Jump to content

Page:Ek chihan.pdf/17: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै सिद्धान्तअनुसार बोलिरहेको छु, किसानको छोराका लागि यही सिद्धान्त छ बाबू !" अष्टनारानले अलि हाँस्न खोजेर भने । जबाफ दिएपछि..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै सिद्धान्तअनुसार बोलिरहेको छु, किसानको छोराका लागि यही सिद्धान्त छ बाबू !" अष्टनारानले अलि हाँस्न खोजेर भने ।
"डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै  
सिद्धान्त अनुसार बोलि रहेको छु, किसानको छोराका लागि यही सिद्धान्त छ  
बाबु !" अष्ट नारानले अलि हाँस्न खोजेर भने ।


जबाफ दिएपछि र बोलिरहेपछि अष्टनारानको झन् बोलिरहने बानी थाहा पाएर शिवनारानले केही पनि नबोलीकन चुपचापसँग बस्ने विचार गरे । एकछिनपछि शिवनारान त्यहाँबाट उठेर गए ।
जबाफ दिएपछि र बोलि रहेपछि अष्ट नारानको झन् बोलि रहने
बानी थाहा पाएर शिव नारानले केही पनि नबोलीकन चुपचापसँग बस्ने  
विचार गरे । एक छिनपछि शिव नारान त्यहाँबाट उठेर गए ।


शिवनारान गइसकेपछि अष्टनारानले माहिला छोरा पुननारानलाई भने- "तिमी पनि आफ्नो काममा जाऊ पुननारान ! घर बनाउने काम अब धेरै दिन छैन, बर्सात सुरु भएपछि घर बनाउनेहरू कमै हुन्छन् । जाऊ, मलाई कुरिरहनुपर्दैन । आफ्नो काममा डटिरह, यही तिम्रो परम कर्तव्य हो ।"
शिव नारान गइ सकेपछि अष्ट नारानले माहिला छोरा पुन नारानलाई
भने– "तिमी पनि आफ्नो काममा जाऊ पुन नारान ! घर बनाउने काम अब  
धेरै दिन छैन, बर्सात सुरु भएपछि घर बनाउनेहरू कमै हुन्छन् । जाऊ, मलाई  
कुरि रहनु पर्दैन । आफ्नो काममा डटि रहू, यही तिम्रो परम कर्तव्य हो ।"


"हातखुट्टा बलियो भएपछि काम भनेको सधैँ पाइन्छ बा ! तर छोराछोरीका निम्ति बाबु सधैँ पाइरहिन्न । बाको सेवा गर्न पाए त्यस्ता काम लाख आउँछन् ।" पुननारानले भने ।
"हात खुट्टा बलियो भएपछि काम भनेको सधैँ पाइन्छ बा ! तर  
छोराछोरीका निम्ति बाबु सधैँ पाइ रहिन्न । बाको सेवा गर्न पाएपछि त्यस्ता  
काम लाख आउँछन् ।" पुन नारानले भने ।


अलि हाँसेर अष्टनारानले भने- "लाटा ! सधैँ नपाइने हुनाले नै मैले भनेको, त्यस्ता कुरालाई कुरिरहेर सधैँ पाइने कुरा नगुमाऊ । के तिमीहरूले कुरिरहेर मलाई एक दिन मात्र पनि बढ्ता बचाउन सक्छौ ? कदापि सक्तैनौ । हाम्रो यही नचाहिँदो बढ्ता मायामोहले नै उन्नति हुन नसकेको ।"
अलि हाँसेर अष्ट नारानले भने– "लाटा ! सधैँ नपाइने हुनाले नै मैले  
भनेको, त्यस्ता कुरालाई कुरि रहेर सधैँ पाइने कुरा नगुमाऊ । के तिमीहरूले  
कुरि रहेर मलाई एक दिन मात्र पनि बढ्ता बचाउन सक्छौ ? कदापि  
सक्तैनौ । हामीहरूको यही नचाहिँदो बढ्ता मायामोहले नै उन्नति हुन  
नसकेको हो ।"


बाबुको यो प्रभावपूर्ण कुरा सुनेर पुननारान पनि केही बोल्न सकेनन्, उनी चुप लागिरहे अष्टनारान पनि एकछिन चुप लागे ।
बाबुको यो प्रभावपूर्ण कुरा सुनेर पुन नारान पनि केही बोल्न  
सकेनन्, उनी चुप लागि रहे अष्ट नारान पनि एक छिन चुप लागे ।


अष्टनारान फेरि बोले- "भैगो लौ, मलाई नकुरिनहुने भए एक जना बस । जम्मैका जम्मै कामकाजै छोडेर कुरिरहनाको केही मतलब छैन । लौ जाऊ, हर्षनारान पनि जाऊ, नानीथकुं पनि जाऊ, मलाई कुर्नै परे जाँगर कमी भइसकेकी यही बुढिया बसिरहोस् । सबै किन बस्नुपरेको छ ?"
अष्ट नारान फेरि बोले– "भैगो लौ, मलाई नकुरि नहुने भए एक  
जना भाइ कुर्न बसि रहू । जम्मैका जम्मै कामकाजै छोडेर कुरि रहनाको केही  
मतलब छैन । लौ जाऊ, हर्ष नारान पनि जाऊ, नानीथकुँ पनि जाऊ, मलाई  
कुर्नै परे जाँगर कमी भइ सकेकी एउटी बुढिया बसि रहोस् । सबै किन बस्नु
परेको छ ?"


