Jump to content

Page:Ek chihan.pdf/55: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "शिवनारान सबेरै फर्केको देखेर लतमाया अलि आश्चर्यित भइन् । झन् फर्किसकेको डाक्टर गोदत्तप्रसादलाई पनि देख्ता लतमाया जिल्ल परिन् । दुईदुई जना मानिस माथि उक्लेको आवाज सुनेर भात पकाइ..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
शिवनारान सबेरै फर्केको देखेर लतमाया अलि आश्चर्यित भइन् । झन् फर्किसकेको डाक्टर गोदत्तप्रसादलाई पनि देख्ता लतमाया जिल्ल परिन् । दुईदुई जना मानिस माथि उक्लेको आवाज सुनेर भात पकाइरहेकी नानीथकुं पनि जिल्ल परेर तल ओर्लिन् ।
शिवनारान सबेरै फर्केको देखेर लतमाया अलि आश्चर्यित भइन् । झन्  
फर्कि सकेको डाक्टर गोदत्त प्रसादलाई पनि देख्ता लतमाया जिल्ल परिन् । दुई
दुई जना मानिस माथि उक्लेको आवाज सुनेर भात पकाइ रहेकी नानीथकुँ
पनि जिल्ल परेर तल ओर्लिन् ।


डाक्टर गोदत्तप्रसादलाई देखेर त नानीथकुं मनमनै हाँसिन्, तर शिवनारान पनि साथै देख्ता नानीथकुंलाई अलि कस्तोकस्तो लाग्यो ।
डाक्टर गोदत्त प्रसादलाई देखेर त नानीथकुँ मनमनै हाँसिन्, तर शिव
नारान पनि साथै देख्ता नानीथकुँलाई अलि कस्तो कस्तो लाग्यो ।


शिवनारान सरासर तानकोठामै गए । लतमाया तान चलाइरहेकी थिइन् । एकछिन त्यसै उभिएर शिवनारान त्यहाँबाट सरासर आफ्नै कोठामा गए । डाक्टर गोदत्तप्रसाद तानकोठामा बसिरहे तर शिवनारान त्यहाँ आएनन् । धेरै बेर बस्ता पनि शिवनारान नआएपछि डाक्टर गोदत्तप्रसादलाई गजब लाग्यो ।
शिव नारान सरासर तान कोठामै गए । लतमाया तान चलाइ नै रहेकी
थिइन् । एक छिन त्यसै वाल्ल उभिएर शिव नारान त्यहाँबाट सरासर आफ्नो
कोठामा गए । डाक्टर गोदत्त प्रसाद त्यही तान कोठामा बसि रहे तर शिव
नारान त्यहाँ आएनन् । धेरै बेर बस्ता पनि शिव नारान आएनन्, डाक्टर  
गोदत्त प्रसादलाई गजब लाग्यो ।


अब धेरै बसिरहनु ठीक नदेखेर डाक्टर गोदत्तप्रसाद जान खोजे तर उनी जानुभन्दा अगाडि एक चोटि शिवनारानलाई भेट्न पुगे । सहानुभूति प्रकट गर्दै डाक्टरले भने- "तपाईंलाई आज सन्चो भएन कि कसो ?"
अब धेरै बसि रहनु ठिक नदेखेर डाक्टर गोदत्त प्रसाद जान खोजे तर  
उनी जानुभन्दा अगाडि एकचोटि शिव नारानलाई भेट्न पुगे । सहानुभूति  
प्रकट गर्दै डाक्टरले भने– "तपाईंलाई आज सन्चो भएन कि कसो ?"


"केही पनि भएको छैन ।" बडो गाह्रो मानीकन शिवनारानले बोले ।
"केही पनि भएको छैन ।" बडो गार्‍हो मानीकन शिव नारानले बोले ।


"किन त चेहरा अलि मलिन छ नि ?"
"किन त चेहरा अलि मलिन छ नि ?"


खालि मुख बिगारेर शिवनारान एक शब्द पनि बोलेनन् ।
खालि मुख बिगारेर शिव नारान एक शब्द पनि बोलेनन् ।


"शरीरमा केही असजिलो जस्तो भए भन्नुहोस्, म तुरुन्तै ठीक गरिदिउँला ।" डाक्टर गोदत्तप्रसादले बडो मायालु भावमा भने ।
"शरीरमा केही असजिलो जस्तो भए भन्नु होस्, म तुरुन्तै ठिक गरि
दिउँला ।" डाक्टर गोदत्त प्रसादले बडो मायालु भावमा भने ।


"केही भएको छैन, तपाईं जानुहोस् ।" शिवनारानले भने ।
"केही भएको छैन, तपाईं जानु होस् ।" शिव नारानले भने ।


"कपाल दुख्यो कि ?"
"कपाल दुख्यो कि ?"


