Jump to content

Page:Champa.pdf/41: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
स्वरूपमा अतिमानव सन्तानोत्पादनका लागि अश्वयकीय र आदरणीय सम्झिएकी  
स्वरूपमा अतिमानव सन्तानोत्पादनको लागि आवश्यकीय र आदरणीय सम्झिएकी  
थिइन् प्रकृतिदेवीले ?
थिइन् प्रकृतिदेवीले ?


उनीलाई यी भीषण मृत्यु थियो, मृत्यु थियो । उनले यसबाट  
उनलाई यो भीषण मृत्यु थियो, मृत्यु थियो । उनले यसबाट  
बच्नैपर्छ । के चम्पाको दोष थियो यस विषयमा ? …. उनी पहाडकी फूल  
बच्नै पर्छ । के चम्पाको दोष थियो यस विषयमा ? उनी पहाडकी फूल  
थिइन् । वसन्तको मिठो नटिपिएको गुलाफ थिइन् । स्वर्गकी अप्सरा ।  
थिइन् । वसन्तको मिठो नटिपिएको गुलाफ थिइन् । स्वर्गकी अप्सरा ।  
उनी खिल्न आइन् । मोहनीको नयाँ पाठ बैँसले प्रतिदिन प्रदर्शन  
उनी खिल्न आइन् । मोहनीको नयाँ पाठ बैँसले प्रतिदिन प्रदर्शन  
गरिरहेको थियो । त्यो त अबलाको प्राकृत कला र कर्म नै हो ।
गरिरहेको थियो । त्यो त अवलाको प्रकृत कला र कर्म नै हो ।


उनी बैँसालु हुनु र यसरी सुन्दरी हुनु उनको दोष जरुर  
उनी बैँसालु हुनु र यति सुन्दरी हुनु उनको दोष जरुर  
होइन । रामकान्तले आफूलाई अघोर अभागी सम्झन लागे । चम्पानामक  
होइन । रामकान्तले आफूलाई अघोर अभागी सम्झन लागे । चम्पानामक  
बत्तीका अघि यौवनको ज्वालामा पुतली हुनु बेस कि संसार त्याग  
बत्तीका अघि यौवनको ज्वालामा पुतली हुनु बेस कि संसार त्याग  
गरेर परमार्थ सुधार्नु बेस ? …..
गरेर परमार्थ सुधार्नु बेस ?


उनमा कामना थियो हृदयको सजीव आकाङ्क्षा । तिनीहरू बराबर  
उनमा कामना थियो हृदयको सजीव आकाङ्क्षा । तिनीहरू बराबर  
घचघच्याउँदथे, बराबर जोडका साथ तर दबाब नै उनले हरहमेसा  
घचघच्याउँदथे, बराबर जोडका साथ तर दबाब नै उनले हरहमेसा  
स्मरणीय पाठ सम्झन्थे तर दबाब प्रकृतिले कानेखुसी गर्न  
स्मरणीय पाठ सम्झन्थे तर दबाब प्रकृतिले कानेखुसी गर्न  
आँउथिन्, के दबाब स्वास्थ्य हो ? रातका बिचमा रामकान्तलाई बराबर
आउँथिन्, के दबाब स्वास्थ हो ? रातका बिचमा रामकान्तलाई वरावर
विशाल संसारको अन्धकारमा बुद्धदेवको विचित्र अकेला दीपझैँ एक  
विशाल संसारको अन्धकारमा बुद्धदेवको विचित्र अकेला दीप झैँ एक  
नवीन दीप बालेर प्रस्थान गर्ने प्रेरणा आउँदथ्यो । उनी एक दुई
नवीन दीप बालेर प्रस्थान गर्ने प्रेरणा आउँदथ्यो । उनी एक–दुई
बाजि रातको सन्नाटामा टुँडिखेल घुमेर समेत आए । अहिले होइन  
बाजि रातको सन्नाटामा टुँडिखेल घुमेर समेत आए । अहिले होइन
आज होइन । म बुद्धदेवजस्तै कहाँ छु र ?
"म बुद्धदेवजस्तै ता कहाँ छु र ?"


