Jump to content

Page:Ek chihan.pdf/50: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सबै यस्तै धेरै बेर अनेक कुरा सोचिसकेपछि नानीथकुंले आफ्नो चारैतिर हेरिन् । तैपनि केही नपाएर उनले आफूमा यताउति कतै नहेरीकन एकोहोरिएर आकाश चुम्बन गर्न हडबडाउँदै दौडिरहेको यौवन पाइ..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सबै यस्तै धेरै बेर अनेक कुरा सोचिसकेपछि नानीथकुंले आफ्नो चारैतिर हेरिन् । तैपनि केही नपाएर उनले आफूमा यताउति कतै नहेरीकन एकोहोरिएर आकाश चुम्बन गर्न हडबडाउँदै दौडिरहेको यौवन पाइन्; आफ्नो आङमा एकएक भागमा अटेसमटेस भई पुस्टिएर फुट्न खोजेको जवानी पाइन्; एकान्तमा हाँस्तै नाच्न बोलाइरहेको तिखो तारुण्य पाइन् र दुःख भुलेर सुखको बढ्ता अनुभव गराई जीवनमा पूर्णत्व प्रदान गराउने आत्मसात् साथी प्राप्त गर्ने उत्सुकता पाइन् । उनलाई शङ्का भयो कि उनकी आमाले सायद उनको यही यौवनसम्बन्धी कुरा गर्न लागेकी त होइनन् ? अनि उनी सुन्न जान तम्सिन् ।
यस्तै धेरै बेर अनेक कुरा सोचि सकेपछि नानीथकुँले आफ्नो चारैतिर  
हेरिन् । तैपनि केही नपाएर उनले आफूमा यताउति कतै नहेरीकन एकोहोरिएर  
आकाश चुम्बन गर्न हडबडाउँदै दौडि रहेको यौवन पाइन्; आफ्नो आङमा  
एक एक भागमा अटेसमटेस भई पुस्टिएर फुट्न खोजेको जवानी पाइन्;  
एकान्तमा हाँस्तै नाच्न बोलाइ रहेको तिखो तारुण्य पाइन् र दुःख भुलेर  
सुखको बढ्ता अनुभव गराई जीवनमा पूर्णत्व प्रदान गराउने आत्मसात् साथी  
प्राप्त गर्ने उत्सुकता पाइन् । उनलाई शङ्का भयो कि उनकी आमाले सायद  
उनको यही यौवन सम्बन्धी कुरा गर्न लागेकी त होइनन् ? अनि उनी सुन्न  
जान तम्सिन् ।


अगाडिका अलिकतिबाहेक नानीथकुंले जम्मै कुरा सुनिसकेकी थिइन् । यो कुरा लतमाया र रामबहादुर दुवै जनालाई पत्तो भएन । त्यो कुरा रामबहादुरले पत्तो पाएका भए अझै उनले कुरामा फूल जड्ने थिए । हुन त नानीथकुंलाई यो कुरा मन परेको थिएन; किनभने उनको जवानीले डाक्टर गोदत्तप्रसादलाई अँगालिसकेको थियो, तैपनि उनको मनमा जवानीको उम्लाइ पोखिइरहेको हुनाले नानीथकुंलाई त्यो कुरा नमिठो लाग्न पनि सकेन । कान ठाडाठाडा पार्दै खुब चाख लिएर नानीथकुं एकएक कुरा सुनेर जवानीको आँच तापिरहेकी थिइन् ।
अगाडिका अलिकति बाहेक नानीथकुँले जम्मै कुरा सुनि सकेकी
थिइन् । यो कुरा लतमाया र राम बहादुर दुवै जनालाई पत्तो भएन । त्यो कुरा  
राम बहादुरले पत्तो पाएका भए अझै उनले कुरामा फुल जड्ने थिए । हुन त  
नानीथकुँलाई यो कुरा मन परेको थिएन; किनभने उनको जवानीले डाक्टर  
गोदत्त प्रसादलाई अँगालि सकेको थियो, तैपनि उनको मनमा जवानीको  
उम्लाइ पोखिइ रहेको हुनाले नानीथकुँलाई त्यो कुरा नमिठो लाग्न पनि  
सकेन । कान ठाडा ठाडा पार्दै खुब चाख लिएर नानीथकुँ एक एक कुरा सुनेर  
जवानीको आँच तापि रहेकी थिइन् ।


त्यसैले कुराकानी सिद्ध्याएर रामबहादुर गइसकेर आफ्नी आमा आफूतिर आइरहेको पनि उनलाई पत्तो भएन । लुकेर कुरा सुनिरहेका ठाउँमा आमा आइपुगेपछि मात्र झसङ भएर नानीथकुं तानकोठातिर लागिन् ।
त्यसैले कुराकानी सिद्ध्याएर राम बहादुर गइ सकेर आफ्नी आमा  
आफूतिर आइ रहेको पनि उनलाई पत्तो भएन । लुकेर कुरा सुनि रहेका
ठाउँमा आमा आइ पुगेपछि मात्र झसङ्ङ भएर नानीथकुँ तान कोठातिर लागिन् ।


