Page:Ritubichar.pdf/61: Difference between revisions
Appearance
No edit summary |
|||
(3 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|}} | {{pcn|६१}} | ||
फाँडिये | फाँडिये कण्टक-प्रायः बढेका खर दूषण । | ||
पियारो | पियारो भो-जन-स्थान रह्यो अध-म-रा वन ॥ | ||
{{pcn|}} | {{pcn|६२}} | ||
रात्रि-शूर्पणखा काली अँध्यारो मुख लाउँदै । | |||
हिम-रावणका साथ गर्छे मानू कुरा रुँदै ॥ | |||
{{pcn|}} | {{pcn|६३}} | ||
फिँजारेकी छ उसले जगल्टा | फिँजारेकी छ उसले जगल्टा अन्धकारका । | ||
शीतका रूपमा हर्दम् खसाल्छे आँशुका | शीतका रूपमा हर्दम् खसाल्छे आँशुका ढिका ॥ | ||
{{pcn|}} | {{pcn|६४}} | ||
मेघ-नाद छँदैछैन पन्छाई-र-वि-भीषण । | |||
रात्रि-शूर्पणखाले त्यो जगायी हिम-रावण ॥ | |||
{{pcn|}} | {{pcn|६५}} | ||
पछारिँदामा त्यो | पछारिँदामा त्यो रात्रि-राक्षसी आयतोदरी । | ||
धेरै नै थिचिये राम्रा उज्याला दिनका | धेरै नै थिचिये राम्रा उज्याला दिनका घरी ॥ | ||
{{pcn|}} | {{pcn|६६}} | ||
देखिनेबित्तिकै झट्ट दबिन्छ दिन | देखिनेबित्तिकै झट्ट दबिन्छ दिन माधुरी । | ||
दरिद्रको क्षणस्थायी मनको | दरिद्रको क्षणस्थायी मनको मन्सुबा-सरी ॥ | ||
{{pcn|}} | {{pcn|६७}} | ||
उनै सूर्य, उनै पृथ्वी, उही छ | उनै सूर्य, उनै पृथ्वी, उही छ किरणाऽऽवली । | ||
कालको गतिले गर्दा राप किन्तु | कालको गतिले गर्दा राप किन्तु अलीअलि । | ||
{{pcn|}} | {{pcn|६८}} | ||
फर्काउँछ सिधा पीठ दुनियाँ | फर्काउँछ सिधा पीठ दुनियाँ सूर्य-सम्मुख । | ||
हेरला को कठै मन्द गिरेका मित्रको मुख? | हेरला को कठै ! मन्द गिरेका मित्रको मुख ? | ||
{{pcn|}} | {{pcn|६९}} | ||
तेजस्विता भयेदेखि सूर्यमा क्यै | तेजस्विता भयेदेखि सूर्यमा क्यै अलीकति । | ||
शीतले यसरी लोक काँपदो हो कहाँ यति? | शीतले यसरी लोक काँपदो हो कहाँ यति ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:36, 25 May 2025
This page has been validated
६१
फाँडिये कण्टक-प्रायः बढेका खर दूषण ।
पियारो भो-जन-स्थान रह्यो अध-म-रा वन ॥
६२
रात्रि-शूर्पणखा काली अँध्यारो मुख लाउँदै ।
हिम-रावणका साथ गर्छे मानू कुरा रुँदै ॥
६३
फिँजारेकी छ उसले जगल्टा अन्धकारका ।
शीतका रूपमा हर्दम् खसाल्छे आँशुका ढिका ॥
६४
मेघ-नाद छँदैछैन पन्छाई-र-वि-भीषण ।
रात्रि-शूर्पणखाले त्यो जगायी हिम-रावण ॥
६५
पछारिँदामा त्यो रात्रि-राक्षसी आयतोदरी ।
धेरै नै थिचिये राम्रा उज्याला दिनका घरी ॥
६६
देखिनेबित्तिकै झट्ट दबिन्छ दिन माधुरी ।
दरिद्रको क्षणस्थायी मनको मन्सुबा-सरी ॥
६७
उनै सूर्य, उनै पृथ्वी, उही छ किरणाऽऽवली ।
कालको गतिले गर्दा राप किन्तु अलीअलि ।
६८
फर्काउँछ सिधा पीठ दुनियाँ सूर्य-सम्मुख ।
हेरला को कठै ! मन्द गिरेका मित्रको मुख ?
६९
तेजस्विता भयेदेखि सूर्यमा क्यै अलीकति ।
शीतले यसरी लोक काँपदो हो कहाँ यति ?