनिन् ।
नानीथकुँलाई पर्‍यो फसाद, जिद्दी गर्न त हुँदै भएन, भन्डाफोर हुने पनि
डर; निहुँ थाप्ने पनि ठाउँ नै भएन । त्यसैले मनमनै दिक्क मानेर नानीथकुँ
चुपचाप भान्छामा जान तयार भइन् । आफ्नो आशा, अभिलाषा र उद्देश्यउपर
वज्रपात हुन लागेकाले डाक्टर गोदत्त प्रसादले फेरि एक चोटि आखिरी
बुद्धिचाल गोटी चाल्न लागे नानीथकुँ जान तम्सना साथ झट्ट उनले भनि
हाले– "तपाईंको दिलले आज भात पकाउन जाने उत्साह पाउन सकेन जस्तो
छ ।"


नानीथकुंलाई पर्यो फसाद, जिद्दी गर्न त हुँदै भएन, भन्डाफोर हुने पनि डर; निहुँ थाप्ने पनि ठाउँ नै भएन । त्यसैले मनमनै दिक्क मानेर नानीथकुं चुपचाप भान्छामा जान तयार भइन् । आफ्नो आशा, अभिलाषा र उद्देश्यउपर वज्रपात हुन लागेकाले डाक्टर गोदत्तप्रसादले फेरि एक चोटि आखिरी बुद्धिचाल गोटी चाल्न लागे ।
डाक्टर गोदत्त प्रसादको कुरा टुङ्गिन नपाउँदै लतमायाले भनिन्–
 
"केही भएको छैन, भात पकाउन जाओस्, मलाई वास्तवमा तान चलाउनमै  
नानीथकुं जान तम्सनासाथ झट्ट उनले भनिहाले- "तपाईंको दिलले आज भात पकाउन जाने उत्साह पाउन सकेन जस्तो छ ।"
सुबिस्ता छ ।"
 
{{nop}}
डाक्टर गोदत्तप्रसादको कुरा टुङ्गिन नपाउँदै लतमायाले भनिन्- "केही भएको छैन, भात पकाउन जाओस्, मलाई वास्तवमा तान चलाउनमै सुबिस्ता छ ।"

Latest revision as of 12:49, 22 June 2025

This page has been proofread

एक्कासि लतमायाले नानीथकुँलाई भनिन्– "जाऊ नानीथकुँ ! भात पकाउन, आज शिव नारानहरू अलि चाँडै आउँछन् ।"

लतमायाको यो वाक्यले नानीथकुँ र डाक्टर गोदत्त प्रसाद दुवैलाई 'एक तीरले दुई सिकार' भए जस्तो भयो । दुवैलाई सार्‍है नमज्जा लाग्यो । दुवैलाई 'लौ मार्‍यो !' भइ हाल्यो । यी सब हुँदाहुँदै पनि नानीथकुँले स्वाभाविक भावमा भनिन्– "किन, आमा भात पकाउन नजाने ?"

"भात पकाउने काम मलाई अलि गार्‍हो लाग्यो । म तान बुनि रहुँला, यसैमा मलाई अलि सजिलो लाग्यो ।" लतमायाले पनि स्वाभाविक तबरले भनिन् ।

"तान चलाउनुभन्दा त भात पकाउन सजिलो होला कि ?" नानीथकुँले भनिन् ।

मौका सम्झेर डाक्टर गोदत्त प्रसादले पनि भनि हाले– "हुन त हो, तान चलाउनुभन्दा भात पकाउन नै सजिलो होला ।"

"डाक्टर साहेबले भन्नु भएको कुरा मनासिब छ, तर भात पकाउँदा ज्यादै कपाल दुख्ने भएर आउँदो रहेछ ।" लतमायाले भनिन् ।

"परिश्रम र थकाइ त तान चलाउँदा जरुर लाग्छ आमै !" डाक्टर गोदत्त प्रसादले भने ।

"डाक्टर साहेबले हुँदैन भन्नु भएपछि जिद्दी नगर्नु होस् आमा ! जानोस् तपाईं नै भात पकाउनु होस् । तानको काम म गरि रहुँला ।" नानीथकुँले भनिन् ।

"होइन, तिमी नै भात पकाउने काम गर, कपाल दुखेर मैले सहनै सकिनँ । तान चलाउँदा मलाई सुबिस्तै छ ।" लतमायाले भनिन् ।

नानीथकुँलाई पर्‍यो फसाद, जिद्दी गर्न त हुँदै भएन, भन्डाफोर हुने पनि डर; निहुँ थाप्ने पनि ठाउँ नै भएन । त्यसैले मनमनै दिक्क मानेर नानीथकुँ चुपचाप भान्छामा जान तयार भइन् । आफ्नो आशा, अभिलाषा र उद्देश्यउपर वज्रपात हुन लागेकाले डाक्टर गोदत्त प्रसादले फेरि एक चोटि आखिरी बुद्धिचाल गोटी चाल्न लागे । नानीथकुँ जान तम्सना साथ झट्ट उनले भनि हाले– "तपाईंको दिलले आज भात पकाउन जाने उत्साह पाउन सकेन जस्तो छ ।"

डाक्टर गोदत्त प्रसादको कुरा टुङ्गिन नपाउँदै लतमायाले भनिन्– "केही भएको छैन, भात पकाउन जाओस्, मलाई वास्तवमा तान चलाउनमै सुबिस्ता छ ।"