Jump to content

Page:Munamadan.pdf/40: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
Prty (talk | contribs)
 
(4 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
<noinclude>{{start center block}}</noinclude>
<poem>
प्राणको टेका, कालको छेका, टाढाको छोरो छ,
छोराको मुख हेरेर जाने मनको धोको छ,
जरोले तातो, पातलो हात, नसाले जेलेको,
रसिला-आँखा बुहारी-हात प्रेमले मिलेको,
कलिलो हात समाई भन्छिन्, "मेरी हे बुहारी !
अब ता बेला नजीकै आयो, जानु छ उसपारि,
::::के गर्छ्यौ रोई, नरोऊ बुहारी !
सबैको बाटो यही हो नानी ! अमीर-फकीरको,
यो माटो गई माटोमा मिल्छ दुःखको बगरको,
सहेर बस्नू, नफस्नू यसमा, दुःखको जन्जाल !
अन्त्यको बाटो उज्यालो हुने भक्ति नै सँगाल !
फुलेको देखेँ, वैलेको देखेँ जगत्‌को फूलबारी,
दुःखमै चिनेँ ईश्वरलाई हे मेरी बुहारी !
पृथिवीभित्र रोपेको बीउ स्वर्गमा फल्दछ,
दिएको जति पृथिवीभित्र माथि नै मिल्दछ,
गरेको जति लिएर जान्छु, के जान्छ साथमा ?
सपनाभित्र पाएको धन ब्यूँझेको हातमा,
बिदाइ लिन्छु सबका साथ मदन आएन,
त्यस्लाई हेरी आँखाले आज चिम्लिन पाएन,
म मरिहाले मदनसँग यो भन्नू तिमीले&ndash;
'नरुनू धेरै, भनेर गइन् अन्त्यमा बूढीले !"
रोकेको दिल आँखामा खस्छ, गलामा बोल्दछ,
मुनाका छातीमा छोपेको शोक निसास्सी चल्दछ,
"हे मेरी बज्यै ! हे मेरी आमा !! यो अर्ती लिनेछु,
हजूरको मीठो सम्झनालाई आँसुले धुनेछु,
अझ ता केही भएको छैन आराम हुनेछ,
हजूरको धोको त्यो भेट यहाँ अवश्य पुग्नेछ !"
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 15:24, 9 May 2025

This page has been validated

प्राणको टेका, कालको छेका, टाढाको छोरो छ,
छोराको मुख हेरेर जाने मनको धोको छ,
जरोले तातो, पातलो हात, नसाले जेलेको,
रसिला-आँखा बुहारी-हात प्रेमले मिलेको,
कलिलो हात समाई भन्छिन्, "मेरी हे बुहारी !
अब ता बेला नजीकै आयो, जानु छ उसपारि,
के गर्छ्यौ रोई, नरोऊ बुहारी !
सबैको बाटो यही हो नानी ! अमीर-फकीरको,
यो माटो गई माटोमा मिल्छ दुःखको बगरको,
सहेर बस्नू, नफस्नू यसमा, दुःखको जन्जाल !
अन्त्यको बाटो उज्यालो हुने भक्ति नै सँगाल !
फुलेको देखेँ, वैलेको देखेँ जगत्‌को फूलबारी,
दुःखमै चिनेँ ईश्वरलाई हे मेरी बुहारी !
पृथिवीभित्र रोपेको बीउ स्वर्गमा फल्दछ,
दिएको जति पृथिवीभित्र माथि नै मिल्दछ,
गरेको जति लिएर जान्छु, के जान्छ साथमा ?
सपनाभित्र पाएको धन ब्यूँझेको हातमा,
बिदाइ लिन्छु सबका साथ मदन आएन,
त्यस्लाई हेरी आँखाले आज चिम्लिन पाएन,
म मरिहाले मदनसँग यो भन्नू तिमीले–
'नरुनू धेरै, भनेर गइन् अन्त्यमा बूढीले !"
रोकेको दिल आँखामा खस्छ, गलामा बोल्दछ,
मुनाका छातीमा छोपेको शोक निसास्सी चल्दछ,
"हे मेरी बज्यै ! हे मेरी आमा !! यो अर्ती लिनेछु,
हजूरको मीठो सम्झनालाई आँसुले धुनेछु,
अझ ता केही भएको छैन आराम हुनेछ,
हजूरको धोको त्यो भेट यहाँ अवश्य पुग्नेछ !"