Page:Tarun tapasi.pdf/63: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१५}} भयेकी हुन् कैल्यै जुग जुग कसैकी न धरणी ::कसैकी छन् ऐले न त, फिर कसैकी पछि पनि। वृथा मेरी भन्दै डुबिकन कडा मोहविषमा ::उनैको छातीमा सब लय हुँदैछन् निमिषमा।। {{pcn|१..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१५}} | {{pcn|१५}} | ||
भयेकी हुन् कैल्यै जुग जुग कसैकी न धरणी | भयेकी हुन् कैल्यै जुग जुग कसैकी न धरणी | ||
::कसैकी छन् ऐले न त, फिर कसैकी पछि | ::कसैकी छन् ऐले न त, फिर कसैकी पछि पनि । | ||
वृथा मेरी भन्दै डुबिकन कडा | वृथा मेरी भन्दै डुबिकन कडा मोह-विषमा | ||
::उनैको छातीमा सब लय हुँदैछन् | ::उनैको छातीमा सब लय हुँदैछन् निमिषमा ॥ | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
गुणी हो, ज्ञानी हो, बहुत चतुरो जाति नरको | गुणी हो, ज्ञानी हो, बहुत चतुरो जाति नरको | ||
::सिपालू, उद्योगी, | ::सिपालू, उद्योगी, गुरु-सदृश यो विश्वभरको । | ||
बुझोस् ता यस्ले त्यो | बुझोस् ता यस्ले त्यो परहित-महामन्त्र-महिमा | ||
::दरिन्थ्यो पृथ्वीको 'अमर नगरी' नाम | ::दरिन्थ्यो पृथ्वीको 'अमर नगरी' नाम बहिमा ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
कडा, पीरो, मैलो लिइ मतलबी ग्याँस उरमा | कडा, पीरो, मैलो लिइ मतलबी ग्याँस उरमा | ||
::बनी अन्धो जस्तो इतर जनको कष्ट | ::बनी अन्धो जस्तो इतर जनको कष्ट पिरमा । | ||
खियेको देख्दा यो चतुर नरजाति प्रतिदिन | खियेको देख्दा यो चतुर नरजाति प्रतिदिन | ||
::कठै मेरा आँशू तरतर बहन्छन् किन किन? | ::कठै ! मेरा आँशू तरतर बहन्छन् किन किन ? | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
हजारौँ यै जस्ता मनुज मनमौजीपन धरी | |||
::हिँडे वा हिँड्दैछन् सब सरसरी यै पथ | ::हिँडे वा हिँड्दैछन् सब सरसरी यै पथ गरी । | ||
खुला नै छन् आँखा तर विकट अन्धोपनसित | खुला नै छन् आँखा तर विकट अन्धोपनसित | ||
::मित्यारी लायेका अति कठिन | ::मित्यारी लायेका अति कठिन कारुण्य-रहित ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
बडा बाठा, टाठा, सकल तर बाटोबिच परी | बडा बाठा, टाठा, सकल तर बाटोबिच परी | ||
::लडेको त्यो भोको पथिकतिर लाटोपन | ::लडेको त्यो भोको पथिकतिर लाटोपन धरी । | ||
हिँडेका छन् त्यस्तो तुजुकसित ठाडो शिर गरी | हिँडेका छन् त्यस्तो तुजुकसित ठाडो शिर गरी | ||
::अहो कस्तो कालो समझ तिनको त्यो हरि | ::अहो ! कस्तो कालो समझ तिनको त्यो हरि ! हरि !! | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
गुहे, काला, कौवा, अपढ वनका बन्दर पनि | गुहे, काला, कौवा, अपढ वनका बन्दर पनि | ||
:: | ::पर्यो यौटामाथी विधिवश जसै सङ्कट अनि । | ||
धुरिन्छन् दर्शाई प्रबल नमुना बन्धुपनको | धुरिन्छन् दर्शाई प्रबल नमुना बन्धुपनको | ||
::अहो त्यस्तो नीचो पतन किन यो | ::अहो ! त्यस्तो नीचो पतन किन यो मर्त्य-मनको ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:51, 14 June 2025
१५
भयेकी हुन् कैल्यै जुग जुग कसैकी न धरणी
कसैकी छन् ऐले न त, फिर कसैकी पछि पनि ।
वृथा मेरी भन्दै डुबिकन कडा मोह-विषमा
उनैको छातीमा सब लय हुँदैछन् निमिषमा ॥
१६
गुणी हो, ज्ञानी हो, बहुत चतुरो जाति नरको
सिपालू, उद्योगी, गुरु-सदृश यो विश्वभरको ।
बुझोस् ता यस्ले त्यो परहित-महामन्त्र-महिमा
दरिन्थ्यो पृथ्वीको 'अमर नगरी' नाम बहिमा ॥
१७
कडा, पीरो, मैलो लिइ मतलबी ग्याँस उरमा
बनी अन्धो जस्तो इतर जनको कष्ट पिरमा ।
खियेको देख्दा यो चतुर नरजाति प्रतिदिन
कठै ! मेरा आँशू तरतर बहन्छन् किन किन ?
१८
हजारौँ यै जस्ता मनुज मनमौजीपन धरी
हिँडे वा हिँड्दैछन् सब सरसरी यै पथ गरी ।
खुला नै छन् आँखा तर विकट अन्धोपनसित
मित्यारी लायेका अति कठिन कारुण्य-रहित ॥
१९
बडा बाठा, टाठा, सकल तर बाटोबिच परी
लडेको त्यो भोको पथिकतिर लाटोपन धरी ।
हिँडेका छन् त्यस्तो तुजुकसित ठाडो शिर गरी
अहो ! कस्तो कालो समझ तिनको त्यो हरि ! हरि !!
२०
गुहे, काला, कौवा, अपढ वनका बन्दर पनि
पर्यो यौटामाथी विधिवश जसै सङ्कट अनि ।
धुरिन्छन् दर्शाई प्रबल नमुना बन्धुपनको
अहो ! त्यस्तो नीचो पतन किन यो मर्त्य-मनको ?