Page:Ek chihan.pdf/6: Difference between revisions
→Not proofread: Created page with " हाले- "डाक्टरसाहेब बाबु सिकिस्त हुनुहुन्छ, ढिलो गर्न भएन डाक्टरसाहेब !" शिवनारानतिर पुलुक्क दृष्टिपात गरेर डाक्टरले केवल यति बोले- "अँ ।" डाक्टरको यो निठुरी व्यवहार देखेर शिवनारान..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
हाले– "डाक्टर साहेब ! बाबु सिकिस्त हुनु हुन्छ, ढिलो गर्न भएन डाक्टर | |||
साहेब !" | |||
शिव नारानतिर एक चोटि दृष्टिपात गरेर डाक्टरले केवल यति बोले– | |||
"अँ ।" | |||
डाक्टरको यो निठुरी व्यवहार देखेर | डाक्टरको यो निठुरी व्यवहार देखेर शिव नारानलाई एक छिन त | ||
'डाक्टरलाई मारि हालूँ' भन्ने झोंक चलि सकेको थियो तर डाक्टरसित | |||
रिसाउन सक्ने अवस्था पनि त शिव नारानको थिएन । बाबु सिकिस्त छन्, | |||
आफू एक दीनहीन, अरूको निगाह र मद्दत नै उनको जीवन थियो; त्यसैले | |||
रिसमा पनि होस राख्न सक्ने बुद्धिमानी पनि उनको प्रवृत्तिमा दौडि रहन्थ्यो । | |||
त्यसैले रिसलाई दबाएर शिव नारानले डाक्टर गोदत्त प्रसादसित फेरि अनुरोध | |||
गरे– "डाक्टर साहेब ! आधा घण्टा भइ सक्यो म आएको… " | |||
" | "एक छिनपछि एक घण्टा पनि हुन्छ । तिमीलाई चाहियो भनेर के | ||
समय पर्खि रहन सक्छ ?" डाक्टर गोदत्त प्रसादले तिरस्कारको भावमा भने । | |||
"बाबु | "बाबु सार्है सिकिस्त हुनु हुन्छ डाक्टर साहेब !" | ||
"ज्यादै बिरामी भएपछि सबै सिकिस्त हुन्छन् ।" | "ज्यादै बिरामी भएपछि सबै सिकिस्त हुन्छन् ।" | ||
"के गर्ने त | "के गर्ने त डाक्टर साहेब ! सार्है चिन्तामा छु, सिकिस्त बिरामी | ||
मानिसलाई छोडेर आएको !" | |||
"पख, कचकच नगर, किताब | "पख, कचकच नगर, किताब हेरि रहेको छु, ध्यान खलबल नगर ।" | ||
डाक्टरको व्यवहारमा भयङ्कर अमानवता देखेर चिन्ताग्रस्त भएर पनि शिव | |||
नारान नहडबडाईकन टोलाइमा वाल्ल परेर डाक्टरमा मानवता पर्खन | |||
लागे । | |||
{{nop}} | {{nop}} |
Latest revision as of 14:22, 21 June 2025
हाले– "डाक्टर साहेब ! बाबु सिकिस्त हुनु हुन्छ, ढिलो गर्न भएन डाक्टर साहेब !"
शिव नारानतिर एक चोटि दृष्टिपात गरेर डाक्टरले केवल यति बोले– "अँ ।"
डाक्टरको यो निठुरी व्यवहार देखेर शिव नारानलाई एक छिन त 'डाक्टरलाई मारि हालूँ' भन्ने झोंक चलि सकेको थियो तर डाक्टरसित रिसाउन सक्ने अवस्था पनि त शिव नारानको थिएन । बाबु सिकिस्त छन्, आफू एक दीनहीन, अरूको निगाह र मद्दत नै उनको जीवन थियो; त्यसैले रिसमा पनि होस राख्न सक्ने बुद्धिमानी पनि उनको प्रवृत्तिमा दौडि रहन्थ्यो । त्यसैले रिसलाई दबाएर शिव नारानले डाक्टर गोदत्त प्रसादसित फेरि अनुरोध गरे– "डाक्टर साहेब ! आधा घण्टा भइ सक्यो म आएको… "
"एक छिनपछि एक घण्टा पनि हुन्छ । तिमीलाई चाहियो भनेर के समय पर्खि रहन सक्छ ?" डाक्टर गोदत्त प्रसादले तिरस्कारको भावमा भने ।
"बाबु सार्है सिकिस्त हुनु हुन्छ डाक्टर साहेब !"
"ज्यादै बिरामी भएपछि सबै सिकिस्त हुन्छन् ।"
"के गर्ने त डाक्टर साहेब ! सार्है चिन्तामा छु, सिकिस्त बिरामी मानिसलाई छोडेर आएको !"
"पख, कचकच नगर, किताब हेरि रहेको छु, ध्यान खलबल नगर ।" डाक्टरको व्यवहारमा भयङ्कर अमानवता देखेर चिन्ताग्रस्त भएर पनि शिव नारान नहडबडाईकन टोलाइमा वाल्ल परेर डाक्टरमा मानवता पर्खन लागे ।