Jump to content

Page:Tarun tapasi.pdf/28: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१६}} कुनै सुस्तै झुल्थे चहचह गरी चट्ट शिरमा ::कुनै खेल्थे, डुल्थे, कलरव गरी मस्त सुरमा। कुनै भन्थे राम्रो किसिमसित हामी सब चरा ::यसैमाथी पारौं अब गुँड बनायेर बचरा..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१६}}
{{pcn|१६}}
कुनै सुस्तै झुल्थे चहचह गरी चट्ट शिरमा
कुनै सुस्तै झुल्थे चहचह गरी चट्ट शिरमा
::कुनै खेल्थे, डुल्थे, कलरव गरी मस्त सुरमा।
::कुनै खेल्थे, डुल्थे, कलरव गरी मस्त सुरमा ।
कुनै भन्थे राम्रो किसिमसित हामी सब चरा
कुनै भन्थे राम्रो किसिमसित हामी सब चरा
::यसैमाथी पारौं अब गुँड बनायेर बचरा।।
::यसैमाथी पारौँ अब गुँड बनायेर बचरा ॥


{{pcn|१७}}
{{pcn|१७}}
चुचो ठाडो पारी वरपर निहारी गम गरी
चुचो ठाडो पारी वरपर निहारी गम गरी
::कुनै भन्थे भारी श्रुतिमधुर झारी रसझरी।
::कुनै भन्थे भारी श्रुति-मधुर झारी रसझरी ।
खुला यो चौबाटो, बहुत घचिलो ठाम छ सब
खुला यो चौबाटो, बहुत घचिलो ठाम छ सब
::यहाँ चल्छन् लाखौं शठ पथिक गर्दै कटुरव।।
::यहाँ चल्छन् लाखौँ शठ पथिक गर्दै कटु-रव ॥


{{pcn|१८}}
{{pcn|१८}}
गुणी, ज्ञानी, ध्यानी, ऋषि, मुनिहरूसम्म सकल
गुणी, ज्ञानी, ध्यानी, ऋषि, मुनिहरूसम्म सकल
::चरामाथी गर्छन् हरतरहको बन्धनछल।
::चरामाथी गर्छन् हरतरहको बन्धन-छल ।
यहाँ बस्ता हाम्रो उपर पछि पर्ला कि खतरा
यहाँ बस्ता हाम्रो उपर पछि पर्ला कि खतरा
::भनी गर्थे कोही बहस बहुतै नीतिचतुरा।।
::भनी गर्थे कोही बहस बहुतै नीति-चतुरा ॥


{{pcn|१९}}
{{pcn|१९}}
कुनै भन्थे यस्को रुचिकर जटामण्डल जब
कुनै भन्थे यस्को रुचिकर जटा-मण्डल जब
::हुँदै जाला बढ्दै गगनतलचुम्बी अनि सब।
::हुँदै जाला बढ्दै गगनतल-चुम्बी अनि सब ।
सबै भन्दा माथी बसिकन गरौंला चहचह
सबै भन्दा माथी बसिकन गरौँला चहचह
::झुली गाना गाई रसिकगुरु गन्धर्वसरह।।
::झुली गाना गाई रसिक-गुरु गन्धर्वसरह ॥


{{pcn|२०}}
{{pcn|२०}}
कुनै मेरो बढ्दो वयमधुरिमाको वश परी
कुनै मेरो बढ्दो वय-मधुरिमाको वश परी
::परी जस्तै नाची पलपल ठुलो कौतुक गरी।
::परी जस्तै नाची पलपल ठुलो कौतुक गरी ।
गला फारी भारी प्रणयसित गर्थे कलरव
गला फारी भारी प्रणयसित गर्थे कलरव
::म त्यो सुन्दा भन्थें, अब सफल भो जीवन सब।।
::म त्यो सुन्दा भन्थेँ, अब सफल भो जीवन सब ॥


{{pcn|२१}}
{{pcn|२१}}
छरीता फुर्के ती बहुत रसिला सुन्दर चरी
छरीता फुर्के ती बहुत रसिला सुन्दर चरी
::जती खेल्थे झिक्तै मधुर सुरसङ्गीतलहरी।
::जती खेल्थे झिक्तै मधुर सुर-सङ्गीत-लहरी ।
उती मेरो अन्तःकरण उनको रङ्गरसमा
उती मेरो अन्तःकरण उनको रङ्ग-रसमा
::डुबी गोता लिन्थ्यो, पलपल थियो दिव्यसुषमा।।
::डुबी गोता लिन्थ्यो, पलपल थियो दिव्य-सुषमा ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:27, 6 June 2025

This page has been validated

१६
कुनै सुस्तै झुल्थे चहचह गरी चट्ट शिरमा
कुनै खेल्थे, डुल्थे, कलरव गरी मस्त सुरमा ।
कुनै भन्थे राम्रो किसिमसित हामी सब चरा
यसैमाथी पारौँ अब गुँड बनायेर बचरा ॥

१७
चुचो ठाडो पारी वरपर निहारी गम गरी
कुनै भन्थे भारी श्रुति-मधुर झारी रसझरी ।
खुला यो चौबाटो, बहुत घचिलो ठाम छ सब
यहाँ चल्छन् लाखौँ शठ पथिक गर्दै कटु-रव ॥

१८
गुणी, ज्ञानी, ध्यानी, ऋषि, मुनिहरूसम्म सकल
चरामाथी गर्छन् हरतरहको बन्धन-छल ।
यहाँ बस्ता हाम्रो उपर पछि पर्ला कि खतरा
भनी गर्थे कोही बहस बहुतै नीति-चतुरा ॥

१९
कुनै भन्थे यस्को रुचिकर जटा-मण्डल जब
हुँदै जाला बढ्दै गगनतल-चुम्बी अनि सब ।
सबै भन्दा माथी बसिकन गरौँला चहचह
झुली गाना गाई रसिक-गुरु गन्धर्वसरह ॥

२०
कुनै मेरो बढ्दो वय-मधुरिमाको वश परी
परी जस्तै नाची पलपल ठुलो कौतुक गरी ।
गला फारी भारी प्रणयसित गर्थे कलरव
म त्यो सुन्दा भन्थेँ, अब सफल भो जीवन सब ॥

२१
छरीता फुर्के ती बहुत रसिला सुन्दर चरी
जती खेल्थे झिक्तै मधुर सुर-सङ्गीत-लहरी ।
उती मेरो अन्तःकरण उनको रङ्ग-रसमा
डुबी गोता लिन्थ्यो, पलपल थियो दिव्य-सुषमा ॥