Page:Tarun tapasi.pdf/91: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२४}} कुनै फुस्रा धुस्रा चुटुचुटु जगल्टा र जुटिका ::फुटाई पल्टाई चपलगति दुर्भाग्यगुटिका। टिपी राखी ढुङ्गाउपर सब फोर्थे पटपटी ::मलाई त्यो देख्दा हृदयबिच हुन्थ्..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
कुनै फुस्रा धुस्रा चुटुचुटु जगल्टा र जुटिका | कुनै फुस्रा धुस्रा चुटुचुटु जगल्टा र जुटिका | ||
::फुटाई पल्टाई चपलगति | ::फुटाई पल्टाई चपलगति दुर्भाग्य-गुटिका । | ||
टिपी राखी ढुङ्गाउपर सब फोर्थे पटपटी | टिपी राखी ढुङ्गाउपर सब फोर्थे पटपटी | ||
::मलाई त्यो देख्दा हृदयबिच हुन्थ्यो | ::मलाई त्यो देख्दा हृदयबिच हुन्थ्यो छटपटी ॥ | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
तलासेका चिल्ला महक उडने बालहरुमा | तलासेका चिल्ला महक उडने बालहरुमा | ||
::कसैको दौडन्थ्यो मन मुदित गर्ने | ::कसैको दौडन्थ्यो मन मुदित गर्ने मधुरिमा । | ||
खरानीले गर्दा शिव शिव कसैको शिरभरी | खरानीले गर्दा शिव शिव !! कसैको शिरभरी | ||
:: | ::सुना-झाँक्रीको झैँ चमक चमकन्थ्यो सुनहरी ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
यताको यो चिल्लो छवि फिर उताको सुनहरी | यताको यो चिल्लो छवि फिर उताको सुनहरी | ||
::प्रभा दोटै भिन्नै किसिमसित भिन्नै पथ | ::प्रभा दोटै भिन्नै किसिमसित भिन्नै पथ गरी । | ||
उनै फुस्रा धुस्रा | उनै फुस्रा धुस्रा कृषकहरुका मध्य शिरमा | ||
::मडारिन्थ्यो, खेल्थ्यो घुमि घुमि बडो मस्त | ::मडारिन्थ्यो, खेल्थ्यो घुमि घुमि बडो मस्त सुरमा ॥ | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
धराको छातीमा तपतप चुहेका अति घना | धराको छातीमा तपतप चुहेका अति घना | ||
::टिपी मोती जस्ता | ::टिपी मोती जस्ता श्रम-जलधिका दिव्य पसिना । | ||
कुनै उन्थे माला जनमभर | कुनै उन्थे माला जनमभर सौभाग्य-सुखको | ||
::कुनै भन्थे खोस्यो किन कपटले गाँस मुखको? | ::कुनै भन्थे खोस्यो किन कपटले गाँस मुखको ? | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
झुटा साँचा | झुटा साँचा लाखौँ विधिसित सबैमाथि सबको | ||
::खिचातानी चल्दा फगत पसिनाको | ::खिचातानी चल्दा फगत पसिनाको विभवको । | ||
अशान्ति-ज्वालाको घर घर थियो नित्य नचरी | |||
::सबैमा दौडन्थ्यो शठ जठर भर्ने | ::सबैमा दौडन्थ्यो शठ जठर भर्ने थरहरी ॥ | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
सबै लोभी, लाल्ची, हृदय सबको शुष्क बगर | सबै लोभी, लाल्ची, हृदय सबको शुष्क बगर | ||
::सबैको अर्कैमा गरम पसिनामाथि | ::सबैको अर्कैमा गरम पसिनामाथि रहर । | ||
कुनै त्यो सन्तोषी पुरुष कहिल्यै भेट्न शकिनँ | कुनै त्यो सन्तोषी पुरुष कहिल्यै भेट्न शकिनँ | ||
::नचाहोस् जो ताता मधुर पसिना चप्प | ::नचाहोस् जो ताता मधुर पसिना चप्प पिउन ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:53, 17 June 2025
२४
कुनै फुस्रा धुस्रा चुटुचुटु जगल्टा र जुटिका
फुटाई पल्टाई चपलगति दुर्भाग्य-गुटिका ।
टिपी राखी ढुङ्गाउपर सब फोर्थे पटपटी
मलाई त्यो देख्दा हृदयबिच हुन्थ्यो छटपटी ॥
२५
तलासेका चिल्ला महक उडने बालहरुमा
कसैको दौडन्थ्यो मन मुदित गर्ने मधुरिमा ।
खरानीले गर्दा शिव शिव !! कसैको शिरभरी
सुना-झाँक्रीको झैँ चमक चमकन्थ्यो सुनहरी ॥
२६
यताको यो चिल्लो छवि फिर उताको सुनहरी
प्रभा दोटै भिन्नै किसिमसित भिन्नै पथ गरी ।
उनै फुस्रा धुस्रा कृषकहरुका मध्य शिरमा
मडारिन्थ्यो, खेल्थ्यो घुमि घुमि बडो मस्त सुरमा ॥
२७
धराको छातीमा तपतप चुहेका अति घना
टिपी मोती जस्ता श्रम-जलधिका दिव्य पसिना ।
कुनै उन्थे माला जनमभर सौभाग्य-सुखको
कुनै भन्थे खोस्यो किन कपटले गाँस मुखको ?
२८
झुटा साँचा लाखौँ विधिसित सबैमाथि सबको
खिचातानी चल्दा फगत पसिनाको विभवको ।
अशान्ति-ज्वालाको घर घर थियो नित्य नचरी
सबैमा दौडन्थ्यो शठ जठर भर्ने थरहरी ॥
२९
सबै लोभी, लाल्ची, हृदय सबको शुष्क बगर
सबैको अर्कैमा गरम पसिनामाथि रहर ।
कुनै त्यो सन्तोषी पुरुष कहिल्यै भेट्न शकिनँ
नचाहोस् जो ताता मधुर पसिना चप्प पिउन ॥