Jump to content

Page:Munamadan.pdf/22: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
Prty (talk | contribs)
 
(7 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
<noinclude>{{start center block}}</noinclude>
<poem>
<ref group="❂" follow="p12">सुन्दरको सूक्ष्म स्वरुपका टुना बाहिरी नजरमा,
तनको लोभी गुमाउँछ आत्मा विलासको रहरमा ।
गुलाब आए सुहाउन पृथ्वी दिव्यका मुस्कानले,
बोलाउन आफ्ना आत्माले आत्मा सुन्दरको आह्वानले,
लोभको खस्रो निर्लज्ज हातले तिनलाई नछोऊ,
लज्जाले खुम्ची भाग्दछ देही
के माटोबाहेक हात लाग्ला केही ?
मुस्कन देऊ फुस्कन देऊ बास्नामा मधुर,
बास्नाले मात्र सौन्दर्य छोऊ
आँखाको लोभ आँसुले धोऊ
सिकाउलान् तिनलाई सुन्दरमा उठ्न गुलाबी बिहानले ।
</ref>
</poem>
{{end center block}}
<section end="C❂"/>
{{start center block}}
<poem>
घरमा आई, माउर लाई, नैनीले मुस्काई,
हाँसको फुल कुर्कुच्चा राम्रो त्यो भन्छे शर्माई,
"कलिलो राम्रो हजूरको पाउ क्या चट्ट मिलेको !
चीनियाँ पाउ, लक्ष्मीको जस्तो, कमलमा खुलेको !
मोतीको दाँत, हीराको जात हजूरले हाँसेको !
मोहनी लाग्छ, विघ्नै छ राम्रो हजूरले हाँसेको !
छ मैह्ना भयो खसम हजूर ! गएको ह्लासामा,
बिर्स्यो पो क्यार ? हजूरलाई तरुनी-खासामा,
यसरी छोडी गएको देखी दिल दुख्छ मलाई,
कमलको पातमा जोबनको थोपा रहन्छ कस्लाई ?
नजर मात्रै मुखमा लाए हजार मर्नेछन्,
भँमरा जस्तै डुलुवा खसम के कदर गर्नेछन् ?"
मुनाको गाला, आगोको ज्वाला जलेर उदायो,
आँखामा चम्क्यो बिजुली यौटा, चाँडै नै हरायो ।
खामोस खाई दयाले भन्छिन्, "हे नैनी भाउज्यू !
म अरू जस्तो नठान बुझ्यौ हे नैनी भाउज्यू !
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
<noinclude>
{{center block|
{{rule}}
<small>
<references group="❂"/>
</small>
}}
</noinclude>

Latest revision as of 18:56, 5 May 2025

This page has been validated

घरमा आई, माउर लाई, नैनीले मुस्काई,
हाँसको फुल कुर्कुच्चा राम्रो त्यो भन्छे शर्माई,
"कलिलो राम्रो हजूरको पाउ क्या चट्ट मिलेको !
चीनियाँ पाउ, लक्ष्मीको जस्तो, कमलमा खुलेको !
मोतीको दाँत, हीराको जात हजूरले हाँसेको !
मोहनी लाग्छ, विघ्नै छ राम्रो हजूरले हाँसेको !
छ मैह्ना भयो खसम हजूर ! गएको ह्लासामा,
बिर्स्यो पो क्यार ? हजूरलाई तरुनी-खासामा,
यसरी छोडी गएको देखी दिल दुख्छ मलाई,
कमलको पातमा जोबनको थोपा रहन्छ कस्लाई ?
नजर मात्रै मुखमा लाए हजार मर्नेछन्,
भँमरा जस्तै डुलुवा खसम के कदर गर्नेछन् ?"
मुनाको गाला, आगोको ज्वाला जलेर उदायो,
आँखामा चम्क्यो बिजुली यौटा, चाँडै नै हरायो ।
खामोस खाई दयाले भन्छिन्, "हे नैनी भाउज्यू !
म अरू जस्तो नठान बुझ्यौ हे नैनी भाउज्यू !

    सुन्दरको सूक्ष्म स्वरुपका टुना बाहिरी नजरमा,