Jump to content

Page:Tarun tapasi.pdf/94: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} कुनै वेला आये युवक रसिला गोप लहडी ::झिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी। पुछे औँला मेरो विपुल कटिमा त्यो सिंदुरको ::बस्यो रातो धर्सो गुरुसदृश भै मूर्खहरुको।..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|६}}
{{pcn|६}}
कुनै वेला आये युवक रसिला गोप लहडी
कुनै वेला आये युवक रसिला गोप लहडी
::झिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी।
::झिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी ।
पुछे औँला मेरो विपुल कटिमा त्यो सिंदुरको
पुछे औँला मेरो विपुल कटिमा त्यो सिँदुरको
::बस्यो रातो धर्सो गुरुसदृश भै मूर्खहरुको।।
::बस्यो रातो धर्सो गुरु-सदृश भै मूर्खहरुको ॥


{{pcn|७}}
{{pcn|७}}
चले ग्वाला, ढाक्रे फिर उहि थलामा गइ बस्यो
चले ग्वाला, ढाक्रे फिर उहि थलामा गइ बस्यो
::हिँड्यो ढाक्रे, हिँड्दा अलिकति त्यहाँ चामल खस्यो।
::हिँड्यो ढाक्रे, हिँड्दा अलिकति त्यहाँ चामल खस्यो ।
त्यहाँ त्यो सिन्दूराऽक्षत नगिच देख्यो जब अनि
त्यहाँ त्यो सिन्दूराऽक्षत नगिच देख्यो जब अनि
::चढायो अर्काले किन किन मलाई फुल पनि।।
::चढायो अर्काले किन किन मलाई फुल पनि ॥


{{pcn|८}}
{{pcn|८}}
जसै त्यो सिन्दूराऽक्षतसहित देख्यो फुल, अनि
जसै त्यो सिन्दूराऽक्षतसहित देख्यो फुल, अनि
::रहेछन् द्यौता ई भनिकन झुकायी शिर पनि।
::रहेछन् द्यौता ई भनिकन झुकायी शिर पनि ।
थप्यो रोटी, माला, अबिरहरु अर्को अघि सरी
थप्यो रोटी, माला, अबिरहरु अर्को अघि सरी
::म द्यौता भैहालें अबुझ बटुवाको जुनिभरी।।
::म द्यौता भैहालेँ अबुझ बटुवाको जुनिभरी ॥


{{pcn|९}}
{{pcn|९}}
कसैले त्यो देखी प्रणयसित गङ्गाजल दियो
कसैले त्यो देखी प्रणयसित गङ्गाजल दियो
::कुनै आयो पञ्चाऽमृतहरु चढायो खुशि भयो।
::कुनै आयो पञ्चाऽमृतहरु चढायो खुशि भयो ।
कसैले श्रीखण्डप्रभृति बढिया चन्दन दियो
कसैले श्रीखण्ड-प्रभृति बढिया चन्दन दियो
::ध्वजा टाँगी कोही 'जय जननि' भन्दै घर गयो।।
::ध्वजा टाँगी कोही 'जय जननि !' भन्दै घर गयो ॥


{{pcn|१०}}
{{pcn|१०}}
कुनै राती बस्ता अबुझ बिचरा धूपसहित
कुनै राती बस्ता अबुझ बिचरा धूपसहित
::झिनू बत्ती बाली विनयसित भन्थे 'गर हित'।
::झिनू बत्ती बाली विनयसित भन्थे 'गर हित' ।
कुनै सत्तू, च्यूरा अलिकति झिकी अर्पण गरी
कुनै सत्तू, च्यूरा अलिकति झिकी अर्पण गरी
::स्वयं खान्थे, चल्थे हरबखत मेरो भर परी।।
::स्वयं खान्थे, चल्थे हरबखत मेरो भर परी ॥


{{pcn|११}}
{{pcn|११}}
कुनै घुम्थे छर्दै फुल, मकन दायाँतिर गरी
कुनै घुम्थे छर्दै फुल, मकन दायाँतिर गरी
::कुनै ढोग्थे पुष्पाऽञ्जलिसहित भेटी पनि धरी।
::कुनै ढोग्थे पुष्पाऽञ्जलिसहित भेटी पनि धरी ।
बढ्यो एवंरीत्या प्रतिदिन ठुलो पूजनकला
बढ्यो एवंरीत्या प्रतिदिन ठुलो पूजन-कला
::पुजारी भै लुट्थे पटु पुरुष नैवेद्य, मसला।।
::पुजारी भै लुट्थे पटु पुरुष नैवेद्य, मसला ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:02, 17 June 2025

This page has been validated


कुनै वेला आये युवक रसिला गोप लहडी
झिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी ।
पुछे औँला मेरो विपुल कटिमा त्यो सिँदुरको
बस्यो रातो धर्सो गुरु-सदृश भै मूर्खहरुको ॥


चले ग्वाला, ढाक्रे फिर उहि थलामा गइ बस्यो
हिँड्यो ढाक्रे, हिँड्दा अलिकति त्यहाँ चामल खस्यो ।
त्यहाँ त्यो सिन्दूराऽक्षत नगिच देख्यो जब अनि
चढायो अर्काले किन किन मलाई फुल पनि ॥


जसै त्यो सिन्दूराऽक्षतसहित देख्यो फुल, अनि
रहेछन् द्यौता ई भनिकन झुकायी शिर पनि ।
थप्यो रोटी, माला, अबिरहरु अर्को अघि सरी
म द्यौता भैहालेँ अबुझ बटुवाको जुनिभरी ॥


कसैले त्यो देखी प्रणयसित गङ्गाजल दियो
कुनै आयो पञ्चाऽमृतहरु चढायो खुशि भयो ।
कसैले श्रीखण्ड-प्रभृति बढिया चन्दन दियो
ध्वजा टाँगी कोही 'जय जननि !' भन्दै घर गयो ॥

१०
कुनै राती बस्ता अबुझ बिचरा धूपसहित
झिनू बत्ती बाली विनयसित भन्थे 'गर हित' ।
कुनै सत्तू, च्यूरा अलिकति झिकी अर्पण गरी
स्वयं खान्थे, चल्थे हरबखत मेरो भर परी ॥

११
कुनै घुम्थे छर्दै फुल, मकन दायाँतिर गरी
कुनै ढोग्थे पुष्पाऽञ्जलिसहित भेटी पनि धरी ।
बढ्यो एवंरीत्या प्रतिदिन ठुलो पूजन-कला
पुजारी भै लुट्थे पटु पुरुष नैवेद्य, मसला ॥