Jump to content

Page:Tarun tapasi.pdf/108: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१२}} त्रियामा त्यो श्यामा अमृतकरका दिव्य करमा ::बनी धन्या मान्या प्रमदजननी विश्वभरमा। नराम्री होस् कन्या तर वर गुणी लायक भये ::हुनासाथै पाणिग्रहण, उसका दुर्दि..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|१२}}
{{pcn|१२}}
त्रियामा त्यो श्यामा अमृतकरका दिव्य करमा
त्रियामा त्यो श्यामा अमृत-करका दिव्य करमा
::बनी धन्या मान्या प्रमदजननी विश्वभरमा।
::बनी धन्या मान्या प्रमद-जननी विश्वभरमा ।
नराम्री होस् कन्या तर वर गुणी लायक भये
नराम्री होस् कन्या तर वर गुणी लायक भये
::हुनासाथै पाणिग्रहण, उसका दुर्दिन गये।।
::हुनासाथै पाणि-ग्रहण, उसका दुर्दिन गये ॥


{{pcn|१३}}
{{pcn|१३}}
थिये साना साना किरणकणिका जो गगनमा
थिये साना साना किरण-कणिका जो गगनमा
::बिपत्ता भो सत्ता सकल तिनको एक छिनमा।
::बिपत्ता भो सत्ता सकल तिनको एक छिनमा ।
रहे यौटा दोटा पर पर उज्याला अलि अलि
रहे यौटा दोटा पर पर उज्याला अलि अलि
::गराये संसारै अमृतकरले नै झिलिमिली।।
::गराये संसारै अमृतकरले नै झिलिमिली ॥


{{pcn|१४}}
{{pcn|१४}}
चमत्कारी शोभा चमचम सबैतर्फ छरियो
चमत्कारी शोभा चमचम सबैतर्फ छरियो
::धराको छातीमा अमृतमय माधुर्य भरियो।
::धराको छातीमा अमृतमय माधुर्य भरियो ।
विना यस्तै नेता धरणितलमा वा मुलुकमा
विना यस्तै नेता धरणितलमा वा मुलुकमा
::प्रजा अन्धो दुःखी कसरि रहला शान्तिसुखमा?।।
::प्रजा अन्धो दुःखी कसरि रहला शान्ति-सुखमा ?


{{pcn|१५}}
{{pcn|१५}}
ठुलाको सानाको रतिभर कुनै भेद नगरी
ठुलाको सानाको रतिभर कुनै भेद नगरी
::स्वयं निःस्वार्थी भै अमृत सबमा शीतल भरी।
::स्वयं निःस्वार्थी भै अमृत सबमा शीतल भरी ।
उदायेको देख्दा अमृतकर नीलो गगनमा
उदायेको देख्दा अमृतकर नीलो गगनमा
::घुम्यो अर्कै छाया उस बखत मेरा नयनमा।।
::घुम्यो अर्कै छाया उस बखत मेरा नयनमा ॥


{{pcn|१६}}
{{pcn|१६}}
बिचैमा लर्केको रजतघट देखी तरतरी
बिचैमा लर्केको रजत-घट देखी तरतरी
::चुहुन्थ्यो वा बग्थ्यो जुन अमृतको शीतल झरी।
::चुहुन्थ्यो वा बग्थ्यो जुन अमृतको शीतल झरी ।
खुशीले त्यो प्यूँदै चपचप गरी चञ्चुचपल
खुशीले त्यो प्यूँदै चपचप गरी चञ्चु-चपल
::चकोरश्रेणीले जुन सब गर्यो पूर्ण सफल।।
::चकोर-श्रेणीले जुन सब गर्‍यो पूर्ण सफल ॥


{{pcn|१७}}
{{pcn|१७}}
जुनेली त्यै शोभामय सुरधुनीमा खलखली
जुनेली त्यै शोभामय सुरधुनीमा खलखली
::नुहाई वा थापी शिर, अटल भै कत्ति नचली।
::नुहाई वा थापी शिर, अटल भै कत्ति नचली ।
भिजायें बिस्तारै मगज, बहुतै शीतल भयें
भिजायेँ बिस्तारै मगज, बहुतै शीतल भयेँ
::पछी सुस्तै फेरी नयनयुग माथीतिर दियें।।
::पछी सुस्तै फेरी नयनयुग माथीतिर दियेँ ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 12:46, 18 June 2025

This page has been validated

१२
त्रियामा त्यो श्यामा अमृत-करका दिव्य करमा
बनी धन्या मान्या प्रमद-जननी विश्वभरमा ।
नराम्री होस् कन्या तर वर गुणी लायक भये
हुनासाथै पाणि-ग्रहण, उसका दुर्दिन गये ॥

१३
थिये साना साना किरण-कणिका जो गगनमा
बिपत्ता भो सत्ता सकल तिनको एक छिनमा ।
रहे यौटा दोटा पर पर उज्याला अलि अलि
गराये संसारै अमृतकरले नै झिलिमिली ॥

१४
चमत्कारी शोभा चमचम सबैतर्फ छरियो
धराको छातीमा अमृतमय माधुर्य भरियो ।
विना यस्तै नेता धरणितलमा वा मुलुकमा
प्रजा अन्धो दुःखी कसरि रहला शान्ति-सुखमा ?

१५
ठुलाको सानाको रतिभर कुनै भेद नगरी
स्वयं निःस्वार्थी भै अमृत सबमा शीतल भरी ।
उदायेको देख्दा अमृतकर नीलो गगनमा
घुम्यो अर्कै छाया उस बखत मेरा नयनमा ॥

१६
बिचैमा लर्केको रजत-घट देखी तरतरी
चुहुन्थ्यो वा बग्थ्यो जुन अमृतको शीतल झरी ।
खुशीले त्यो प्यूँदै चपचप गरी चञ्चु-चपल
चकोर-श्रेणीले जुन सब गर्‍यो पूर्ण सफल ॥

१७
जुनेली त्यै शोभामय सुरधुनीमा खलखली
नुहाई वा थापी शिर, अटल भै कत्ति नचली ।
भिजायेँ बिस्तारै मगज, बहुतै शीतल भयेँ
पछी सुस्तै फेरी नयनयुग माथीतिर दियेँ ॥