Jump to content

Page:Buddhi binod.pdf/4: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:
निशाविषे माथि सधैं वरीपरी
निशाविषे माथि सधैं वरीपरी
अनन्त ज्योति गजमोतिले सरी ।  
अनन्त ज्योति गजमोतिले सरी ।  
झुलीरहेका किन हो, ती को हुन
झुलीरहेका किन छन् ती को हुन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५॥
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५॥


समस्त आकाशविषे टनाटन
समस्त आकाशविषे टनाटन
थरी-थरी सुन्दर सृष्टि साधन
थरी-थरी सुन्दर सृष्टि साधन
भएछ उत्पन्न कसो गरी कन
भएछ उत्पन्न कसो गरीकन
तँलाइ मालूम् छ कि यो कुरा मन ? ॥६॥
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥६॥


स्वभाव धर्मोऽऽदि जुदा जुदा गरी
स्वभाव धर्माऽऽदि जुदा जुदा धरी
विशाल यो विश्वविषे थरी थरी ।  
विशाल यो विश्वविषे थरी थरी ।  
कसो हुँदा जीव जमे कडोरन
कसो हुँदा जीव जमे कडोरन

Latest revision as of 15:47, 19 April 2025

This page has been validated

कदापि कत्ती नलगाइ ठक्कर
ग्रहादिलाई दिनहूँ निरन्तर ।
घुमाउने को छ खडा भईकन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४॥

निशाविषे माथि सधैं वरीपरी
अनन्त ज्योति गजमोतिले सरी ।
झुलीरहेका किन छन् ती को हुन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५॥

समस्त आकाशविषे टनाटन
थरी-थरी सुन्दर सृष्टि साधन ।
भएछ उत्पन्न कसो गरीकन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥६॥

स्वभाव धर्माऽऽदि जुदा जुदा धरी
विशाल यो विश्वविषे थरी थरी ।
कसो हुँदा जीव जमे कडोरन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥७॥

अशेष आब्रह्म पिपीलिकातक
शरीर एकै उहि पाञ्च-भौतिक ।
परन्तु भोग्यादि घटी बढी किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥८॥