Page:Ritubichar.pdf/13: Difference between revisions
Appearance
No edit summary |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|६१}} | {{pcn|६१}} | ||
बडो विशाल गम्भीर नील आकाश | बडो विशाल गम्भीर नील आकाश झैँ वन । | ||
झल्कन्छन् फूलका गुच्छा | झल्कन्छन् फूलका गुच्छा तारका-तुल्य शोभन ॥ | ||
{{pcn|६२}} | {{pcn|६२}} | ||
वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर | वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर यो । | ||
बल विद्या गुमायेको | बल विद्या गुमायेको भारतै-तुल्य देखियो ॥ | ||
{{pcn|६३}} | {{pcn|६३}} | ||
लता-जञ्जालले ज्यादा जकडेका कुनै रुख । | |||
पापका बोझले ग्रस्त पापी | पापका बोझले ग्रस्त पापी झैँ छन् अधोमुख ॥ | ||
{{pcn|६४}} | {{pcn|६४}} | ||
लर्काई सुनगाभाको | लर्काई सुनगाभाको पुष्प-हार कुनै रुख । | ||
विलासी | विलासी झैँ डटेका छन् देखाई हँसिलो मुख ॥ | ||
{{pcn|६५}} | {{pcn|६५}} | ||
साना ऐसेलुका दाना टिपदा ती | साना ऐसेलुका दाना टिपदा ती टपाटप । | ||
ग्रामीण नारी सम्झन्छन् कानमा सुनका | ग्रामीण नारी सम्झन्छन् कानमा सुनका टप ॥ | ||
{{pcn|६६}} | {{pcn|६६}} | ||
निस्के नयाँ नयाँ | निस्के नयाँ नयाँ लाखौँ वृक्षमा मञ्जु मञ्जरी । | ||
रसिला प्रतिभाशाली कविका | रसिला प्रतिभाशाली कविका कविता-सरी ॥ | ||
{{pcn|६७}} | {{pcn|६७}} | ||
ऋषि | ऋषि झैँ गरदै शुद्ध मञ्जरीमय भोजन । | ||
रातैमा कोइली लाग्यो स्वर्गीय सुर | रातैमा कोइली लाग्यो स्वर्गीय सुर साधन ॥ | ||
{{pcn|६८}} | {{pcn|६८}} | ||
माधुर्य-सिन्धुको यौटा उर्लंदो लहरी-मय । | |||
त्यो दिव्य स्वरले गर्छ सारा हृदय | त्यो दिव्य स्वरले गर्छ सारा हृदय तन्मय ॥ | ||
{{pcn|६९}} | {{pcn|६९}} | ||
अदना त्यो चरीलाई त्यो स्वर्गीय | अदना त्यो चरीलाई त्यो स्वर्गीय 'सरीगम' । | ||
सघाउने विधाताको धन्य हो त्यो | सघाउने विधाताको धन्य हो त्यो परिश्रम ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:57, 24 May 2025
This page has been validated
६१
बडो विशाल गम्भीर नील आकाश झैँ वन ।
झल्कन्छन् फूलका गुच्छा तारका-तुल्य शोभन ॥
६२
वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर यो ।
बल विद्या गुमायेको भारतै-तुल्य देखियो ॥
६३
लता-जञ्जालले ज्यादा जकडेका कुनै रुख ।
पापका बोझले ग्रस्त पापी झैँ छन् अधोमुख ॥
६४
लर्काई सुनगाभाको पुष्प-हार कुनै रुख ।
विलासी झैँ डटेका छन् देखाई हँसिलो मुख ॥
६५
साना ऐसेलुका दाना टिपदा ती टपाटप ।
ग्रामीण नारी सम्झन्छन् कानमा सुनका टप ॥
६६
निस्के नयाँ नयाँ लाखौँ वृक्षमा मञ्जु मञ्जरी ।
रसिला प्रतिभाशाली कविका कविता-सरी ॥
६७
ऋषि झैँ गरदै शुद्ध मञ्जरीमय भोजन ।
रातैमा कोइली लाग्यो स्वर्गीय सुर साधन ॥
६८
माधुर्य-सिन्धुको यौटा उर्लंदो लहरी-मय ।
त्यो दिव्य स्वरले गर्छ सारा हृदय तन्मय ॥
६९
अदना त्यो चरीलाई त्यो स्वर्गीय 'सरीगम' ।
सघाउने विधाताको धन्य हो त्यो परिश्रम ॥