Page:Prithviraj chauhan.pdf/89: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
पारिजात सुमन मुस्मुस गन्धे | |||
बैंशकी भित्री कोमल छन्दे | |||
उपमा जस्ती मानव रूपमा | |||
अप्सरा बालाकी । | |||
पातली कम्मर रेशमी अम्बर | |||
आँखाकी काली वनकी संवर | |||
सुन्दरी नाममा पहिली नम्बर | |||
भृकुटी भालाकी । | |||
लालीले लाल दाडिमको पल्लव | |||
अधरले उज्याली । | |||
मोतीको दन्त स्वभावकी सन्त | |||
पाउनु कहाँ भारत अन्त | |||
नन्दनकी उकाली । | |||
{{pcn|(३)}} | |||
बादलले दिए उनलाई रङ्ग | |||
अङ्गमा सुनका । | |||
कुँदेका थिए उनका मुख | |||
छिनोले जूनका । | |||
आकाशको नीलो आँखामा परी | |||
कालोमा मिलेको । | |||
अँधेरी रातको गाजल कालो | |||
नानीमा खुलेको । | |||
फूलको तानमा बुनिने धागो | |||
शरीरको सूतमा । | |||
वैलेला जस्तो लोभले हेर्दा | |||
लोभका छुतमा । | |||
सागर लहर छिनोले कुँदै | |||
झलक मोतीका । | |||
हीराको दाना लाएर खुल्थे | |||
टूना है लोतीका । | |||
प्रकृति दिन्थिन् सकल रस | |||
स्वरूपमा रोशनी । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:18, 19 April 2025
This page has not been proofread
पारिजात सुमन मुस्मुस गन्धे
बैंशकी भित्री कोमल छन्दे
उपमा जस्ती मानव रूपमा
अप्सरा बालाकी ।
पातली कम्मर रेशमी अम्बर
आँखाकी काली वनकी संवर
सुन्दरी नाममा पहिली नम्बर
भृकुटी भालाकी ।
लालीले लाल दाडिमको पल्लव
अधरले उज्याली ।
मोतीको दन्त स्वभावकी सन्त
पाउनु कहाँ भारत अन्त
नन्दनकी उकाली ।
(३)
बादलले दिए उनलाई रङ्ग
अङ्गमा सुनका ।
कुँदेका थिए उनका मुख
छिनोले जूनका ।
आकाशको नीलो आँखामा परी
कालोमा मिलेको ।
अँधेरी रातको गाजल कालो
नानीमा खुलेको ।
फूलको तानमा बुनिने धागो
शरीरको सूतमा ।
वैलेला जस्तो लोभले हेर्दा
लोभका छुतमा ।
सागर लहर छिनोले कुँदै
झलक मोतीका ।
हीराको दाना लाएर खुल्थे
टूना है लोतीका ।
प्रकृति दिन्थिन् सकल रस
स्वरूपमा रोशनी ।