Jump to content

Page:Prithviraj chauhan.pdf/16: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{subst:start center block/nt}} <poem> {{pcn|(४)}} जब है थियो पहिलो प्रकाश जब है थियो कनक आकाश भारत मन्दिरमा । जब है थियो धर्मको ज्वाला सत्यको जय सुन्दरको चाला शिवको मन्दिरमा । तब है थिए जल्दा र जीता नीडर दिलका सु..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(४)}}
{{pcn|(४)}}
Line 36: Line 35:
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 00:29, 17 March 2025

This page has not been proofread

(४)
जब है थियो पहिलो प्रकाश
जब है थियो कनक आकाश
भारत मन्दिरमा ।
जब है थियो धर्मको ज्वाला
सत्यको जय सुन्दरको चाला
शिवको मन्दिरमा ।
तब है थिए जल्दा र जीता
नीडर दिलका
सुन-पङ्खी पलका
वीरका आत्मा फिलिक्क बल्ने
सत्यले सुन्दरमा।

(५)
वीरका हुन्छन् तौल र पत्र
बिजुली मुटुमा ।
झिलिक्क उड्ने सुनको चरो
स्वर्गको भरमा ।
अनन्तकालमा पथको रेखा क्षणले झल्काउने,
पर्खेर आफ्नो चिनेर पला
काँचुली मिल्काउने ।
बोलाउने क्षण जसलाई बिर्सी
मूर्खले सारा बहिरा कानले
अँध्यारोभित्र घुम्दैमा बसे
व्यर्थका ज्ञानले
सत्यको भानले।
 
(६)
मिलेका हुन्छन् वीरका गण
सत्यका चुम्बकमा ।
बुनेका हुन्छन् प्रकृति उनमा
स्वर्गका तानमा।