Jump to content

Page:Tarun tapasi.pdf/19: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger'''द्वितीय विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} बिचमा भुमरी परी परी ::बहँदी सम्थरकी नदी सरी। फिर बग्न गयो उसै गरी ::मुनिको शीतल सूक्तिमाधुरी।। {{pcn|२}} चपेटा पर्नाले नियति अगुवा कर्मगतिको ::लिय..."
 
 
(3 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger'''द्वितीय विश्राम'''}}}}
{{c|{{larger|'''द्वितीय विश्राम'''}}}}
{{start center block}}
{{start center block}}
<poem>
<poem>
{{pcn|१}}
{{pcn|१}}
बिचमा भुमरी परी परी
बिचमा भुमरी परी परी
::बहँदी सम्थरकी नदी सरी।
::बहँदी सम्थरकी नदी सरी ।
फिर बग्न गयो उसै गरी
फिर बग्न गयो उसै गरी
::मुनिको शीतल सूक्तिमाधुरी।।
::मुनिको शीतल सूक्ति-माधुरी ॥


{{pcn|२}}
{{pcn|२}}
चपेटा पर्नाले नियति अगुवा कर्मगतिको
चपेटा पर्नाले नियति अगुवा कर्मगतिको
::लियेथें यो चोला जुन बखतमा लोकहितको।
::लियेथेँ यो चोला जुन बखतमा लोकहितको ।
उसै वेलादेखी जुन जति सहें कष्ट कहर
उसै वेलादेखी जुन जति सहेँ कष्ट कहर
::सबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर।।
::सबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर ॥


{{pcn|३}}
{{pcn|३}}
म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो
म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो
::कलीला रौं जस्ता पयर; अडिने शक्ति फितलो।
::कलीला रौँ जस्ता पयर; अडिने शक्ति फितलो ।
चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा
चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा
::कठै त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा।।
::कठै ! त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥


{{pcn|४}}
{{pcn|४}}
सहारौं, सम्भारौं, अशरण छ यो बालक भनी
सहारौँ, सम्भारौँ, अशरण छ यो बालक भनी
::मलाई को हेर्ने? उस बखत मायावश बनी।
::मलाई को हेर्ने ? उस बखत माया-वश बनी ।
जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती
जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती
::कठै अन्धा जस्ता; विषयविषले व्याकुल अति।।
::कठै ! अन्धा जस्ता; विषय-विषले व्याकुल अति ॥


{{pcn|५}}
{{pcn|५}}
कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरी
कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरी
::जथाभावी चल्दा अबुझ बटुवा टम्टम गरी।
::जथाभावी चल्दा अबुझ बटुवा टम्टम गरी ।
थर्कन्थें, भन्थें पनि गिडगिडाई तिनिकन
थर्कन्थेँ, भन्थेँ पनि गिडगिडाई तिनिकन
::दुवै आँखा हेरी हिंड जमिनमा, अन्ध नबन।।
::दुवै आँखा हेरी हिँड जमिनमा, अन्ध नबन ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:35, 30 May 2025

This page has been validated
द्वितीय विश्राम


बिचमा भुमरी परी परी
बहँदी सम्थरकी नदी सरी ।
फिर बग्न गयो उसै गरी
मुनिको शीतल सूक्ति-माधुरी ॥


चपेटा पर्नाले नियति अगुवा कर्मगतिको
लियेथेँ यो चोला जुन बखतमा लोकहितको ।
उसै वेलादेखी जुन जति सहेँ कष्ट कहर
सबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर ॥


म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो
कलीला रौँ जस्ता पयर; अडिने शक्ति फितलो ।
चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा
कठै ! त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥


सहारौँ, सम्भारौँ, अशरण छ यो बालक भनी
मलाई को हेर्ने ? उस बखत माया-वश बनी ।
जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती
कठै ! अन्धा जस्ता; विषय-विषले व्याकुल अति ॥


कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरी
जथाभावी चल्दा अबुझ बटुवा टम्टम गरी ।
म थर्कन्थेँ, भन्थेँ पनि गिडगिडाई तिनिकन
दुवै आँखा हेरी हिँड जमिनमा, अन्ध नबन ॥