Jump to content

Page:Munamadan.pdf/42: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
Prty (talk | contribs)
 
(4 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
<noinclude>{{start center block}}</noinclude>
<poem>
वज्रको झिल्का चड्केर गई आँधीको पुछार,
हुन्हुन हावा बिलौना गर्छ साँझको सँघार,
कुक्कुर रुन्छ पिँढीमा बसी, अँध्यारो राति छ,
औँसीको कालो आकाश-छाना घरको माथि छ,
पिल्पिले बत्ती धिप्धिप गर्ने अँध्यारो उज्यालो,
अँध्यारोसँग मिसिए जस्तो टुकीको उज्यालो,
पिल्पिले तारामुनिको फिका उदासी तुवाँलो,
रुखमा तप्क्यो आँसुको थोपा हुरीले भाँचेको,
भुल्काले आँखा बाटुला लायो रूखमा भाँचेको,
::::कलिलो रूख पिटिक्क भाँचेको ।
पिल्पिले बत्ती, भिजेका आँखा, भिजेका परेला,
औँसी झैँ मुख किन हुन् त्यस्ता ती आँसु भरिला ?
::::हा कठैबरी ! भिजेका परेला !
सासूको सास घाँटीमा बज्छ अड्कन्छ गलामा,
बुहारी मूर्च्छा इन्तु-न-चिन्तु माथिको तलामा,
::::ती मुना कठै ! नीली भै पलामा !
दाजु र भाइ छिमेकी रुन्छन्, अलाप विलाप,
छातीमा हात, आँखामा आँसु, मनमा विलाप,
बिजोग हरे ! बिजोग त्यस्तो ! दैवले देख्दैन !
दैवले देखे कसरी हेर्छ ? कलम लेख्दैन !
त्यो कालो सर्प बनाई मुटु कसरी उठायो ?
मदन मरेको कसरी चिठी गुण्डाले पठायो ?
सर्पको दाँतमा विषको थैलो, ईखको तिखो फल,
मानिसभित्र झन् हुन्छ कालो मनमा हलाहल !
{{pcn|'''&bull;'''}}
"के देख्न आएँ ? हे मेरी आमा ! के देख्नुपर्‍यो नि !
हे मेरी आमा ! हे मेरी आमा ! यो छाती चिर्‍यौ नि !
::::आमा ! यो छाती चिर्‍यौ नि !
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 15:34, 9 May 2025

This page has been validated

वज्रको झिल्का चड्केर गई आँधीको पुछार,
हुन्हुन हावा बिलौना गर्छ साँझको सँघार,
कुक्कुर रुन्छ पिँढीमा बसी, अँध्यारो राति छ,
औँसीको कालो आकाश-छाना घरको माथि छ,
पिल्पिले बत्ती धिप्धिप गर्ने अँध्यारो उज्यालो,
अँध्यारोसँग मिसिए जस्तो टुकीको उज्यालो,
पिल्पिले तारामुनिको फिका उदासी तुवाँलो,
रुखमा तप्क्यो आँसुको थोपा हुरीले भाँचेको,
भुल्काले आँखा बाटुला लायो रूखमा भाँचेको,
कलिलो रूख पिटिक्क भाँचेको ।
पिल्पिले बत्ती, भिजेका आँखा, भिजेका परेला,
औँसी झैँ मुख किन हुन् त्यस्ता ती आँसु भरिला ?
हा कठैबरी ! भिजेका परेला !
सासूको सास घाँटीमा बज्छ अड्कन्छ गलामा,
बुहारी मूर्च्छा इन्तु-न-चिन्तु माथिको तलामा,
ती मुना कठै ! नीली भै पलामा !
दाजु र भाइ छिमेकी रुन्छन्, अलाप विलाप,
छातीमा हात, आँखामा आँसु, मनमा विलाप,
बिजोग हरे ! बिजोग त्यस्तो ! दैवले देख्दैन !
दैवले देखे कसरी हेर्छ ? कलम लेख्दैन !
त्यो कालो सर्प बनाई मुटु कसरी उठायो ?
मदन मरेको कसरी चिठी गुण्डाले पठायो ?
सर्पको दाँतमा विषको थैलो, ईखको तिखो फल,
मानिसभित्र झन् हुन्छ कालो मनमा हलाहल !

"के देख्न आएँ ? हे मेरी आमा ! के देख्नुपर्‍यो नि !
हे मेरी आमा ! हे मेरी आमा ! यो छाती चिर्‍यौ नि !
आमा ! यो छाती चिर्‍यौ नि !