प्रतिदिन मतवाला आकर्षक भरिँदो सुगन्धित-बदमाश बैँस  
प्रतिदिन मतवाला आकर्षक भरिँदो सुगन्धित बदमाश बैँस
अगाडि झल्याक्क झुल्लुक्क देखाहा पर्थ्यो । मुसुमुसु हाँस्थ्यो ।  
अगाडि झल्याक्कझुलुक्क देखा पर्थ्यो । मुसुमुसु हाँस्थ्यो ।  
दृष्टिक्षेत्रबाट संसार अध्यारो पारेझैँ फेरि कतैतिर जान्थ्यो ।  
दृष्टिक्षेत्रबाट संसार अँध्यारो पारेझैँ फेरि कतैतिर जान्थ्यो ।  
कत्रो भयानक सौन्दर्यको ज्वाला ? ……. मानो ऊ आफ्नो जगत्‌को  
कत्रो भयानक सौन्दर्यको ज्वाला ? मानौँ ऊ आफ्नो जगत्‌को  
सम्राट् छ । उसको आज्ञाको विरोध गर्न कसैको ताकत थिएन ।  
सम्राट छ । उसको आचारको विरोध गर्ने कसैको तागत थिएन ।  
ऊ सारा कमजोर र कमजोरीउपर हँस्सी उडाएर मस्त मुस्कुराइरहेको  
ऊ सारा कमजोर र कमजोरीउपर हँस्सी उडाएर मस्त मुस्कुराइरहेको  
थियो । ऊ जनसङ्ख्या कायम राख्ने या संवर्द्धन गर्ने पवित्र प्राकृतिक  
थियो । ऊ जनसङ्ख्या कायम राख्ने या संवर्द्धन गर्ने पवित्र प्राकृतिक  
कार्यका लागि पूरा तवरले सुसज्जित भएर हाँक दिन्थ्यो- पुरुषको  
कार्यका लागि पूरा तवरले सुसज्जित भएर हाँक दिन्थ्यो— पुरुषको  
पौरुषलाई के विघ्न डरलाग्दो ?
पौरखलाई के विघ्न डरलाग्दो ?


रामकान्त तँ मर्छस् । खामोस होसियार तँ बत्तीमा पुतली  
"रामकान्त तँ मर्छस् । खामोस ! होसियार ! तँ बत्तीमा पुतली  
भएर नहोमिई । रामकान्त गीता पढ्न लागे र धर्मपद पढ्न लागे ।
भएर नहोमिई ।" रामकान्त गीता पढ्न लागे । धम्मपद पढ्न लागे ।

Latest revision as of 10:18, 20 June 2025

This page has been proofread

स्वरूपमा अतिमानव सन्तानोत्पादनको लागि आवश्यकीय र आदरणीय सम्झिएकी थिइन् प्रकृतिदेवीले ?

उनलाई यो भीषण मृत्यु थियो, मृत्यु थियो । उनले यसबाट बच्नै पर्छ । के चम्पाको दोष थियो यस विषयमा ? उनी पहाडकी फूल थिइन् । वसन्तको मिठो नटिपिएको गुलाफ थिइन् । स्वर्गकी अप्सरा । उनी खिल्न आइन् । मोहनीको नयाँ पाठ बैँसले प्रतिदिन प्रदर्शन गरिरहेको थियो । त्यो त अवलाको प्रकृत कला र कर्म नै हो ।

उनी बैँसालु हुनु र यति सुन्दरी हुनु उनको दोष जरुर होइन । रामकान्तले आफूलाई अघोर अभागी सम्झन लागे । चम्पानामक बत्तीका अघि यौवनको ज्वालामा पुतली हुनु बेस कि संसार त्याग गरेर परमार्थ सुधार्नु बेस ?

उनमा कामना थियो हृदयको सजीव आकाङ्क्षा । तिनीहरू बराबर घचघच्याउँदथे, बराबर जोडका साथ । तर दबाब नै उनले हरहमेसा स्मरणीय पाठ सम्झन्थे । तर दबाब प्रकृतिले कानेखुसी गर्न आउँथिन्, के दबाब स्वास्थ हो ? रातका बिचमा रामकान्तलाई वरावर विशाल संसारको अन्धकारमा बुद्धदेवको विचित्र अकेला दीप झैँ एक नवीन दीप बालेर प्रस्थान गर्ने प्रेरणा आउँदथ्यो । उनी एक–दुई बाजि रातको सन्नाटामा टुँडिखेल घुमेर समेत आए । अहिले होइन । "म बुद्धदेवजस्तै ता कहाँ छु र ?"

प्रतिदिन मतवाला आकर्षक भरिँदो सुगन्धित बदमाश बैँस अगाडि झल्याक्कझुलुक्क देखा पर्थ्यो । मुसुमुसु हाँस्थ्यो । दृष्टिक्षेत्रबाट संसार अँध्यारो पारेझैँ फेरि कतैतिर जान्थ्यो । कत्रो भयानक सौन्दर्यको ज्वाला ? मानौँ ऊ आफ्नो जगत्‌को सम्राट छ । उसको आचारको विरोध गर्ने कसैको तागत थिएन । ऊ सारा कमजोर र कमजोरीउपर हँस्सी उडाएर मस्त मुस्कुराइरहेको थियो । ऊ जनसङ्ख्या कायम राख्ने या संवर्द्धन गर्ने पवित्र प्राकृतिक कार्यका लागि पूरा तवरले सुसज्जित भएर हाँक दिन्थ्यो— पुरुषको पौरखलाई के विघ्न डरलाग्दो ?

"रामकान्त तँ मर्छस् । खामोस ! होसियार ! तँ बत्तीमा पुतली भएर नहोमिई ।" रामकान्त गीता पढ्न लागे । धम्मपद पढ्न लागे ।