Jump to content

Page:Ek chihan.pdf/54: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सत्र त्यस दिन शिवनारान जहान र केटाकेटी सबैलाई खेतमा छाडी अलि सबेरै घर फर्के । डाक्टर गोदत्तप्रसादलाई भेट्टाइहाल्नुपर्छ भन्ने मनसाय गरी शिवनारान हत्तरपत्त फर्किरहेका थिए । नानी..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सत्र
{{Right|{{larger|'''सत्र'''}}}}
त्यस दिन शिवनारान जहान र केटाकेटी सबैलाई खेतमा छाडी अलि सबेरै घर फर्के । डाक्टर गोदत्तप्रसादलाई भेट्टाइहाल्नुपर्छ भन्ने मनसाय गरी शिवनारान हत्तरपत्त फर्किरहेका थिए । नानीथकुंले भात पकाउन नगई लतमायाले नै साबिक भात पकाएको भए डाक्टर गोदत्तप्रसाद घरमा भेटिने पनि थिए ।


तर शिवनारानले डाक्टर गोदत्तप्रसादलाई आफ्नै घरमुनि भेट्टाए । डाक्टर गोदत्तप्रसादलाई हेर्न छिमेकी घरका आइमाईहरू पनि ज्यालख्यालमा झुम्मिरहेका थिए । यो दृश्य पनि शिवनारानले आउँदाआउँदै देखे । यो देखेर उनलाई झन् झौंक चल्यो
त्यस दिन शिव नारान जहान र केटाकेटी सबैलाई खेतमा छाडी अलि
सबेरै घर फर्के । डाक्टर गोदत्त प्रसादलाई भेट्टाइ हाल्नु पर्छ भन्ने मनसाय
गरी शिव नारान हत्तरपत्त फर्कि रहेका थिए नानीथकुँले भात पकाउन नगई
लतमायाले नै साबिक झैँ भात पकाएको भए डाक्टर गोदत्त प्रसाद घरमा
भेटिने पनि थिए ।


शिवनारानले डाक्टर गोदत्तप्रसादलाई वास्तै गरेनन् बरु डाक्टर गोदत्तप्रसाद नै अडेर शिवनारानसँग बोले- "आज त सबेरै आउनुभयो !"
तर शिव नारानले डाक्टर गोदत्त प्रसादलाई आफ्नै घरमुनि भेट्टाए ।  
डाक्टर गोदत्त प्रसादलाई हेर्न छिमेकी घरका आइमाईहरू पनि झ्याल
झ्यालमा झुम्मि रहेका थिए । यो दृश्य पनि शिव नारानले आउँदाआउँदै देखे ।
यो देखेर उनलाई झन् झौँक चल्यो ।


शिवनारानलाई यो झन् मन परेन तर रिसाउन पनि शिवनारानले ठीक देखेनन् एकछिन के गरूँ, कसो गरुँ गरेर शिवनारान बोले- "अँ ।"
शिव नारानले डाक्टर गोदत्त प्रसादलाई वास्तै गरेनन् बरु डाक्टर
गोदत्त प्रसाद नै अडेर शिव नारानसँग बोले– "आज त सबेरै आउनु भयो !"


"धेरै दिन भयो तपाईंसित कुराकानी गर्न नपाएको, आज सबेरै फर्कनुभएको मौकामा एकछिन कुराकानी गरिहालूँ" भन्दै डाक्टर गोदत्तप्रसाद शिवनारानसाथ फेरि माथि आउन खोजे
शिव नारानलाई यो झन् मन परेन तर रिसाउन पनि शिव नारानले
ठिक देखेनन् । एकछिन के गरूँ, कसो गरुँ गरेर शिव नारान बोले– "अँ "


शिवनारानलाई पर्यो फसाद । उनी भित्रभित्रै रिसले चुर भए तर केही भन्नु पनि असभ्यता हुने भयो । के गरूँ, के गरूँ, के भनँ, के भनूँ गर्दैमा झटपट शिवनारानले भने- "भैगो, फर्किसक्नुभएको मानिसले किन फेरि दुःख गर्ने !"
"धेरै दिन भयो तपाईंसित कुराकानी गर्न नपाएको, आज सबेरै फर्कनु
भएको मौकामा एक छिन कुराकानी गरिहालूँ" भन्दै डाक्टर गोदत्त प्रसाद
शिव नारानसाथ फेरि माथि आउन खोजे ।