"केही भएको छैन, तपाईंले दुःख गर्नुपर्ने कुरा केही छैन । तपाईं जानुभए पनि हुन्छ ।" अलि उपेक्षाको भावमा शिवनारानले भने ।
"केही भएको छैन, तपाईंले दुःख गर्नु पर्ने कुरा केही छैन । तपाईं जानु
भए पनि हुन्छ ।" अलि उपेक्षाको भावमा शिव नारानले भने ।


शिवनारानको बोलाइको ढङ्गमा केही परिवर्तन भएको पनि डाक्टरलाई ज्ञान भयो । अनि चुप लागी वाल्ल परेर डाक्टर गोदत्तप्रसाद त्यहाँबाट रमाना भए ।
शिव नारानको बोलाइको ढङ्गमा केही परिवर्तन भएको पनि डाक्टरलाई  
ज्ञान भयो । अनि चुप लागी वाल्ल परेर डाक्टर गोदत्त प्रसाद त्यहाँबाट  
रमाना भए ।


डाक्टर गोदत्तप्रसादलाई देखेर शिवनारानलाई यति रिस बढिसकेको थियो कि न्वारानदेखिको बल झिक्ता पनि उनले थाम्न सकेनन् । यही रिसको आवेशमा शिवनारानले भात खाँदाखाँदै लतमायासित सोधे- "होइन, डाक्टर
डाक्टर गोदत्त प्रसादलाई देखेर शिव नारानलाई यति रिस बढि सकेको
थियो कि न्वारानदेखिको बल झिक्ता पनि उनले थाम्न सकेनन् । यही रिसको  
आवेशमा शिव नारानले भात खाँदाखाँदै लतमायासित सोधे- "होइन, डाक्टर

Latest revision as of 13:05, 22 June 2025

This page has been proofread

शिवनारान सबेरै फर्केको देखेर लतमाया अलि आश्चर्यित भइन् । झन् फर्कि सकेको डाक्टर गोदत्त प्रसादलाई पनि देख्ता लतमाया जिल्ल परिन् । दुई दुई जना मानिस माथि उक्लेको आवाज सुनेर भात पकाइ रहेकी नानीथकुँ पनि जिल्ल परेर तल ओर्लिन् ।

डाक्टर गोदत्त प्रसादलाई देखेर त नानीथकुँ मनमनै हाँसिन्, तर शिव नारान पनि साथै देख्ता नानीथकुँलाई अलि कस्तो कस्तो लाग्यो ।

शिव नारान सरासर तान कोठामै गए । लतमाया तान चलाइ नै रहेकी थिइन् । एक छिन त्यसै वाल्ल उभिएर शिव नारान त्यहाँबाट सरासर आफ्नो कोठामा गए । डाक्टर गोदत्त प्रसाद त्यही तान कोठामा बसि रहे तर शिव नारान त्यहाँ आएनन् । धेरै बेर बस्ता पनि शिव नारान आएनन्, डाक्टर गोदत्त प्रसादलाई गजब लाग्यो ।

अब धेरै बसि रहनु ठिक नदेखेर डाक्टर गोदत्त प्रसाद जान खोजे तर उनी जानुभन्दा अगाडि एकचोटि शिव नारानलाई भेट्न पुगे । सहानुभूति प्रकट गर्दै डाक्टरले भने– "तपाईंलाई आज सन्चो भएन कि कसो ?"

"केही पनि भएको छैन ।" बडो गार्‍हो मानीकन शिव नारानले बोले ।

"किन त चेहरा अलि मलिन छ नि ?"

खालि मुख बिगारेर शिव नारान एक शब्द पनि बोलेनन् ।

"शरीरमा केही असजिलो जस्तो भए भन्नु होस्, म तुरुन्तै ठिक गरि दिउँला ।" डाक्टर गोदत्त प्रसादले बडो मायालु भावमा भने ।

"केही भएको छैन, तपाईं जानु होस् ।" शिव नारानले भने ।

"कपाल दुख्यो कि ?"

"केही भएको छैन, तपाईंले दुःख गर्नु पर्ने कुरा केही छैन । तपाईं जानु भए पनि हुन्छ ।" अलि उपेक्षाको भावमा शिव नारानले भने ।

शिव नारानको बोलाइको ढङ्गमा केही परिवर्तन भएको पनि डाक्टरलाई ज्ञान भयो । अनि चुप लागी वाल्ल परेर डाक्टर गोदत्त प्रसाद त्यहाँबाट रमाना भए ।

डाक्टर गोदत्त प्रसादलाई देखेर शिव नारानलाई यति रिस बढि सकेको थियो कि न्वारानदेखिको बल झिक्ता पनि उनले थाम्न सकेनन् । यही रिसको आवेशमा शिव नारानले भात खाँदाखाँदै लतमायासित सोधे- "होइन, डाक्टर