यति बोलिसकेपछि अष्टनारानलाई थकाइ लागेर आएजस्तो पनि भयो । अनि लतमायातिर टुलुटुलु हेरी चुप लागे । अगाडि बसिरहेपछि फेरि अष्टनारानले बोल्न सुरु गर्लान् भन्ने ठानी बाबुको आज्ञा शिरोपर गरे गरी छोराछोरी सबै बाबु भएको ठाउँबाट गए । खालि लतमाया एक जना मात्र त्यहाँ बसिरहिन्
यति बोलि सकेपछि अष्ट नारानलाई थकाइ लागेर आए जस्तो पनि  
भयो । अनि लतमायातिर टुलुटुलु हेरी चुप लागे । अगाडि बसि रहेपछि फेरि  
अष्ट नारानले बोल्न सुरु गर्लान् भन्ने ठानी बाबुको आज्ञा शिरोपर गरे झैँ गरी  
छोराछोरी सबै बाबु भएको ठाउँबाट गए । खालि लतमाया एक जना मात्र  
त्यहाँ बसि रहिन्
{{nop}}

Latest revision as of 15:21, 21 June 2025

This page has been proofread

"डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै सिद्धान्त अनुसार बोलि रहेको छु, किसानको छोराका लागि यही सिद्धान्त छ बाबु !" अष्ट नारानले अलि हाँस्न खोजेर भने ।

जबाफ दिएपछि र बोलि रहेपछि अष्ट नारानको झन् बोलि रहने बानी थाहा पाएर शिव नारानले केही पनि नबोलीकन चुपचापसँग बस्ने विचार गरे । एक छिनपछि शिव नारान त्यहाँबाट उठेर गए ।

शिव नारान गइ सकेपछि अष्ट नारानले माहिला छोरा पुन नारानलाई भने– "तिमी पनि आफ्नो काममा जाऊ पुन नारान ! घर बनाउने काम अब धेरै दिन छैन, बर्सात सुरु भएपछि घर बनाउनेहरू कमै हुन्छन् । जाऊ, मलाई कुरि रहनु पर्दैन । आफ्नो काममा डटि रहू, यही तिम्रो परम कर्तव्य हो ।"

"हात खुट्टा बलियो भएपछि काम भनेको सधैँ पाइन्छ बा ! तर छोराछोरीका निम्ति बाबु सधैँ पाइ रहिन्न । बाको सेवा गर्न पाएपछि त्यस्ता काम लाख आउँछन् ।" पुन नारानले भने ।

अलि हाँसेर अष्ट नारानले भने– "लाटा ! सधैँ नपाइने हुनाले नै मैले भनेको, त्यस्ता कुरालाई कुरि रहेर सधैँ पाइने कुरा नगुमाऊ । के तिमीहरूले कुरि रहेर मलाई एक दिन मात्र पनि बढ्ता बचाउन सक्छौ ? कदापि सक्तैनौ । हामीहरूको यही नचाहिँदो बढ्ता मायामोहले नै उन्नति हुन नसकेको हो ।"

बाबुको यो प्रभावपूर्ण कुरा सुनेर पुन नारान पनि केही बोल्न सकेनन्, उनी चुप लागि रहे । अष्ट नारान पनि एक छिन चुप लागे ।

अष्ट नारान फेरि बोले– "भैगो लौ, मलाई नकुरि नहुने भए एक जना भाइ कुर्न बसि रहू । जम्मैका जम्मै कामकाजै छोडेर कुरि रहनाको केही मतलब छैन । लौ जाऊ, हर्ष नारान पनि जाऊ, नानीथकुँ पनि जाऊ, मलाई कुर्नै परे जाँगर कमी भइ सकेकी एउटी बुढिया बसि रहोस् । सबै किन बस्नु परेको छ ?"

यति बोलि सकेपछि अष्ट नारानलाई थकाइ लागेर आए जस्तो पनि भयो । अनि लतमायातिर टुलुटुलु हेरी चुप लागे । अगाडि बसि रहेपछि फेरि अष्ट नारानले बोल्न सुरु गर्लान् भन्ने ठानी बाबुको आज्ञा शिरोपर गरे झैँ गरी छोराछोरी सबै बाबु भएको ठाउँबाट गए । खालि लतमाया एक जना मात्र त्यहाँ बसि रहिन् ।