"केही दुःख छैन मलाई, तपाईंजस्तासित कुराकानी गर्नु पनि केको दुःख ! बरु सुखको कुरा हो । यस्तै सौभाग्य जीवनले पाइरहोस् न ।" मन्द मुस्काउँदै डाक्टर गोदत्तप्रसादले भने ।
शिव नारानलाई पर्‍यो फसाद । उनी भित्रभित्रै रिसले चुर भए तर केही
भन्नु पनि असभ्यता प्रकट हुने जाने भयो । के गरूँ, के गरूँ, के भनूँ, के भनूँ
गर्दैमा झटपट शिव नारानले भने– "भैगो, फर्कि सक्नु भएको मानिसले किन
फेरि दुःख गर्ने !"


शिवनारानले केही पनि भन्न सकेनन् । डाक्टर गोदत्तप्रसाद पनि शिवनारानसँगसँगै फेरि माथि उक्लन थाले ।
"केही दुःख छैन मलाई, तपाईं जस्तासित भेटघाट गरी कुराकानी
गर्नु पनि केको दुःख ! बरु सुखको कुरा हो । यस्तै मात्र सौभाग्य जीवनले
पाइ रहोस् न ।" मन्द मन्द मुस्काउँदै डाक्टर गोदत्त प्रसादले भने ।
 
शिव नारानले केही पनि भन्न सकेनन् । डाक्टर गोदत्त प्रसाद पनि  
शिव नारान सँगसँगै फेरि माथि उक्लन थाले ।
{{nop}}

Latest revision as of 12:59, 22 June 2025

This page has been proofread

सत्र

त्यस दिन शिव नारान जहान र केटाकेटी सबैलाई खेतमा छाडी अलि सबेरै घर फर्के । डाक्टर गोदत्त प्रसादलाई भेट्टाइ हाल्नु पर्छ भन्ने मनसाय गरी शिव नारान हत्तरपत्त फर्कि रहेका थिए । नानीथकुँले भात पकाउन नगई लतमायाले नै साबिक झैँ भात पकाएको भए डाक्टर गोदत्त प्रसाद घरमा भेटिने पनि थिए ।

तर शिव नारानले डाक्टर गोदत्त प्रसादलाई आफ्नै घरमुनि भेट्टाए । डाक्टर गोदत्त प्रसादलाई हेर्न छिमेकी घरका आइमाईहरू पनि झ्याल झ्यालमा झुम्मि रहेका थिए । यो दृश्य पनि शिव नारानले आउँदाआउँदै देखे । यो देखेर उनलाई झन् झौँक चल्यो ।

शिव नारानले डाक्टर गोदत्त प्रसादलाई वास्तै गरेनन् । बरु डाक्टर गोदत्त प्रसाद नै अडेर शिव नारानसँग बोले– "आज त सबेरै आउनु भयो !"

शिव नारानलाई यो झन् मन परेन तर रिसाउन पनि शिव नारानले ठिक देखेनन् । एकछिन के गरूँ, कसो गरुँ गरेर शिव नारान बोले– "अँ ।"

"धेरै दिन भयो तपाईंसित कुराकानी गर्न नपाएको, आज सबेरै फर्कनु भएको मौकामा एक छिन कुराकानी गरिहालूँ" भन्दै डाक्टर गोदत्त प्रसाद शिव नारानसाथ फेरि माथि आउन खोजे ।

शिव नारानलाई पर्‍यो फसाद । उनी भित्रभित्रै रिसले चुर भए तर केही भन्नु पनि असभ्यता प्रकट हुने जाने भयो । के गरूँ, के गरूँ, के भनूँ, के भनूँ गर्दैमा झटपट शिव नारानले भने– "भैगो, फर्कि सक्नु भएको मानिसले किन फेरि दुःख गर्ने !"

"केही दुःख छैन मलाई, तपाईं जस्तासित भेटघाट गरी कुराकानी गर्नु पनि केको दुःख ! बरु सुखको कुरा हो । यस्तै मात्र सौभाग्य जीवनले पाइ रहोस् न ।" मन्द मन्द मुस्काउँदै डाक्टर गोदत्त प्रसादले भने ।

शिव नारानले केही पनि भन्न सकेनन् । डाक्टर गोदत्त प्रसाद पनि शिव नारान सँगसँगै फेरि माथि उक्लन थाले ।