Page:Tarun tapasi.pdf/109: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१८}} विवेकी नेताको नगिच दुनियाँको मन सरी ::पुग्यो फेरी आँखा अमृतकरमा खायस धरी। वहाँ हेर्दाहेर्दै हृदयदहमा लाखन थरी ::उठे उत्प्रेक्षाका अति सरल सङ्कल्पलहरी।। {{..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
विवेकी नेताको नगिच दुनियाँको मन सरी | विवेकी नेताको नगिच दुनियाँको मन सरी | ||
::पुग्यो फेरी आँखा अमृतकरमा खायस | ::पुग्यो फेरी आँखा अमृतकरमा खायस धरी । | ||
वहाँ हेर्दाहेर्दै | वहाँ हेर्दाहेर्दै हृदय-दहमा लाखन थरी | ||
::उठे उत्प्रेक्षाका अति सरल | ::उठे उत्प्रेक्षाका अति सरल सङ्कल्प-लहरी ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
बसी स्वर्गङ्गाको निकट सुरकन्या सब मिली | बसी स्वर्गङ्गाको निकट सुरकन्या सब मिली | ||
::सफा तेही डल्लो | ::सफा तेही डल्लो अमृत-करका साबुन दली । | ||
चुहाई चौतर्फी | चुहाई चौतर्फी अमृत-रसधारा तरतरी | ||
::नजाने धुन्थे कि प्रणयसित फोयेर कबरी? | ::नजाने धुन्थे कि प्रणयसित फोयेर कबरी ? | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
जलक्रीडा गर्दा अमर कुँवरीले नगिचमा | जलक्रीडा गर्दा अमर कुँवरीले नगिचमा | ||
::फराकीलो नीलो गगनमय | ::फराकीलो नीलो गगनमय चट्टानबिचमा । | ||
फुकाली राखेका सब चहकिला भूषण सरी | फुकाली राखेका सब चहकिला भूषण सरी | ||
::थिये झिल्के तारा उस बखत सारा | ::थिये झिल्के तारा उस बखत सारा वरिपरि ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
स्वयं गोता मारी | स्वयं गोता मारी अमर-तटिनीमा दिनभरी | ||
::किनारामा उत्री | ::किनारामा उत्री किरण-फुहरामा जल भरी । | ||
पखाल्थे वा मैलो गगन विधुले नत्र कसरी | पखाल्थे वा मैलो गगन विधुले नत्र कसरी | ||
::बहन्थ्यो चौतर्फी अमृतमय त्यो शीतल झरी? | ::बहन्थ्यो चौतर्फी अमृतमय त्यो शीतल झरी ? | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
बनायो कस्ले त्यो | बनायो कस्ले त्यो रजत-घट ? पीयूष उसमा | ||
:: | ::भर्यो कस्ले ? पोत्यो कुन सकसले दिव्य सुषमा ? | ||
कहाँ देखी निस्क्यो? उपर उपरै चल्छ कसरी? | कहाँ देखी निस्क्यो ? उपर उपरै चल्छ कसरी ? | ||
::कहाँ पुग्ने होला? गगनपथको मङ्गल | ::कहाँ पुग्ने होला ? गगनपथको मङ्गल गरी ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
अघी मात्रै नीलो जुन गहन विस्तीर्ण पथमा | अघी मात्रै नीलो जुन गहन विस्तीर्ण पथमा | ||
::थिये त्यस्तो चर्को दिनमणि निरालम्ब | ::थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा । | ||
अहो त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी | अहो ! त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी | ||
::चलेका | ::चलेका छन् ऐले भुवनभर गोरोचन घसी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:53, 18 June 2025
१८
विवेकी नेताको नगिच दुनियाँको मन सरी
पुग्यो फेरी आँखा अमृतकरमा खायस धरी ।
वहाँ हेर्दाहेर्दै हृदय-दहमा लाखन थरी
उठे उत्प्रेक्षाका अति सरल सङ्कल्प-लहरी ॥
१९
बसी स्वर्गङ्गाको निकट सुरकन्या सब मिली
सफा तेही डल्लो अमृत-करका साबुन दली ।
चुहाई चौतर्फी अमृत-रसधारा तरतरी
नजाने धुन्थे कि प्रणयसित फोयेर कबरी ?
२०
जलक्रीडा गर्दा अमर कुँवरीले नगिचमा
फराकीलो नीलो गगनमय चट्टानबिचमा ।
फुकाली राखेका सब चहकिला भूषण सरी
थिये झिल्के तारा उस बखत सारा वरिपरि ॥
२१
स्वयं गोता मारी अमर-तटिनीमा दिनभरी
किनारामा उत्री किरण-फुहरामा जल भरी ।
पखाल्थे वा मैलो गगन विधुले नत्र कसरी
बहन्थ्यो चौतर्फी अमृतमय त्यो शीतल झरी ?
२२
बनायो कस्ले त्यो रजत-घट ? पीयूष उसमा
भर्यो कस्ले ? पोत्यो कुन सकसले दिव्य सुषमा ?
कहाँ देखी निस्क्यो ? उपर उपरै चल्छ कसरी ?
कहाँ पुग्ने होला ? गगनपथको मङ्गल गरी ॥
२३
अघी मात्रै नीलो जुन गहन विस्तीर्ण पथमा
थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा ।
अहो ! त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी
चलेका छन् ऐले भुवनभर गोरोचन घसी ॥