Jump to content

Page:Tarun tapasi.pdf/82: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} झिँगा जस्तो सानू तर अति कडा साहस धरी ::फुकाई आशाको झलकमय आलोकगठरी। बढेको देख्दा त्यो निविड तममा निर्भयसित ::भयो मेरो भित्री हृदय सब आश्चर्यचकित।। {{pcn|७}} प्रभा..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|६}}
{{pcn|६}}
झिँगा जस्तो सानू तर अति कडा साहस धरी
झिँगा जस्तो सानू तर अति कडा साहस धरी
::फुकाई आशाको झलकमय आलोकगठरी।
::फुकाई आशाको झलकमय आलोक-गठरी ।
बढेको देख्दा त्यो निविड तममा निर्भयसित
बढेको देख्दा त्यो निविड तममा निर्भयसित
::भयो मेरो भित्री हृदय सब आश्चर्यचकित।।
::भयो मेरो भित्री हृदय सब आश्चर्य-चकित ॥


{{pcn|७}}
{{pcn|७}}
प्रभाद्वारा बल्दो विपुल रविको मण्डल कहाँ?
प्रभाद्वारा बल्दो विपुल रविको मण्डल कहाँ ?
::सुधावर्षा गर्ने विशद विधुको गौरव कहाँ?
::सुधा-वर्षा गर्ने विशद विधुको गौरव कहाँ ?
कहाँ त्यो विद्युत्को चहक? फिर तारा ग्रह कहाँ?
कहाँ त्यो विद्युत्‌को चहक ? फिर तारा ग्रह कहाँ ?
::कठै त्यस्तो सानू उस जुनकिरीको द्युति कहाँ?।।
::कठै ! त्यस्तो सानू उस जुनकिरीको द्युति कहाँ ?


{{pcn|८}}
{{pcn|८}}
पखेटा खुल्दा त्यो क्षणभर हिरा झैं झिलिमिली
पखेटा खुल्दा त्यो क्षणभर हिरा झैँ झिलिमिली
::नखुल्दा वा अड्दा गहन तमभित्रै इलिलिली।
::नखुल्दा वा अड्दा गहन तमभित्रै इलिलिली ।
घडी झिम्क्यो, चम्क्यो चमचम घडी, यै क्रम गरी
घडी झिम्क्यो, चम्क्यो चमचम घडी, यै क्रम गरी
::हजारौं देखायो चटकमय लीला हरि हरि।।
::हजारौँ देखायो चटकमय लीला हरि ! हरि !!


{{pcn|९}}
{{pcn|९}}
घडी ठाडै जान्थ्यो तमकसित केही पर पर
घडी ठाडै जान्थ्यो तमकसित केही पर पर
::घडी त्यो लत्रन्थ्यो शिथिल भइ केही तलतिर।
::घडी त्यो लत्रन्थ्यो शिथिल भइ केही तलतिर ।
घडी तेर्छो, बाङ्गो गतिविधि अनेकौं लिइकन
घडी तेर्छो, बाङ्गो गतिविधि अनेकौँ लिइकन
::बलैले त्यो गर्थ्यो तमजलधि सम्पूर्ण मथन।।
::बलैले त्यो गर्थ्यो तम-जलधि सम्पूर्ण मथन ॥


{{pcn|१०}}
{{pcn|१०}}
दुवै आँखा चिम्ली प्रकृति सब त्यो मस्त निदमा
दुवै आँखा चिम्ली प्रकृति सब त्यो मस्त निदमा
::निदायेको साह्रै कठिन डरलाग्दो समयमा।
::निदायेको साह्रै कठिन डरलाग्दो समयमा ।
न जाने त्यो त्यस्तो किसिमसित के खोजन भनी
न जाने त्यो त्यस्तो किसिमसित के खोजन भनी
::सिटो बाली घुम्थ्यो निरतिशय उत्साहित बनी।।
::सिटो बाली घुम्थ्यो निरतिशय उत्साहित बनी ॥


{{pcn|११}}
{{pcn|११}}
थियो त्यो वेलाको जलधिमय कालो तम घना
थियो त्यो वेलाको जलधिमय कालो तम घना
::सिपीको डुङ्गा झैं झलक, धृति, उत्साह बहना।
::सिपीको डुङ्गा झैँ झलक, धृति, उत्साह बहना ।
स्वयं त्यो खेवैया चतुरमति माझी जुनकिरी
स्वयं त्यो खेवैया चतुरमति माझी जुनकिरी
::न जाने दौडन्थ्यो कुन तट निहारी? हरि हरि।।
::न जाने दौडन्थ्यो कुन तट निहारी ? हरि हरि !!
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:23, 15 June 2025

This page has been validated


झिँगा जस्तो सानू तर अति कडा साहस धरी
फुकाई आशाको झलकमय आलोक-गठरी ।
बढेको देख्दा त्यो निविड तममा निर्भयसित
भयो मेरो भित्री हृदय सब आश्चर्य-चकित ॥


प्रभाद्वारा बल्दो विपुल रविको मण्डल कहाँ ?
सुधा-वर्षा गर्ने विशद विधुको गौरव कहाँ ?
कहाँ त्यो विद्युत्‌को चहक ? फिर तारा ग्रह कहाँ ?
कठै ! त्यस्तो सानू उस जुनकिरीको द्युति कहाँ ?


पखेटा खुल्दा त्यो क्षणभर हिरा झैँ झिलिमिली
नखुल्दा वा अड्दा गहन तमभित्रै इलिलिली ।
घडी झिम्क्यो, चम्क्यो चमचम घडी, यै क्रम गरी
हजारौँ देखायो चटकमय लीला हरि ! हरि !!


घडी ठाडै जान्थ्यो तमकसित केही पर पर
घडी त्यो लत्रन्थ्यो शिथिल भइ केही तलतिर ।
घडी तेर्छो, बाङ्गो गतिविधि अनेकौँ लिइकन
बलैले त्यो गर्थ्यो तम-जलधि सम्पूर्ण मथन ॥

१०
दुवै आँखा चिम्ली प्रकृति सब त्यो मस्त निदमा
निदायेको साह्रै कठिन डरलाग्दो समयमा ।
न जाने त्यो त्यस्तो किसिमसित के खोजन भनी
सिटो बाली घुम्थ्यो निरतिशय उत्साहित बनी ॥

११
थियो त्यो वेलाको जलधिमय कालो तम घना
सिपीको डुङ्गा झैँ झलक, धृति, उत्साह बहना ।
स्वयं त्यो खेवैया चतुरमति माझी जुनकिरी
न जाने दौडन्थ्यो कुन तट निहारी ? हरि हरि !!