Page:Ek chihan.pdf/40: Difference between revisions
→Not proofread: Created page with "तेह्र शिवनारान आफैँले तमाखु भरेर मस्तसित खाइरहेका थिए । उनलाई आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क ल..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{Left|{{larger|'''तेर्ह'''}}}} | |||
शिव नारान आफैँले तमाखु भरेर मस्तसित खाइ रहेका थिए । उनलाई | |||
आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को | |||
चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क लागि सकेको थियो । | |||
ठट्टाको भावमा उनी बोलिन्– "छिः कति मात्र तमाखु खाइ रहन सकेको ! | |||
मिठो चिज भए पनि एउटा कुरा !" | |||
"तिमीलाई मिठो नलागे के त, मलाई मिठो लागेको छ । तिमी सुत न | |||
मजासित कुम्भकर्णै बनेर !" शिवनारानले पनि ठट्टाकै भावमा भने । | |||
भर्न आँटेको तमाखु नभरीकन शिव नारानले भने- "लौ, लौ आजलाई | |||
सन्तोष गरेँ, अर्काले तमाखु खाई आनन्द लिएको कति सहन नसकेकी ।" | |||
हाकुमायाले | जिस्क्याएको भावमा हाकुमायाले भनिन्– "खाइ रहनु होस् न रातभरि | ||
नै, मैले किन कपाल दुखाइ रहनु परेको छ !" | |||
हाकुमायाले दिएको ठट्यौलो जबाफबाट शिव नारान नाजबाफ भए । | |||
तर आफ्नो नाजबाफीलाई उनले हाकुमायाको हाजिर जबाफलाई बधाई | |||
दिएको भावमा हाँसेर छोप्न खोजे । | |||
" | सुत्नलाई पल्टँदापल्टँदै हाकुमायाले वास्तविक घटनाको भावमा भनिन्- | ||
"होइन, बहिनीको बिहे गर्न किन हतारो नमान्नु भएको ?" | |||
"हो, उड्नलाई पखेटा | "हतारै के छ त ? पैसा पनि त हुनु पर्छ बिहे गर्नलाई !" साधारण | ||
भावमा शिव नारानले भने । | |||
"हो, उड्नलाई पखेटा नचलाइ रहे त ।" | |||
{{nop}} |
Latest revision as of 11:54, 22 June 2025
शिव नारान आफैँले तमाखु भरेर मस्तसित खाइ रहेका थिए । उनलाई आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क लागि सकेको थियो । ठट्टाको भावमा उनी बोलिन्– "छिः कति मात्र तमाखु खाइ रहन सकेको ! मिठो चिज भए पनि एउटा कुरा !"
"तिमीलाई मिठो नलागे के त, मलाई मिठो लागेको छ । तिमी सुत न मजासित कुम्भकर्णै बनेर !" शिवनारानले पनि ठट्टाकै भावमा भने ।
भर्न आँटेको तमाखु नभरीकन शिव नारानले भने- "लौ, लौ आजलाई सन्तोष गरेँ, अर्काले तमाखु खाई आनन्द लिएको कति सहन नसकेकी ।"
जिस्क्याएको भावमा हाकुमायाले भनिन्– "खाइ रहनु होस् न रातभरि नै, मैले किन कपाल दुखाइ रहनु परेको छ !"
हाकुमायाले दिएको ठट्यौलो जबाफबाट शिव नारान नाजबाफ भए । तर आफ्नो नाजबाफीलाई उनले हाकुमायाको हाजिर जबाफलाई बधाई दिएको भावमा हाँसेर छोप्न खोजे ।
सुत्नलाई पल्टँदापल्टँदै हाकुमायाले वास्तविक घटनाको भावमा भनिन्- "होइन, बहिनीको बिहे गर्न किन हतारो नमान्नु भएको ?"
"हतारै के छ त ? पैसा पनि त हुनु पर्छ बिहे गर्नलाई !" साधारण भावमा शिव नारानले भने ।
"हो, उड्नलाई पखेटा नचलाइ रहे त ।"