हाँस्तै गएर लतमायाले ठट्टाको भावमा भनिन्- "कत्ति नलजाईकन आफ्नो बिहेको कुरा सुन्न आउन सकेकी नि नकच्चरी । लौ, पाथीभात खाएर मनभरि सुत्न सक् अब ।"
हाँस्तै गएर लतमायाले ठट्टाको भावमा भनिन्– "कत्ति नलजाईकन  
आफ्नो बिहेको कुरा सुन्न आउन सकेकी नि नकच्चरी । लौ, पाथीभात खाएर  
मनभरि सुत्न सक् अब ।"


दबाउन कोसिस गर्दा पनि स्वभावतः आउन खोजेको हाँसो लुकाउन चेष्टा गर्दै नानीथकुंले लाजले मुन्टो निहुराइन् ।
दबाउन कोसिस गर्दा पनि स्वभावतः आउन खोजेको हाँसो लुकाउन  
चेष्टा गर्दै नानीथकुँले लाजले मुन्टो निहुराइन् ।


लतमायाले ठट्टाकै भावमा फेरि भनिन्- "कुरा जम्मै सुनिहालेकी छयौ, अब तिमी तल्सिङ भएर हामी तिम्रा मोही हुन लागेका छौं ।"
लतमायाले ठट्टाकै भावमा फेरि भनिन्– "कुरा जम्मै सुनि हालेकी
छ्यौ, अब तिमी तल्सिङ भएर हामी तिम्रा मोही हुन लागेका छौं ।"


"बिनसित्ति !" नानीथकुंले नखराउँदै भनिन् ।
"बिनसित्ति !" नानीथकुँले नखराउँदै भनिन् ।


यसपछि लतमायाले आफ्नी छोरीलाई भनिन्- "आजदेखि बेलुकीको भात तिमीले पकाउने गर, म तान चलाइरहुँला ।"
यसपछि लतमायाले आफ्नी छोरीलाई भनिन्– "आजदेखि बेलुकीको  
भात तिमीले पकाउने गर, म तान चलाइ रहुँला ।"
{{nop}}

Latest revision as of 12:38, 22 June 2025

This page has been proofread

यस्तै धेरै बेर अनेक कुरा सोचि सकेपछि नानीथकुँले आफ्नो चारैतिर हेरिन् । तैपनि केही नपाएर उनले आफूमा यताउति कतै नहेरीकन एकोहोरिएर आकाश चुम्बन गर्न हडबडाउँदै दौडि रहेको यौवन पाइन्; आफ्नो आङमा एक एक भागमा अटेसमटेस भई पुस्टिएर फुट्न खोजेको जवानी पाइन्; एकान्तमा हाँस्तै नाच्न बोलाइ रहेको तिखो तारुण्य पाइन् र दुःख भुलेर सुखको बढ्ता अनुभव गराई जीवनमा पूर्णत्व प्रदान गराउने आत्मसात् साथी प्राप्त गर्ने उत्सुकता पाइन् । उनलाई शङ्का भयो कि उनकी आमाले सायद उनको यही यौवन सम्बन्धी कुरा गर्न लागेकी त होइनन् ? अनि उनी सुन्न जान तम्सिन् ।

अगाडिका अलिकति बाहेक नानीथकुँले जम्मै कुरा सुनि सकेकी थिइन् । यो कुरा लतमाया र राम बहादुर दुवै जनालाई पत्तो भएन । त्यो कुरा राम बहादुरले पत्तो पाएका भए अझै उनले कुरामा फुल जड्ने थिए । हुन त नानीथकुँलाई यो कुरा मन परेको थिएन; किनभने उनको जवानीले डाक्टर गोदत्त प्रसादलाई अँगालि सकेको थियो, तैपनि उनको मनमा जवानीको उम्लाइ पोखिइ रहेको हुनाले नानीथकुँलाई त्यो कुरा नमिठो लाग्न पनि सकेन । कान ठाडा ठाडा पार्दै खुब चाख लिएर नानीथकुँ एक एक कुरा सुनेर जवानीको आँच तापि रहेकी थिइन् ।

त्यसैले कुराकानी सिद्ध्याएर राम बहादुर गइ सकेर आफ्नी आमा आफूतिर आइ रहेको पनि उनलाई पत्तो भएन । लुकेर कुरा सुनि रहेका ठाउँमा आमा आइ पुगेपछि मात्र झसङ्ङ भएर नानीथकुँ तान कोठातिर लागिन् ।

हाँस्तै गएर लतमायाले ठट्टाको भावमा भनिन्– "कत्ति नलजाईकन आफ्नो बिहेको कुरा सुन्न आउन सकेकी नि नकच्चरी । लौ, पाथीभात खाएर मनभरि सुत्न सक् अब ।"

दबाउन कोसिस गर्दा पनि स्वभावतः आउन खोजेको हाँसो लुकाउन चेष्टा गर्दै नानीथकुँले लाजले मुन्टो निहुराइन् ।

लतमायाले ठट्टाकै भावमा फेरि भनिन्– "कुरा जम्मै सुनि हालेकी छ्यौ, अब तिमी तल्सिङ भएर हामी तिम्रा मोही हुन लागेका छौं ।"

"बिनसित्ति !" नानीथकुँले नखराउँदै भनिन् ।

यसपछि लतमायाले आफ्नी छोरीलाई भनिन्– "आजदेखि बेलुकीको भात तिमीले पकाउने गर, म तान चलाइ रहुँला ।"