Page:Munamadan.pdf/8: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
कराली टिपी जलबेली कल्क्यो जीवन-सागरलाई | कराली टिपी जलबेली कल्क्यो जीवन-सागरलाई | ||
बोलूँ कि बोलूँ फूल फुट्न खोजे बास्ना दी अधरलाई, | बोलूँ कि बोलूँ फूल फुट्न खोजे बास्ना दी अधरलाई, | ||
चरीले तर चुच्चाले च्यापी पहिलो पल्लव, | चरीले तर चुच्चाले च्यापी पहिलो पल्लव, | ||
झर्नाको स्वर टिपेर | झर्नाको स्वर टिपेर कुर्ली प्रकृति गौरव, | ||
तिनैका साथी नेपाली जाति घाम र पानीमा; | तिनैका साथी नेपाली जाति घाम र पानीमा; | ||
ढुक्कुरे मुटु सजीव भै कुर्ले झ्याउरे वाणीमा, | ढुक्कुरे मुटु सजीव भै कुर्ले झ्याउरे वाणीमा, | ||
Line 10: | Line 10: | ||
भत्केर आउँछ जीवनको तार कुर्लन्छ चरी मन, | भत्केर आउँछ जीवनको तार कुर्लन्छ चरी मन, | ||
प्रकृति-किरण रङ्ग भै दिलमा भावले छिर्केर, | प्रकृति-किरण रङ्ग भै दिलमा भावले छिर्केर, | ||
झर्नाको शीतल शीकर | झर्नाको शीतल शीकर उठ्छ स्वरमा सिर्केर, | ||
दुःख र सुख मिसेको रस जो जीवन कहिन्छ, | दुःख र सुख मिसेको रस जो जीवन कहिन्छ, | ||
रसको | रसको धर्म्म लिएर पग्ली गीतमा बगिन्छ, | ||
नेपाली सच्चा जातीय जीवन झ्याउरेमा बोल्दछ, | नेपाली सच्चा जातीय जीवन झ्याउरेमा बोल्दछ, | ||
कोदाली-तालमा, हलाको फालमा नाचेर खुल्दछ, | कोदाली-तालमा, हलाको फालमा नाचेर खुल्दछ, | ||
नेपाली नसाभित्रको रगत पाउँदछ स्पन्दन, | नेपाली नसाभित्रको रगत पाउँदछ स्पन्दन, | ||
यो | यो प्रकृतछन्दबीचमा सुन्दर रमाउँछ नन्दन, | ||
जनको मुटुभित्रकी चरी स्वभावमा कुर्लन्छे, | जनको मुटुभित्रकी चरी स्वभावमा कुर्लन्छे, | ||
जनको जीवन-नदीकी लहर यसैमा उर्लन्छे, | जनको जीवन-नदीकी लहर यसैमा उर्लन्छे, | ||
पहाडी वायुमण्डलको ध्वनि | पहाडी वायुमण्डलको ध्वनि गोधूलि-वनको बोल, | ||
हिमालमा हुर्की, फूलरङ्गले छिर्की, बास्निन्छ अनमोल, | हिमालमा हुर्की, फूलरङ्गले छिर्की, बास्निन्छ, अनमोल, | ||
श्रमको अमृत, प्रेमको पीयूष, जनको | श्रमको अमृत, प्रेमको पीयूष, जनको रसना, | ||
दुःख र सुखको कराली पथ, जल-ज्योति-सम्झना, | दुःख र सुखको कराली पथ, जल-ज्योति-सम्झना, | ||
झ्याउरे हाम्रो जलको बाटो आँसुको कहानी, | झ्याउरे हाम्रो जलको बाटो आँसुको कहानी, | ||
Line 29: | Line 29: | ||
जमीन यस्तो विशाल यहाँ न केही सह्यार, | जमीन यस्तो विशाल यहाँ न केही सह्यार, | ||
यो नयाँ जमीन बटार्न कोर्न बन्दो छु तयार, | यो नयाँ जमीन बटार्न कोर्न बन्दो छु तयार, | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:00, 4 May 2025
कराली टिपी जलबेली कल्क्यो जीवन-सागरलाई
बोलूँ कि बोलूँ फूल फुट्न खोजे बास्ना दी अधरलाई,
चरीले तर चुच्चाले च्यापी पहिलो पल्लव,
झर्नाको स्वर टिपेर कुर्ली प्रकृति गौरव,
तिनैका साथी नेपाली जाति घाम र पानीमा;
ढुक्कुरे मुटु सजीव भै कुर्ले झ्याउरे वाणीमा,
यो नीलो स्वर्ग पार्वती-माइती, छिरबिरे छाया-वन,
भत्केर आउँछ जीवनको तार कुर्लन्छ चरी मन,
प्रकृति-किरण रङ्ग भै दिलमा भावले छिर्केर,
झर्नाको शीतल शीकर उठ्छ स्वरमा सिर्केर,
दुःख र सुख मिसेको रस जो जीवन कहिन्छ,
रसको धर्म्म लिएर पग्ली गीतमा बगिन्छ,
नेपाली सच्चा जातीय जीवन झ्याउरेमा बोल्दछ,
कोदाली-तालमा, हलाको फालमा नाचेर खुल्दछ,
नेपाली नसाभित्रको रगत पाउँदछ स्पन्दन,
यो प्रकृतछन्दबीचमा सुन्दर रमाउँछ नन्दन,
जनको मुटुभित्रकी चरी स्वभावमा कुर्लन्छे,
जनको जीवन-नदीकी लहर यसैमा उर्लन्छे,
पहाडी वायुमण्डलको ध्वनि गोधूलि-वनको बोल,
हिमालमा हुर्की, फूलरङ्गले छिर्की, बास्निन्छ, अनमोल,
श्रमको अमृत, प्रेमको पीयूष, जनको रसना,
दुःख र सुखको कराली पथ, जल-ज्योति-सम्झना,
झ्याउरे हाम्रो जलको बाटो आँसुको कहानी,
झिल्झिले नाला लहरबेली रुलाइ र मुस्कानी,
जनको सच्चा साहित्य यही, जनको नाडी छन्द
कविता-देवी झर्दछिन् यहीँ प्रकृत लिई बन्ध,
जमीन यस्तो विशाल यहाँ न केही सह्यार,
यो नयाँ जमीन बटार्न कोर्न बन्दो छु तयार,